पर्यटन

‘पूर्ण बहादुरको सारङ्गी’: विजय बराल भन्छन्– चरित्रलाई न्याय गर्दा मैले पनि माया पाएँ

काठमाडौं । मोसन पोस्टरले नै दर्शकको ध्यान खिचेको ‘चलचित्र पूर्ण बहादुरको सारङ्गी’को टिजरले धेरैको मन छोयो । छोरो पढाउन बुवाले गरेको संघर्षलाई केन्द्रमा राखेर बनाइएको टिजर सार्वजनिक हुनबित्तिकै धेरैले सामाजिक सञ्जालमा टिजरले मन छोयो भन्दै सेयर गरे । चलचित्रकर्मी र आम दशर्कले टिजरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरेपछि यसका निर्माता तथा निर्देशक उत्साही भएका छन् । दर्शकको मायाले पोस्ट–प्रोडक्सनमा रहेको चलचित्रमा थप मेहनत गर्ने उत्साह पलाएको बताएका छन् । सँगै उनीहरूले चुनौती र… पुरा पढौ

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ भारतमा प्रदर्शन

काठमाडौं । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्नीदहन’ हालै भारतको बिहारस्थित सीतामढीमा प्रदर्शन गरिएको छ । बिहारको सीतामढीस्थित कमाण्डेन्ट अफ एसएसबी–२० औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा फिल्म प्रदर्शन गरिएको हो । यो फिल्म नेपालमा आगामी मंसिर ७ गते प्रदर्शन हुँदैछ । कार्यक्रममा नेपाल भारत भातृ मञ्चका संस्थापक अध्यक्ष डा. नवलकिशोर सिंह, कार्यक्रम संयोजक मनोहर मिश्र, फिल्मका परिकल्पनाकार तथा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण… पुरा पढौ

चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ । छायांकन सकेर सम्पादनको टेबुलमा रहेको चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै रिलिज डेट पनि अनाउन्स गरेको छ । यो चलचित्र पुस २६ गते रिलिज हुनेछ । सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन् । दयाहाङ राई र सिर्जना निङलेखु छन् । दयाहाङ सुरुवाल मात्र लगाएर उभिएका छन् । हिलो लागेको सुरुवालले उनी कसैसँग भर्खरै झगडा गरेको देखिन्छ । बदलाको भावमा रहको उनको रिसाहा अनुवारले उनी कसैलाई केही भन्दैछन् जस्तो लाग्छ । छेउमा उनको… पुरा पढौ

जेष्ठ नागरिक भवन निर्माणका लागि श्रीमद्भागवत ज्ञान महायज्ञकाे तयारी पूरा 

काठमाडौं भदौ १९ समाजमा रहेका जेष्ठ नागरिक संस्था प्रति सरकार लगायत सराेकारवालाले बेवास्ता गरेपछि काठमाडौ चन्द्रागिरि नगरपालिकाका जेष्ठ नागरिक संस्था श्रीमद्भागवत ज्ञान महायज्ञ लगाएर आफ्नो भवन बनाउन कम्मर कसेर अगाडि बढेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित श्री चन्द्रागिरि जेष्ठ नागरिक समाजले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा चन्द्रागिरि जेष्ठ नागरिक समाज धार्मिक महोत्सव २०८१ काे सम्पूर्ण तयारी पूरा भएको छ । चन्द्रागिरि जेष्ठ नागरिक समाजलाई जग्गा खरिद गरेर भवन निर्माणार्थ आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञकाे… पुरा पढौ

फिल्म ‘एक्टरः टेक वान’बाट अभिनयमा कमव्याक नायक राजबल्लभ कोइराला

काठमाडौँ । फिल्म ‘एक्टरः टेक वान’बाट अभिनयमा कमव्याक गरेका नायक राजबल्लभ कोइरालाको शुक्रबार परेको जन्मदिनको अवसर पारेर उनी फिचर्ड क्यारेक्टर थिम पोस्टर सार्वजनिक गरिएको छ । पोस्ट प्रोडक्सनमा रहेको फिल्मको सार्वजनिक पोस्टरमा कोइराला मात्र चित्रित छन् । जसमा सिगार सेवन गरिरहेका राजबल्लभले नायक प्रदीप खड्काको तस्वीर हेर्दै गरेको देख्न सकिन्छ । दाह्री र जुँगामा रहेका राजबल्लभको लुक्स, अगाडिको टेबल र पृष्ठभूमि हेर्दा उनी अनुसन्धानकर्मी हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । अभिनेता कोइरालाको यही फिल्मबाट १० वर्षपछि पुनरागमन गर्दै छन् ।… पुरा पढौ

