सहकारी पीडितहरूकाे आन्दोलन माइतीघरमा जारी

-


     हिडन खबर    
     जेठ १४ गते २०८१ मा प्रकाशित


काठमाडौं / सरकारले सहकारी पीडितहरू संग सरकारले गरेको पटकपटक सहमति लागु नभएको भन्दै देशभरका सहकारी पीडितहरू आन्दोलनमा उत्रिएका छन् ।सहकारी  बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले राजधानीकाे माइतीघर मण्डलामा चाैथाे दिन पनि आन्दोलन जारी राखेका छन् ।

देशभरका लाखौं बचत कर्ताहरूले सहकारी जम्मा गरेको बचत रकम सहकारीका संचालकहरूले अवचलन गरेर फरार भएकाे भनेर बचत कर्ताहरू माइतीघर मण्डलामा धर्ना दिदै बिराेध प्रदर्शन गरिरहेका छन् ।

सहकारीमा बचत कर्ताहरूले जम्मा गरेको रकम फिर्ता गराउन एक बर्ष अगाडि देखि आन्दोलन गर्दै आएको सहकारी बचत कर्ता संरक्षण राष्ट्रिय अभियानले तेस्रो चरणको आन्दोलन घाेषणा गरेर यतिबेला फेरि आन्दोलन अगाडि बढाइराखेका छन् ।

सरकार संग सहकारी संरक्षण अभियानले गरेको पहिलो १२ बुँदे  ,दाेस्राे पटक भएको ८ बुँदे सहमति लागु नगरि सरकारले आलताल गरेको भन्दै अनिश्चितकालीन अनशन धर्ना अभियान शुरू गरेको सहकारी पीडितहरूकाे भनाइ रहेको छ ।

सरकार संग पटकपटक वार्ता गरेपनि अहिलेसम्म
सहकारी संस्थामा जम्मा गरेको बचत रकम फिर्ता गर्ने बारे सरकारले सकारात्मक भुमिका ननिभाएकाे कारण पुन आन्दोलनमा उत्रिनु परेकाे  सहकारी पीडितशरूले गुनासो गरेका छन् ।

सयौं बचत कर्ताहरू माइतीघर मण्डलामा भेला भएर सहकारी संचालक सरकार बिरूद्व समेत नारा लगाउदै धर्नामा बसी रहेका छन् ।

३ सय वटा भन्दा बढी सहकारी पीडितहरू महासंघमा आबद्ध भएर १ बर्ष देखि आन्दोलन गर्दै आएपनि सरकारले
सहकारी पीडितकाे समस्या समाधान गर्ने छाँटकाँट देखाएको छैन ।देशभरका ७३ लाख सहकारी बचत कर्ता
समस्या परेका छन् ।संचालकहरूले अरबाै रूपैयाँ अवचलन गरेर फरार छन् ।

सहकारी ठगि प्रकरण बारे संसदमा चर्को रूपमा आवाज उठिरहेको बेला बास्तविक रूपमा सहकारीको संचालकहरूले बचत कर्ताहरूले जम्मा गरेको अरबाै रकम
अबचल गरेपछि थप पीडामा परेकाे भन्दै प्रतिपक्ष नेपाली कांग्रेस पार्टी समेत सडकमा उत्रिदा समेत सरकार संवेदनशील नदेखिदा सहकारी पीडित थप पीडामा परेका छन् ।

सहकारी बचत कर्ता संरक्षण राष्ट्रिय अभियान नेपालले सरकारले जेठ १५ गते ल्याउन लाएको बजेट भाषणमा
सहकारी पीडितले राहत महसुस हुने गरि बजेटमा सम्बाेधन हुनुपर्ने अन्यथा आन्दोलनको आँधी बेरी ल्याएर राजधानी ठप्प पार्नै चेतावनी दिएका छन् ।