समाचार

१९औँ राष्ट्रिय पुस्तकालय दिवसका कार्यक्रम स्थगित

बागलुङ, भदौ १३ — विद्यामन्दिर पुस्तकालय, बागलुङले १९औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आयोजना गर्ने तयारी गरिएका सम्पूर्ण कार्यक्रमहरू हालका लागि स्थगित गरेको छ। पुस्तकालयले शुक्रबार एक सूचना जारी गर्दै ‘बाल, युवा र वृद्ध : पुस्तकालय सबैको गन्तव्य’ भन्ने मूल नारासहित भदौ १४ र १५ गते सञ्चालन गर्ने पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरिएको जनाएको हो। सूचनाअनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देशभर शोक र संवेदनशील अवस्था सिर्जना भएको तथा ठूलो जनधनको क्षति भएको घटनाप्रति सम्मान जनाउँदै कार्यक्रम स्थगित… पुरा पढौ

गृह सचिवमा केदारनाथ शर्मा नियुक्त

काठमाडौं, भदौ १२ । सरकारले गृह मन्त्रालयको सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयमा कार्यरत सचिव शर्मालाई गृह मन्त्रालयमा सरुवा गर्दै गृह सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। हालका गृह सचिव राजकुमार श्रेष्ठ अनिवार्य अवकाशमा जान केही दिन मात्र बाँकी रहेका बेला उनले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। श्रेष्ठ तीन दिनपछि अनिवार्य अवकाशमा जाने तयारीमा थिए। गृह मन्त्रालय देशको शान्ति सुरक्षा, विपद् व्यवस्थापन, अध्यागमन, नागरिकता तथा स्थानीय प्रशासनसँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण मन्त्रालय भएकाले… पुरा पढौ

भोटेकोशी बाढीपीडितप्रति स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चको समवेदना, राहत र पुनर्निर्माणमा जुट्न आग्रह

काठमाडौं, भदौ १२ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्च (फाेरम फर हेल्थ एण्ड टेक्निकल साइन्स ) ले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ। मञ्चको केन्द्रीय समितिद्वारा जारी प्रेस विज्ञप्तिमा बाढीका कारण ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ। साथै, बाढीबाट प्रभावित नागरिकहरूले भोगिरहेको पीडा र मानसिक आघातबाट छिट्टै मुक्त हुन सकून् भन्ने शुभेच्छा व्यक्त… पुरा पढौ

तीजको रमाइलो त्यागेर बाढीपीडितको साथमा चिप्लेटी महिला समूह, प्रधानमन्त्री राहत कोषमा सहयोग

बागलुङ, भदौ १२ बागलुङको चिप्लेटी महिला समूहले हरितालिका तीज पर्वका अवसरमा आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रम स्थगित गर्दै बाढीपहिरो प्रभावितहरूको राहतका लागि सहयोग रकम प्रदान गरेको छ। समूहले भदौ १७ गते बागलुङस्थित इला कन्फर्टमा आयोजना गर्ने तयारी गरेको तीज विशेष कार्यक्रम रद्द गरी त्यसका लागि छुट्याइएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेको हो। समूहले राहत कोषमा ३६ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको जानकारी समूहकी प्रतिनिधि गीता थापाले दिइन्। हालै रसुवा लगायत देशका विभिन्न क्षेत्रमा आएको… पुरा पढौ

“तीजको रमाइलो त्यागेर बाढीपीडितको सहारामा उभिए पोखराका दिदीबहिनी”

कास्की भदौ १२ पोखरा, भदौ १२ – पोखरा ट्रेडमलमा व्यवसाय सञ्चालन गर्दै आएका महिला व्यवसायीहरूको संस्था ‘दिदीबहिनी समूह’ले यस वर्ष तीज पर्व मनाउन छुट्याएको रकम भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेको छ। समूहले यस वर्ष तीज विशेष कार्यक्रम आयोजना नगर्ने निर्णय गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको ५० हजार १ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी प्रभावितको सहयोगार्थ प्रदान गरेको जनाएको छ। हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रमा ठूलो मानवीय… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि पहिलो चरणको सहयोग रकम हस्तान्तरण

