समाचार

काठमाडौंमा १६० जनाको निःशुल्क आँखा जाँच

काठमाडौं, असोज २५ । लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालले पूर्णदृष्टि तथा आँखा उपचार केन्द्रसँगको सहकार्यमा १६० जनाको निःशुल्क आँखा जाँच गरेको छ। ‘दृष्टि बचाऔँ, उज्यालो भविष्य बनाऔँ’ भन्ने नारासहित लायन्स इन्टरनेसनलको आह्वानमा ज्ञानकुञ्ज सेकेन्डरी स्कुलमा आयोजित शिविरमा विद्यार्थी तथा शिक्षकशिक्षिका गरी १६० जनाको आँखा परीक्षण गरिएको हो। क्लबका सचिव लायन पुष्पाञ्जली वाग्लेको संयोजकत्वमा सम्पन्न शिविरमा डिस्ट्रिक्ट सचिव लायन गणेश जिसी, लायन महाप्रसाद पाण्डे, लायन मिनराज काफ्ले, क्लबका संस्थापक अध्यक्ष लायन राजनप्रसाद काप्री, लायन इन्द्र भट्ट, लायन किरण थापा… पुरा पढौ

बागमती एरियामा लायन्स डिस्ट्रिक्ट गभर्नरको दोस्रो बैठक सम्पन्न

काठमाडौँ, असोज २४। लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत बागमती एरियाका लायन्स क्लबहरूको सहभागितामा डिस्ट्रिक्ट गभर्नरको दोस्रो सल्लाहकार समिति बैठक शनिबार (अक्टोबर १०) काठमाडौँको बनस्थलीस्थित नमस्ते मिटिङ क्याफेमा सम्पन्न भएको छ। जोन चियरपर्सन लायन कविता सिम्खडाको संयोजनमा आयोजित बैठकमा रिजन चियरपर्सन लायन किरण थापा तथा क्लस्टर चिफ लायन शहदेव बस्नेतले समन्वय र सहयोग गरेका थिए। बैठकमा सम्बन्धित जोनअन्तर्गतका लायन्स क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। डिस्ट्रिक्ट चिफ एक्जुकेटिभ राजनप्रसाद काप्रीका अनुसार लायन्सका नीति, नियम र सिद्धान्तअनुसार नियमित जोन बैठक तथा संस्थागत… पुरा पढौ

कुस्मिसेरा–पोखरी–भरिमथान सडक : विकासको बाटो कि सास्तीको यात्रा?

पहिरोले सडक अवरुद्ध हुँदा स्थानीयको आवागमन प्रभावित, दीर्घकालीन समाधानको पर्खाइ कुस्मिसेरा, बागलुङ । जैमिनी नगरपालिका क्षेत्रको कुस्मिसेरादेखि पोखरी हुँदै भरिमथान जाने सडक पहिरोका कारण अवरुद्ध भएपछि स्थानीयवासीको आवागमन प्रभावित भएको छ। दैनिक आवतजावतदेखि अत्यावश्यक कामका लागि प्रयोग हुँदै आएको सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ। सडकको अवस्था सुधार हुने र यात्रा सहज बन्ने अपेक्षा गरेका स्थानीयवासीले फेरि पनि अवरोधको समस्या झेल्नुपरेको छ। सडक निर्माण तथा स्तरोन्नतिको चर्चा भइरहे पनि वर्षायाममा पहिरोका कारण सडक अवरुद्ध हुने समस्या दोहोरिनुले यसको दिगोपनमाथि… पुरा पढौ

विपद् प्रभावितदेखि पत्रकारसम्म मानसिक स्वास्थ्यको सन्देश फैलाउँदै तीनदिने अभियान सम्पन्न

बागलुङ असाेज २४ विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा खुसी मन बागलुङको आयोजना र नेपाल प्रेस युनियन बागलुङको संयोजनमा सञ्चालित तीनदिने मनोसामाजिक सचेतना अभियान सम्पन्न भएको छ। वास्तविक अनुभवको आवाज सुनौँ, वास्तविक परिवर्तन ल्याऔँ’ भन्ने नारासहित असोज २२ देखि २४ गतेसम्म सञ्चालित अभियानमा विपद् प्रभावित विद्यार्थी तथा शिक्षक, क्याम्पसका विद्यार्थी, युवा र सञ्चारकर्मीलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो। अभियानको पहिलो दिन पर्वतको जलजला गाउँपालिका–१, फर्सेस्थित श्री शिव माध्यमिक विद्यालयमा बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित विद्यार्थी र शिक्षकका… पुरा पढौ

पत्रकार महासङ्घ बागलुङमा १० लाखको लेखनवृत्ति कोष स्थापना

खोजमूलक समाचार लेख्ने दुई पत्रकारलाई वार्षिक ५० हजारका दरले लेखनवृत्ति दिइने बागलुङ, २४ असोजनेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले खोजमूलक तथा विश्लेषणात्मक समाचार लेखनलाई प्रोत्साहन गर्न १० लाख रुपैयाँको ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गरेको छ। शाखाका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’का अनुसार पहिलो चरणमा १० लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य पूरा भएसँगै कोष सञ्चालनमा ल्याइएको हो। २०८१ मङ्सिर २८ गते सम्पन्न शाखाको आठौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार २०८१ माघ २६ गते औपचारिक रूपमा… पुरा पढौ