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक फर्स्ट लुक पोस्टरमा फिल्मका मुख्य पात्र विजय बराल र प्रकाश सपूतलाई स्थान दिइएको छ । झुस्स दारी जुंगामा खुसी देखिएका विजयको क्लोजअपमा वान साइड फेस देखाइएको छ । त्यसको ठिक तल प्रकाश सपूत सरकारी स्कुलको ड्रेसमा हातमा मार्कसिट बोकेर उफिदै घरतिर कुदिरहेका छन् । यसले उनी स्कुलको कुनै कक्षामा सबलाई टपेर प्रथम भएको… पुरा पढौ

‘एक्टर’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक

काठमाडौं । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज थिम पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ । लामो कपालमा रहेका उनको अनुहारभरी घाउचोट लागेको आलो रगत छ । यसले उनी कसैको आक्रमणमा परेको प्रष्ट बुझिन्छ । कालो टिसर्टमा रहेका उनी कुनै होटेल वा पवमा रहेका हुन् कि भन्ने पृष्ठभूमी हेरेर अनुमान लगाउन सकिन्छ । तर प्रष्ट भने छैन । यद्यपि, कालो टिसर्ट, मुख्य पात्रमाथिको… पुरा पढौ

फिल्म ‘मायावी’ले रिलिज डेट

काठमाडौं । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ले रिलिज डेट लिएको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज हुने भएको छ । निर्देशक भट्टराईले तिहारको बिदाको अवसर पारेर रिलिज डेट लिइएको जानकारी दिए । फिल्मको मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईं छन् । लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरिसकेका भट्टराई मायावीलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मान्छन् । पल र दीपिकासँगै फिल्ममा सुशील सिटौला, समिम खान, करिष्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय… पुरा पढौ

चलचित्र ‘हन्टर’ निर्माणको घोषणा, अरुण मुख्य भूमिकामा

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले  सोमबार नायकबाहेक काष्ट एन्ट क्र्यिु गोप्य राख्दै नाम मात्रै घोषणा गरेको हो । जीवन सिंहले यो चलचित्रलाई निर्देशन गर्नेछन् । उनको यो डेब्यु चलचित्र हो । चलचित्रको मुख्य भूमिका (नायक)मा अरुण क्षेत्री रहनेछन् । उनले ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’लगायत चलचित्रमा काम गरिसकेका छन् । अन्य कलाकारबारे केही दिनपछि गराइने बताइएको छ । क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्रले सुदूरपश्चिमको कथा भन्ने निर्माणपक्षले जनाएको… पुरा पढौ

प्रदिपको विश्व रेकर्ड, एक वर्षमै ४५० तीर्थ स्थलको दर्शन

काठमाडौं / नेपालका प्रदीप खनालले एकै वर्षमा ४५० वटा तीर्थस्थल भ्रमण गरेर आफू ‘विश्वमै पहिलो’ व्यक्ति भएको बताएका छन् । उनले गत जुलाई अन्तिममा ४५० वटा तीर्थस्थल भ्रमण पूरा गरेपछि चर्चामा छन् । भारतका प्रसिद्ध जगतगुरु स्वामी ऋषिपाल आनन्दले भनेका छन्, ‘खनालले सयौं वर्षपछि विश्वमा आजसम्म कसैले नगरेको तीर्थयात्रा एकै वर्षमा पूरा गरेका छन् । भारतकै कल्की अवतार भगवानले त्यसमा थपेका छन्, ‘शंकराचार्य र नानक देवपछि नेपालका प्रदीप खनालले यतिका तीर्थस्थलको भ्रमण पूरा गरेका छन्, यो इतिहासमै दुर्लभ घटना हो… पुरा पढौ