पर्यटन

चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर सार्वजनिक गरेको हो । कसैले कान फुट्नेगरी हानेपछि आफू बलियो बन्न विपीनले गरेको एक्सरसाइजसँगै टिजर सुरु हुन्छ । त्यसपछि उनी एक्सनमा उत्रिन्छन् । भन्छन्, जे जान्छ, त्यो घुमेर आउँछ । टिजरमा टक्कर लिने विपीन कार्कीको फुलअन एक्सन देखाइएको छ । ‘कर्माको खेले हो यो सबै, …न कोही जोगियो न कोही जोगिन्छ ।’ यो संवादले जसरी दर्शकको ध्यान खिच्छ, त्यस्तै एक्सन छ । टिजरले चलचित्रको कथा… पुरा पढौ

चलचित्र ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक

काठमाडौं । चलचित्र ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले होलीको अवसर पारेर मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । तिलचामले कपाल र दारीजुंगामा ठाँटिएका मुकुन डेन्डसम देखिएका छन् । कोट र टाइमा देखिएका उनी एंग्री लुक्समा छन् । उनको हेराइले बदलाको चरणमा उनी रहेको संकेत गर्छ । उनको यो लुक्सले उनी खलपात्रको रुपमा चलचित्रमा रहेको प्रष्ट पार्छ । ग्रे जोनमा बस्ने खलपात्र रहेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । होलीको अवसरमा क्यारेक्टर लुक्स आएकाले… पुरा पढौ

चलचित्र ‘कर्मा’मा उपासना सिंह ठकुरी कुर्थासुरुवालमा

काठमाडौं । चलचित्र ‘कर्मा’मा उपासना सिंह ठकुरीको लुक्स कस्तो रहनेछ ? विपीन कार्कीको अपोजिटमा रहने उपासनाको लुक्सप्रतिको कौतुहलता मेटाउँदै निर्माणपक्षले क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक लुक्समा उनी सामान्य कुर्थासुरुवालमा देखिएकी छन् । मोर्डन युवतीभन्दा पनि उनी गाउँबाट सहर आएकी युवतीजस्तो देखिएकी छन् । यद्यपि, यसबारे निर्माणपक्षले केही खुलाएको छैन । तर, उनको लुक्स र यसअघि सार्वजनिक विपीनको लुक्स हेर्दा उनीहरूको जोडी शारीरिक हिसावले सुहाउँदो देखिएको छ । उपासनाको क्यारेक्टरबाहेक अन्य खासै केही देखाइएको छैन । ‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड… पुरा पढौ

प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको खुलेर तारिफ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् । प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको खुलेर तारिफ गरेका हुन् । बालेनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘लाज शरणम्’ हेरेका हुन् । “यस्तो डिटेल दिनुभा’छ नि ! कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो,” सिनेमा हेरेपछि बालेनले धुर्मुसको तारिफ गरे । बालेनले धुर्मुसको प्रशंसा गर्दै अँगाल्दै भने, “एकदमै राम्रो काम गर्नुभएको छ । म पनि कलाकार… पुरा पढौ

बेगनास कपको उपाधि मिक्कि एफ सि लाई

लेखनाथ २२ फागुन विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवद्धारा आयोजित तेश्रो बेगनास कप सेभेन ए साईट फुटवल प्रतियोगिताको उपाधि मिक्की एफ सि ले हात पारेको छ । बिहिवार सम्पन्न फाईनल खेलमा विनोद मेमोरियललाई १–० को गोल अन्तरले हराउँदै मिक्कि एफ सि ले उपाधी हात पारेको हो । उपाधिसँगै मिक्कीले नगद रु १ लाख ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको मिक्की एफ सि… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय प्रदर्शनमा नयाँ कीर्तिमान कायम

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय प्रदर्शनमा नयाँ कीर्तिमान कायम गरेको छ । ‘लाज शरणम्’ले ओभरसिज मार्केटमा ऐतिहासिक प्रदर्शन गर्दै नयाँ कीर्तिमान कायम गरेको हो । नेपालमा फेब्रुअरी २६ मा रिलिज भएको चलचित्र त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो । मध्यपूर्वका चार देशका ४० सिनेमा घरमा रिलिज भएको सेभेन सिज सिनेमाका प्याट्रिक सुवेदीले जानकारी दिए । फेब्रुअरी २८ मा अमेरिका, क्यानडा र अष्ट्रेलियामा यो चलचित्र रिलिज भएको छ । सुवेदीका अनुसार ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय बजारमा नयाँ कीर्तिमान… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा

काठमाडौं । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको हो । उच्च शो सहित सिनेमा दोस्रो हप्तामा प्रदर्शन गरेको हो । राम्रो व्यापारसहित सिनेमा दोस्रो हप्तामा प्रवेश गरेको निर्माणपक्षले जनाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा काठमाडौं उपत्याकामा मात्रै यो सिनेमालाई बिहीबार २१ शो दिइएको छ । देशभर १५० भन्दा बढी शो रहेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए । “हाम्रो चलचित्र सफलतासहित दोस्रो हप्तामा प्रवेश गरेको छ,” निर्माता नवीनले भने,… पुरा पढौ

बेगनास कपको उपाधिका लागी विनोद मेमोरियल र मिक्कि एफ सि भिड्ने

लेखनाथ २१ फागुन विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवद्धारा आयोजित तेश्रो बेगनास कपको उपाधिको लागि विनोद मेमोरियल र मिक्की एफ सी भिड्ने भएका छन । बुधबार सम्पन्न सेमिफाईनलको पहिलो खेलमा विनोद मेमोरियलले मत्स्य व्यवसायी समिति पिप्लेलाई १–० को अन्तरलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो । खेलको औं मिनेटमा विनोद मेमोरियलका रोशन छन्त्यालले डिबक्स भित्रबाट गरेको प्रहार नै गोलमा परिणत भएको थियो । यहि १ मात्र गोल नै मेमोरियललाई फाईनलमा पुग्न निर्णायक बनेको थियो ।… पुरा पढौ

चलचित्र ‘जनै हराएको बाहुन’को लाइनअप बलियो हुँदै

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’को लाइनअप बलियो हुँदै गएको छ । रिलिज डेट लिइसकेको सिनेमाले लाइनअप पनि सार्वजनिक गर्दै आएको छ । निर्माणपक्षले यो चलचित्रको मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्ध गराएको छ । अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबन्ध भइसकेका छन् । ‘जनै हराएको बाहुन’मा विजय पछि मुख्य भूमिकामा केकी र मिरुना अनुबन्ध भएका हुन् । सिनेमामा विजयसँग जोडीका रूपमा यी दुई अभिनेत्रीमध्ये को हुने भन्नेबारे निर्माणपक्षले खुलासा गरिसकेको छैन ।… पुरा पढौ

भरतपुरमा दाेहाेरीकाे राैनकता आठाै रनिङ  शिल्डकाे  उपाधी प्रतिष्ठान बागलुङलाई

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘आठौं संस्करणको राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिताकाे उपाधि राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान बागलुङले हात पारेकाे छ  । प्रतियाेगितामा देशै भरी बाट कुल ४२  दाेहाेरी प्रतियाेगि समुहहरूकाे सहभागिता रहेकाे थियाे । निकै कडा प्रतिस्पर्धाका साथ राति अबेर सम्म चलिरहेकाे प्रतियाेगितामा प्रतिष्ठान बागलुङ संग लाेक दाेहाेरी गीत प्रतिष्ठान म्याग्दी पराजित बनेकाे थियाे। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल द्वारा फागुन१७ गते देखी २० गते सम्म ८ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत… पुरा पढौ