यातायात क्षेत्रका समस्या समाधान गर्न जिसस कास्कीको पहल

पोखरा, असोज २४जिल्ला समन्वय समिति (जिसस) कास्कीले यातायात क्षेत्रका समस्या, चुनौती र समाधानका उपायबारे सरोकारवालासँग अन्तरक्रिया गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा जिसस कास्कीका प्रमुख लीलाधर पौडेलले यातायात क्षेत्रका समस्या समाधान, सेवाग्राहीका गुनासा सम्बोधन तथा दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले सडक, पार्किङ, चालक व्यवस्थापन तथा प्रदूषण नियन्त्रणमा जोड दिए। गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव नवराज शर्माले प्राप्त सुझाव र गुनासालाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सडक तथा यात्रालाई… पुरा पढौ

​बैंक खाता सञ्चालनमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था सर्वोच्चद्वारा बदर, नागरिकताबाटै पाइने भयो बैंकिङ सेवा

​काठमाडौँ। सर्वोच्च अदालतले नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (KYC) अद्यावधिक गर्दा वा सेवा उपभोग गर्दा राष्ट्रिय परिचयपत्र (NID) वा त्यसको नम्बरलाई मात्रै एकमात्र आधार बनाउने बाध्यकारी व्यवस्था बदर गरिदिएको छ।  ​न्यायाधीशद्वय सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलास (रिट नं. ०८२-WO-१५१४) ले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ (इ.प्रा. निर्देशन नं. १९/०८२) को राष्ट्रिय परिचयपत्रलाई नागरिक पहिचानको 'एकमात्र आधार' बनाइएको हदसम्म उत्प्रेषणको आदेशद्वारा बदर गर्ने फैसला गरेको हो।  ​आदेशका मुख्य बिन्दुहरू: ​एकीकृत निर्देशन बदर: नेपाल राष्ट्र बैंकले… पुरा पढौ

सुमन परियारको जितमा दिदी रेजिना भावुक, भनिन्– ‘यो जित लोकसंगीतकै जित हो’

बर्दिवास असाेज २४ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भाइ सुमन परियारको सफलतामा गायिका रेजिना परियारले भावुक सन्देशसहित बधाई दिएकी छन्। सामाजिक सञ्जालमार्फत भाइलाई बधाई तथा शुभकामना दिँदै रेजिनाले सुमनको जित व्यक्तिगत सफलता मात्र नभई समग्र लोकसंगीत क्षेत्रकै जित भएको उल्लेख गरेकी छन्। उनले नयाँ जिम्मेवारी सम्हाल्दै गर्दा आफ्नो कर्तव्य नबिर्सन भाइलाई आग्रहसमेत गरेकी छन्। ‘बाबु, यो जित तिम्रो मात्र होइन, समग्र लोकसंगीत क्षेत्रकै जित हो। आफ्नो जिम्मेवारी र कर्तव्य कहिल्यै नबिर्सनू। तिम्रो खुसीमा ताली बजाउन पाउनुको… पुरा पढौ

उषा सुवेदी प्रतिष्ठानको केन्द्रीय सचिवमा निर्वाचित, सबैप्रति व्यक्त गरिन् आभार

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सचिव (बागमती प्रदेश भूगोल) मा निर्वाचित मोडल उषा सुवेदीले आफूलाई मत दिएर विश्वास गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्। उनले प्रतिस्पर्धी भरत बराकोटीसहित सबै उम्मेदवारप्रति सम्मान व्यक्त गर्दै निर्वाचनको जितहारले आपसी सम्बन्धमा असर पर्न नहुने बताएकी छन्। अध्यक्षमा निर्वाचित पशुपति शर्मासहित नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै सुवेदीले लोकदोहोरी क्षेत्रको विकास, कलाकारको हकहित र संस्थागत एकताका लागि सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएकी छन्। ‘पदभन्दा ठूलो सम्बन्ध हो, प्रतिस्पर्धाभन्दा ठूलो आत्मीयता… पुरा पढौ

भारी मतसहित उपाध्यक्षमा विजयी पुष्कल शर्माले दिए मतदातालाई धन्यवाद

बर्दिबास, असोज २४राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय उपाध्यक्षमा भारी मतसहित विजयी भएका गायक पुष्कल शर्माले आफूलाई विश्वास गरेर अमूल्य मत दिने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्। प्रतिष्ठानको नवौँ केन्द्रीय महाधिवेशनबाट निर्वाचित भएपछि शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो विजयमा साथ, सहयोग र विश्वास गर्ने सबैलाई धन्यवाद दिएका हुन्। उनले प्रतिष्ठानका केन्द्रीय, प्रदेश, जिल्ला, उपत्यका समन्वय समिति, विदेश शाखा, संस्थापक तथा पूर्वअध्यक्षहरू, अग्रज र समकालीन कलाकार, आफन्त तथा शुभचिन्तकप्रति विशेष कृतज्ञता व्यक्त गरेका छन्। शर्माले आफूलाई प्राप्त विश्वास र जिम्मेवारी… पुरा पढौ