
बागलुङ ।लिड्स नेपाल बागलुङ शाखा मार्फत बागलुङ नगरपालिका ८ सिगाना लामिचाैरका विपन्न वर्गका किसानलाई बाेयर जातका बाख्रा वितरण गरेकाे छ ।
१० वटा परिवारलाई एकएक वटा बाख्रा एक कार्यक्रम बिच लिड्स नेपाल बागलुङ शाखाका प्रमुख बिन्दु देवी शर्मा ,म्याग्दी शाखाका प्रमुख निशा महत संरक्षक कृषि सहकारीका प्रतिनिधि हाेम थापाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा उक्त समुहका पाँच परिवारलाई प्लास्टिक टनेल वितरण गरिएको थियो ।लिड्स नेपालले किसानलाई अदुवा खेती सम्बन्धि तालिम समेत प्रदान गरेको थियो ।
लिड्स नेपालले बागलुङ र म्यादी जिल्लामा केही बर्ष देखि विपन्न अपांग दलित परिवारलाइ लक्षित गरेर बिभिन्न आय मुलक तालिम तरकारी खेतीका लागि आवश्यक विउबिजन बाख्रा वितरण गरेर सहयोग गर्दै आएको छ ।


