समाचार

इन्धनको मूल्य१/१ रूपैयाँ घट्याे

काठमाडौं / नेपाल आयल निगमले माघ २ गतेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मुल्य घटाएको छ ।भारतीय आयल निगमबाट मुल्य घटेर आएपछि पेट्रोल र डिजेलमा १/ १ रूपैयाँ मुल्य कम गरेको जनाएको छ ।अबदेखि डिजेल १५६ रूपैयाँ र पेट्रोल १६६ रूपैयाँ कायम गरेको जनाएको छ ।निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मुल्य भने यथावत राखेको छ । पुरा पढौ

औषधीय प्रयोगका लागि गाँजा खेतीलाई बैद्यता दिइने छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजामा रहेको औषधीय गुणको प्रयोगका लागि गाँजा खेती गर्न बैधानिकता दिनेगरी ऐन ल्याउने तयारी भैरहेकाे बताउनुभयो । तेस्रो जैमिनी महोत्सवको उद्घाटन गर्दै उहाँले आउँदो हिउँदे अधिबेशनले गण्डकी प्रदेशमा गाँजा खेतीलाई बैधानीकता दिने बताउनुभएको हाे । गण्डकी प्रदेशको आम्दानीको मुख्य स्रोत बनाउन सकिने गाँजाको खेतीका लागि कानूनी अड्चन रहेको भन्दै पाण्डेले गण्डकी प्रदेश सरकारले बैधानिकता दिन खोजेको बताउनुभयो । आयुर्वेदीक औषधि बनाउन गाँजाको प्रयोग अनिवार्य भएको भन्दै पाण्डेले यसको दुरुपयोग रोक्ने चुनौती सरकारलाई रहेको बताउनुभएको छ… पुरा पढौ

सामुदायीक बनमा आगलागी

बागलुङ/ बागलुङको जैमिनी नगरपालिकाका दुई वटा सामुदायीक वनमा आगलागी भएको छ । सोमबार दिउँसोदेखि सामुदायीक बनमा आगलागी भएको हो । आगो नियन्त्रण बाहिर रहेकाले स्थानीय चिन्तित बनेका छन् । जैमिनी नगरपालिका वडा नं १ र बागलुङ नगरपालिका १२ मा पर्ने सामुदायीक वनमा आगलागी हुँदा जंगल क्षेत्रमा क्षति भएको स्थानीय सुर्य आचार्यले बताए । जलुके तारेभीर सामुदायीक वन, तारेभीर समुदायीक वनसम्म आगो फैलिएको छ ।भिरालो जमिनमा रहेको बन क्षेत्रमा आगो लागेकाले आगो नियन्त्रण गर्न कठिन भएको स्थानीयकाे भनाइ छ सँगै रहेको… पुरा पढौ

लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका प्रथम शहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ। सोमबार दिउँसो काठमाडौंको टुंडिखेलमा मगर समुदायले आयोजना गरेको माघी पर्वको अवसरमा बोल्दै निरंकुशताका विरूद्ध सङ्घर्षका योद्धा लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने बताउँदै त्यसका लागि आफ्नो तर्फबाट पहल गर्ने बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘शासकवर्गको कठोर निरंकुशताविरूद्ध लड्न जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने तपाईहरूको मागप्रति म पूर्ण रूपमा सहमत छु । यसले देशभक्तिको पक्षमा,… पुरा पढौ

अभियानकै रूपमा मेला–महोत्सवहरू हुनु अर्थतन्त्रमा सुधारको प्रमाण होः प्रधानमन्त्री

