समाचार

कालोपत्रे गरेको २ बर्ष बित्दापनि बागलुङ बलेवा बिमानस्थल संचालनमा आउन सकेन

बागलुङ /झण्डै दुई दशकदेखि बन्द रहेको बागलुङको बलेवा बिमानस्थल कालोपत्रे भएको दुई बर्ष बितिसक्दा समेत बिमानस्थल संचालनकाे गर्ने बारे कसैलाई चासो छैन । भएको बिमानस्थल संचालन नहुदा यतिबेला सुविधासम्पन्न बिमानस्थल प्रयोग बिहिन बन्न पुगेको छ ।बागलुङका जनप्रतिनिधिहरूले कालोपत्रे भएको बिमानस्थल संचालन गर्न नसकिरहेको समयमा धरानका मेयर भने बिमानस्थल बनाउन कम्मर कसेर लागेका छन् । गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्रमा झण्डै दुई दशक देखि बन्द रहेको बागलुङको बलेवा विमानस्थलकाे धवन मार्ग कालोपत्रे गर्ने काम सम्पन्न भएकाे झण्डै दुई बर्ष बितिसक्दा सक्दा समेत विमानस्थल संचालनमा आउन… पुरा पढौ

नवयुबक आधारभूत विद्यालयको ब्यवस्थापन समिती गठन

बाग्लुङ /काठेखोला गाउँपालिका-५,बिहुँ स्थित नवयुबक आधारभूत विद्यालयमा मोहन प्रसाद पुनको अध्यक्षतामा नौ सदस्यीय बिद्यालय ब्यवस्थापन समिती गठन गरिएको छ ।समितीको सदस्यमा खड्क बहादुर सुनार, सुमा थापा, लक्ष्मण प्रसाद कंडेल, हिरा परियार, जमुना सापकोटा सर्वसम्मत निर्वाचित भएका छन । यस्तै वार्डको प्रतिनिधितब गर्दै सदस्यमा भुमा पुन, शिक्षकको प्रतिनिधित्व गर्दै सदस्यमा अम्मराज सेजुवाल र सदस्य सचीवमा बिद्यालयका प्रधानाध्यापक देबनारायण सापकोटा चयन भएका छन । बिद्यालयसंग आवद्ध अभिभावकहरुको भेलाबाट बिद्यालयलाइ ब्यवस्थापकिय रुपमा बलियो बनाउनको लागि ब्यवस्थापन समिती गठन गरिएको बिद्यालयका प्रधानाध्यापक देबनारायण सापकोटाले… पुरा पढौ

दुर्गा प्रसाइ माथि हाटपाट गर्न खाेज्ने पक्राउ

बागलुङ । मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईमाथि हातपात गर्न खोज्ने जुत्ता व्यवसायी रामकान्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो २ बजे बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित सभालाई सम्वोधन गर्न आएका प्रसाईलाई व्यवसायी गौतमले हातपात गर्न खोजेका थिए । प्रसाई मंचमा उक्लन लागेको बेला गौतमले हातपात गर्न खोज्दा प्रसाईका सुरक्षा गार्ड र प्रहरीले रोकेर थियो । कुटपिट गर्न खोज्ने बागलुङ नगरपालिका वडा नं – ७ का व्यवसायी गौतमलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना… पुरा पढौ

असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड युगाण्डा प्रस्थान

काठमाडौँ। असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगाण्डा प्रस्थान गर्नुभएको छ। माघ ५ र ६ गते हुने असंलग्न आन्दोलनका राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड युगाण्डाको राजधानी कम्पाला प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री नेतृत्वको टोली बिहीबार राति २ः१५ बजे कतार एयरवेजको जहाजमार्फत कम्पाला प्रस्थान गर्नुभएको हो। प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका… पुरा पढौ

बागलुङको बडिगाडमा निःशुल्क मोतियाबिन्दु सल्यक्रिया

बागलुङ /जनतालाई गाउँमै आखा उपचार गर्ने उदेश्यका साथ बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा दुई दिने निःशुल्क आँखा उपचार तथा मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ । बडिगाड गाउँपालिकाको आयोजना, नेपाल नेत्र ज्योती संघ हिमालय आँखा अस्पताल पोखरा तथा धवलागिरी आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा ग्वालिचौर स्वास्थ्य चौकीमा सुरु भएको शिविर शुरूवात भएको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए । गाउँपालिका अध्यक्ष अधिकारीले पालिका भित्र रहेका नागरिकहरुलाई आँखा सम्बन्धी समस्याको उपचार र निःशुल्क रुपमा मोतियाबिन्दुको अप्रेशन गर्ने उद्धेश्यले शिविरको… पुरा पढौ

डिजिटल इम्पावरमेन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी, केन्द्रीय विभाग बिच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं। सूचना प्रविधिको उद्योग र शैक्षिक संस्थानहरूबिचमा सहकार्य गर्ने उद्देश्यका साथ डिजिटल इम्पावरमेनन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभाग बिच सहकार्य सुरु भएको छ। आज एक कार्यक्रमका बिच सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माको उपस्थितिमा डिजिटल इम्पावरमेनन्ट सोसाइटी (डिईएस) का अध्यक्ष राजेन्द्र प्रसाद अर्याल र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी केन्द्रीय विभागका विभागीय प्रमुख सविन सायमीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। उक्त समझदारीअनुसार दुवै संस्थाहरूले शैक्षिक र कौशल (Education and skills) बिचको असमानताका समस्या केन्द्रित रहेर सहकार्य गर्नेछन्। कार्यक्रममा… पुरा पढौ

भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देश

काठमाडौँ, माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ ।उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसंगको छलफलमा उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । छलफलमा प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै तत्काल सहज वातावरण सिर्जना गर्न भन्नुभएको… पुरा पढौ

कालीका गुठी ब्यवस्थापन समितिकाे पुस महिनाको हिसाब सार्वजनिक

बागलुङ / देशका धेरै संघसंस्थाहरूले आफ्नो हिसाबकिताब सार्वजनिक नगरिरहेकाे समयमा नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती गुठी ब्यवस्थापन समितिले आफ्नो हिसाबकिताब मासिक रूपमा सार्वजनिक गर्दै आएको छ ।कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेकाे बैठकले कालीका भगवती मन्दिरमा भएको आम्दानी खर्चको हिसाब विवरण सार्वजनिक गरेको हाे । २०८० पुस महिनामा कर्मचारी तलबमा ३ लाख ४८ हजार बिधुत महसुस २६ हजार २५ अतिथि सत्कारमा १ हजार ७ सय आर्थिक सहयोग २० हजार पुर्वाधार विकास निर्माण २० लाख ९२… पुरा पढौ

सहकारी सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिनुभएको छ ।बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो ।प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने वताउँदै दीर्घकालीन र तत्कालिन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्ने बताउनु भयो ।प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका सम्वन्धमा तत्कालिन र दीर्घकालीनढंगले आवश्यक गृहकार्य गर्न सरोकार मन्त्रालय र निकायलाई निर्देशनसमेत दिनुभएको छ । उहाँले सहकारीको अनुगमनका लागि प्रभावकारी… पुरा पढौ

प्रहरी समायोजनको प्रक्रिया छिटो टुंगाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंगाउन निर्देशन दिनुभएको छ। बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंगाउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुंवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो। बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिनुभएको हो। बैठकमा… पुरा पढौ