काठमाडौं, भदौ १२ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि लायन्स मल्टिपल डिष्ट्रिक्ट नेपालको आह्वानमा सञ्चालन गरिएको सहयोग अभियानअन्तर्गत पहिलो चरणको सहयोग रकम हस्तान्तरण गरिएको छ। मल्टिपल डिष्ट्रिक्ट तथा नेपालभरका १५ वटै लायन्स डिष्ट्रिक्टको संयुक्त सहकार्यमा बाढीपीडितका लागि एक करोड रुपैयाँ सहयोग संकलन गर्ने निर्णयअनुसार डिष्ट्रिक्ट ३२५ एम, नेपालले आफ्नो पहिलो चरणको दायित्वस्वरूप ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो। उक्त रकम डिष्ट्रिक्ट ३२५ एम, नेपालको तर्फबाट मल्टिपल काउन्सिल… पुरा पढौ

रसुवाका बाढीपीडितलाई रोटरी क्लब अफ ज्ञानेश्वरद्वारा ४ लाख ५० हजार बराबरको राहत सहयोग

काठमाडौं, भदौ १२ चीनको तिब्बत क्षेत्रबाट आएको बाढी तथा पहिरोका कारण रसुवा लगायतका विभिन्न क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति संवेदनशील हुँदै रोटरी क्लब अफ ज्ञानेश्वरले बाढीपीडितका लागि राहत सामग्री सहयोग गरेको छ। क्लबले प्रभावित परिवारको तत्काल राहत तथा दैनिकी सहज बनाउन गृहमन्त्री सुधन गुरूङकाे संस्था ‘हामी नेपाल’ संस्थामार्फत करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री रसुवा पठाएको जनाएको छ। रोटरी क्लब अफ ज्ञानेश्वरकी चार्टर अध्यक्ष रसुमिला श्रेष्ठका अनुसार विपत्तिको घडीमा पीडित नागरिकको साथमा उभिन क्लबले मानवीय सहयोग अभियान… पुरा पढौ

विपत्तिको घडीमा प्रधानमन्त्री राहत कोषमा बिप्लव हमालको १ लाख १ हजार १११ रुपैयाँ सहयोग

पर्वत, भदौ ११ – प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले पर्वतका सामाजिक अभियन्ता तथा उद्यमी बिप्लव हमालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेका छन्। हमालले बिहीबार उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। बैंकमार्फत रकम जम्मा भएको भुक्तानी विवरणमा कारोबार सफल भएको उल्लेख गरिएको छ। विपत्तिको कठिन घडीमा गरिएको सहयोगलाई प्रचारभन्दा पनि मानवीय दायित्वका रूपमा लिनुपर्ने बताउँदै हमालले विपत्तिमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउनु सबैको साझा जिम्मेवारी भएको बताए।… पुरा पढौ

फेडवासनको २४औँ स्थापना दिवस तथा २३औँ राष्ट्रिय परिषद् भेला सम्पन्न

काठमाडौं, भदौ ११ खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) को २४औँ स्थापना दिवस तथा २३औँ राष्ट्रिय परिषद् भेला काठमाडौंमा सम्पन्न भएको छ। ‘सुशासन, पारदर्शिता, जवाफदेहिता र समावेशिता : दिगो तथा गुणस्तरीय खानेपानी र सरसफाइको सुनिश्चितता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइ क्षेत्रका समसामयिक चुनौती, सुशासन, पारदर्शिता, खानेपानीको गुणस्तर, जलवायु परिवर्तनको प्रभाव तथा उपभोक्ताका अधिकारका विषयमा व्यापक छलफल गरिएको फेडवासनका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनुभयो। कार्यक्रममा संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल प्रमुख अतिथिका… पुरा पढौ

बाढी–पहिरो पीडितलाई सहयोग गर्न लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको आह्वान

काठमाडौं, भदौ १० – लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालले नुवाकोट र रसुवा जिल्लाका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न सम्पूर्ण लायन्स सदस्य तथा क्लबहरूलाई सक्रिय हुन आह्वान गरेको छ। डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीले एक अपिल जारी गर्दै प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको र स्थानीय बासिन्दा कठिन परिस्थितिमा बाँच्न बाध्य भएको उल्लेख गरेका छन्। उनले विपद्को यस घडीमा लायन्सको मूल मन्त्र “वी सर्भ (We Serve)” लाई आत्मसात् गर्दै प्रभावित परिवारका लागि राहत तथा सहयोगका… पुरा पढौ