सन्धिखर्क। प्रधानमन्त्री प्रचण्डले अघिल्लो वर्ष निजी क्षेत्र निकै ठूलो संकटमा रहेकोमा यस वर्ष क्रमशः सुधार र उत्साह थपिएको बताउनुभएको छ। सोमबार अर्घाखाँचीको सन्धिखर्कमा आयोजित महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अघिल्लो वर्ष आर्थिक संकटका कारण सार्वजनिक मेला महोत्सवहरू बिरलै देखिने गरेकोमा यस वर्ष अभियानकै रूपमा महोत्सवहरू हुन थाल्नु अर्थतन्त्र सुधारका दृष्टिले शुभसंकेत भएको बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘अघिल्लो वर्ष यस्ता मेला–महोत्सवहरू बिरलै हुने गर्दथे। तर, यस वर्ष अभियानकै रूपमा मेला–महोत्सवहरू हुन थालेका छन्। विश्व बैंक लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाहरूले नेपालको अर्थतन्त्रमा राम्रो सुधार… पुरा पढौ

आजदेखि मेलम्चीको पानी काठमाडौंबासीलाई नियमित रूपमा उपलब्ध हुनेछः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताउनुभएको छ। सोमबार बिहान सिंहदरबारमा आयोजित मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खानेपानीको दीगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने बताउनुभएको हो। कार्यक्रममा प्रधानमन्त्रीले काठमाडौं उपत्यकाको जनसंख्याको चापलाई मध्यनजर गरी खानेपानीको बढ्दो माग र आपूर्तिको सीमितताको विरोधाभाष समाधान गर्नुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डद्वारा माघे संक्रान्ति पर्वकाे अवसरमा शुभकामना

काठमाडौ / माघे सङ्क्रान्ति र माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सद्भाव, एक–अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्वपूर्ण योगदान पुग्ने विश्वासका साथ फेरि एकपटक सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । नेपालमा बसोबास गर्ने विविध जाति एवं जनजातिहरुले आ–आफ्नै ऐतिहासिक मान्यता र संस्कृतिअनुसार फरक–फरक रुपमा मनाउने माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे छ । १२ महिनामा वैशाखे सङ्क्रान्तिबाट सुरु भएका सङ्क्रान्तिहरुमध्ये सूर्य… पुरा पढौ

देवकुमार नेपाली कहाँ छन् भन्दै जिल्ला प्रशासनमा पिडित

सामाजिक संजालमा आक्राेश राज्य र प्रशासन मौन र निकम्बा हुदाको परिणाम जनता सड़कमा आयका छन,बिगत आठ महीना देखी फ़रार ढोरपाटन नगर पालिकाका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देब कुमार नेपालीले जानतालाई दियको सास्ती राज्य का हरेक अंग हरुले टुलु टुलु हेरेर बसेको अवस्था छ आख़िर राज्य कहिले सम्म मौन हुने हो नागरिकको समस्यामा राज्यले नागरिक लाई साथ नदिने हो भने नागरिक लाई राज्य र कानून किन चाहियो,जनताले धैर्यता गुमाउदाको दिन राज्यका अंग हरुले सम्हालन् कठिन… पुरा पढौ

नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र : प्रधानमन्त्री

काठमाडौं, २९ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" ले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताउनुभएको छ ।चिनियाँ नयाँ वर्षको आज यहाँ उद्घाटन गर्दै उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध प्रगाढ रहेकोे बताउनुभयो ।प्रधानमन्त्रीले भन्नुभयो,"हामीले असल मित्रका रुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ ।" नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो,"यससम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट र दृढ छ । आन्तरिक तथा… पुरा पढौ

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानीको प्रक्रिया आजै अगाडि बढ्ने

काठमाडौं। निर्माण व्यवसायीहरूलाई नेपाल सरकारको तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ। आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष सिंहदरबारमा भएको छलफलपछि निर्माण व्यवसायीहरूले भुक्तानी पाउनुपर्ने रकम निकासाको प्रक्रिया आजै अगाडि बढाउने निर्णय भएको हो। अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव डा. कृष्णहरि पुष्कर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको छलफलपछि आजै भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो। छलफलमा प्रधानमन्त्रीले निर्माण व्यवसायीको गत आर्थिक… पुरा पढौ