समाचार

प्रहरी प्रमुख ऋषिराम कडेलकाे स्वागत तथा पदभार ग्रहण

बागलुङ / कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर मानवश्रोत व्यवस्थापन महाशाखाबाट जिल्ला प्रहरी कार्यालय बागलुङमा सरुवा भई हाजिर हुनु भएका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले पदभार ग्रहण गर्नु भएको छ । प्रहरी प्रमुखको पदभार ग्रहण गर्नु भएका प्रहरी उपरीक्षक ऋषिराम कँडेललाई यस कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुले पुष्प गुच्छा सहित स्वागत गर्नु भएको थियो । स्वागत तथा पदभार ग्रहण पश्चात सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई शान्ती सुरक्षामा प्रहरी प्रभावकारीतालाई थप गर्न र संगठनको मुल्य मान्यतालाई आत्मसाथ गरी त्रुटि रहित तवरले कार्यसम्पादन गर्न निर्देशन… पुरा पढौ

राेटरी क्लब अफ बागलुङकाे सहयोग मानसेवा आश्रमलाइ

बागलुङ / राेटरी क्लब इन्टरनेशनल अन्तर्राष्ट्रिय स्थापना भएको ११९ आ‌ैं स्थापना दिवसकाे अवसरमा राेटरी क्लब अफ बागलुङले मानव सेवा आश्रम बागलुङकाे सेवालाई थप सहज बनाउनका निम्ति खाधन्न तथा सरसफाइ सामाग्री एक कार्यक्रम बिच हस्तान्तरण गरियो । राेटरी क्लब अफ बागलुङका अध्यक्ष दीपेन्द्र घिमिरे पुर्व अध्यक्ष लक्ष्मी जिसी कार्की , लगायतका बक्ताहरूले आफ्नो क्लबकाे स्थापना अबसरमा फरकफरक संघसंस्थालाइ सहयोग गर्ने गरेकोमा यसपटक मानव सेवा आश्रमलाइ सहयोग गर्न पाउदा खुशी लागेको धारणा राखेका थिए । मानवसेवा आश्रम परिवारकाे तर्फबाट राेटरी क्लब अफ… पुरा पढौ

डिजेल गाडीको बाेलकाे गीत सार्वजनिक

काठमाडौं / गायक विज्ञान न्यौपाने र गायिका समीक्षा अधिकारीको स्वरमा डिजेल गाडी बोलको गीत सार्वजनिक भएको छ । नेपमेलो र गायक विज्ञान न्यौपानेको संयुक्त प्रस्तुति रहेको गीतमा शब्द लय र म्युजिक प्रोडक्सन समीर आचार्य र नेपमेलो स्टुडियो को रहेको छ । शनिबार नेपमेलो युटुयुव च्यानलबाट रिलिज गरिएको गीतको भिडियोमा देवेन्द्र बब्लु र करिष्मा ढकालको जोडीलाई देख्न सकिन्छ । भिडियो सान थापाले गरेका हुन् । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । पुरा पढौ

सप्ताह व्यापी रूपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजदेखि सुरू

बागलुङ / देशव्यापी रूपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ । सरकारले दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन गर्ने भएको हो । दादुरा तथा रुबेलाको प्रकोप बढेकाले खोप अभियान सञ्चालन गर्नु परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप अभियानमा ५७ लाख ४२ हजार ९९३ लाई खोप प्रदान गर्ने लक्ष्य छ । २४ जिल्लाका नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने भएको छ । तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका… पुरा पढौ

काँठेखाेला ४ तंग्राममा जेष्ठ नागरिककाे अधिकार बारे छलफल

बागलुङ / काठेखोला गाउपालिकाको अायोजनामा तंग्रामको वडा कार्यालयमा "ज्येष्ठ नागरिकहरुको अधिकार साथै सम्मानित जीवनका लागि सरोकारवालाका बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा वडा नम्बर ४ वडा अध्यक्ष लक्ष्मण पुनलेकार्यपत्र प्रस्तुत गर्नुभएको थियो । काँठेखाेला गाउँ जेष्ठ नागरिक तथा महिला शाखाका कर्मचारी रश्मी पाैडेलले स्वास्थ उपचार सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे ।काँठेखाेला ४ तंग्राममा करिब ५ सय जना जेष्ठ नागरिक रहेका छन् । कार्यक्रममा सहभागी भएका जेष्ठ नागरिकको स्वास्थ जाँच गणेश प्रसाद शर्मा स्वास्थ चाैकी प्रमुख गणेश प्रसाद शर्माले… पुरा पढौ

नायीका एलिजा गाैतम र नायक निश्चल खड्काकाे नयाँ फिल्म

काठमाडौं / निर्देशक समुद्र भट्टले नयाँ फिल्म बनाउने भएकी छिन् ।समुद्रले नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर फिल्म बनाउन लागेकी हुन् । द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको अनटाइटल प्रोजेक्टमा उनले एलिजा र निश्चललाई मुख्य भूमिकामा शनिबार अनुबन्धित गराएकी छिन् । आगामी बैशाख भित्रै छायांकन सुरु गर्ने गरि तयारी गरिएको फिल्मका बारेमा केही दिनमै सम्पूर्ण जनकारी दिने निर्माण पक्षले गरेको छ । लभ स्टोरी क्र्रइम थ्रिलर रहने फिल्ममा  समुद्रकै कथा रहने छ । अनुराग फिल्मबाट डेब्यु गरेकी एलिजाले… पुरा पढौ

विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश : प्रधानमन्त्री

सर्लाही, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश भएको बताउनुभएको छ । बागमती नगरपालिकाले आज सर्लाहीको कर्मैयामा आयोजना गरेको ‘सामुदायिक विद्यालयका चार हजार विद्यार्थीको सामूहिक प्रस्तुतिकरणसहितको शैक्षिक तथा सांस्कृतिक कार्यक्रम’ लाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको विविधतालाई एकताबद्ध बनाउनुपर्ने बताउनुभयो । “विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश हो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सबै जातजाति र भाषाभाषीलाई सम्मान गरेर मात्र राष्ट्रिय एकता कामयम गर्न सकिन्छ ।” उहाँले नेपालका सबै क्षेत्र, जातजाति र भाषाभाषी एकताबद्ध… पुरा पढौ

आगामी आवको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था हुन्छ : प्रधानमन्त्री

धनुषा, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने बताउनुभएको छ । धनुषाको सबैला नगरपालिका वडा नं ४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ चिकना जोड्ने पक्की पुलको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अबको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था गर्ने विश्वास दिलाउनुभएको हो । आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तराईमा सिंचाइ, मलबिउको व्यवस्था गर्ने र… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डद्वारा पुल शिलान्यास

धनुषा, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गर्नुभएको छ । धनुषाको सबैला नगरपालिका वडा नं ४ र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ जोड्ने पक्की पुलको आज शिलान्यास गर्नुभएको हो । एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने यस पुलको लम्बाइ ६०० मिटर छ । डबल लेनको यस पुल निर्माणपछि दुई जिल्लाका जनतालाई आवतजावतमा सहयोग पुग्नेछ । पुरा पढौ

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री

धनुषा, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताउनुभएको छ । उहाँले मधेसको विकास नभइकन देशको विकास नहुने उल्लेख गर्नुभयो । सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व बृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले यसपटक आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान… पुरा पढौ