समाचार

बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द

मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो । मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको जनाएको छ । आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म र राति ९ देखि बिहान १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ । रोकिएका सवारी साधनलाई आधा… पुरा पढौ

पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका बागलुङ सिगानाका जिसी पोखरा रेफर

बागलुङमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका पुरुषलाई थप उपचारको लागि पोखरा लगिएको छ । पेट्रोल छर्केर घाइते अवस्थामा रहेका बागलुङ नगरपालिका ८ सिगाना,ओख्रेनीका ५२ वर्षीय शेर बहादुर जिसीलाई धौलागिरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि पोखराको गण्डकी मेडिकल कलेजमा रेफर गरिएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत तेज प्रसाद न्युरेले बताउनु भयो ।आज विहान करिव ११ः३० बजेको समयमा घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी गंगा बहादुर थापाले… पुरा पढौ

बागलुङ सिगानाका एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास

बागलुङमा एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका वडा नम्वर ८ सिगाना,ओख्रेनीका ५२ वर्षीय शेर बहादुर जिसीले आफ्नै शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । पेट्रोल छर्केर घाइते अवस्थामा रहेका जिसीको अहिले धौलागिरी अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी गंगा बहादुर थापाले बताउनु भयो । पुरा पढौ

धौलागिरि वहुमुखी क्याम्पसद्वारा प्रदेश तथा स्थानीय निकायमा निर्वाचित पुर्व विद्यार्थीलाई सम्मान

धौलागिरि क्षेत्रकै शैक्षिक धरोहरको रुपमा स्थापित धौलागिरि वहुमुखी क्याम्पसको ६० औं वार्षिकोत्सव अवसरमा शुक्रबार क्याम्पसका पुर्व विद्यार्थी एवं प्रदेश तथा स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ | क्याम्पसमा अध्ययन गरि हालै सम्पन्न प्रदेश तथा स्थानीय तहको निर्वाचनमा निर्वाचित पुर्व बिद्यार्थीहरुलाई सम्मान गरिएको हो | सम्मानित हुनेमा क्याम्पसका पुर्व विद्यार्थी एवं पुर्व स्ववियु सभापती तथा गण्डकी प्रदेश सभा सदस्य गोबिन्द बहादुर नेपाली, पुर्व विद्यार्थी एवं पुर्व स्ववियु सभापती तथा बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठलाई सम्मान गरिएको हो… पुरा पढौ

आधारभूत विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि आदर्श विद्यामन्दिरलाई

युएस एकेडेमीद्वारा आयोजित आधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि आदर्श विद्यामन्दिरले हात पारेको छ | प्रथम हुन सफल आदर्श विद्यामन्दिरका विद्यार्थीहरु रनिङ कप उचाल्दै विद्यालयको २० औं वार्षिकोत्सवको अवसरमा सुक्रबार आयोजित प्रतियोगितामा बागलुङ बजारका १४ विद्यालयको सहभागिता रहेको थियो | पहिलो चरणको छनौटबाट दोस्रो चरणमा प्रवेश गरेका ८ समुहरु बिचको प्रतिस्पर्धाबाट ७ समुहलाई पछाडि पार्दै १९ अङ्कका साथ आदर्श विद्यामन्दिर आवासीय माविले प्रथम स्थान हाँसिल गरेको हो भने १८ अङ्क सहित चिल्ड्रेन लाईफ बोर्डिङ द्वितीय र आयोजक युएस एकेडेमी तृतीय… पुरा पढौ

उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको साँसद पद खारेज

उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको साँसद पद खारेज भएको छ । सर्वोच्च अदालतले उनकोे सांसद पद खारेज गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी उनले पार्टी दर्ता गरेका थिए । पार्टी दर्तापछि उम्मेदवार भई प्रतिनिधिसभा सदस्य जितेका उनी उपप्रधान तथा गृह मन्त्री भएका थिए । संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको हो । त्यस्तै उनी… पुरा पढौ

सरस्वती पूजाको दिन चिल्ड्रन लाईफ बोर्डिङबाट ५६ बालबालिकाले गरे अक्षरारम्भ

बागलुङका सस्थागत विद्यालय मध्य सवै भन्दा धेरै विद्यार्थी रहेको चिल्ड्रन लाईफ बोर्डिङ स्कुलबाट सरस्वती पूजाको दिन ५६ जना बालबालिकाले अक्षरारम्भ गरेका छन् । सरस्वती पूजाको दिन अक्षरारम्भ गर्दा राम्रो हुने भन्दै यस दिन धेरै बालबालिका विद्यालय भर्ना हुने गरेका छन् । सरस्वती पूजाको अवसरमा विहान विद्यालयमा पूजाआजा गरिएको थियो भने आजबाट विद्यालय आउने बालबालिकालाई अक्षरारम्भ गराइएको विद्यालयका प्रिन्सीपल नवराज श्रेष्ठले जानकारी दिनु भयो । बागलुङका सस्थागत विद्यालय मध्य सवै भन्दा धेरै विद्यार्थी रहेको चिल्ड्रन लाईफ बोर्डिङ स्कुलमा १५ सय भन्दा… पुरा पढौ

हरेको क्षेत्रको मुहान शिक्षा भएकोले समय सुहाउदो शिक्षा आवश्यक छ : प्रदेश सांसद थापा

गण्डकी प्रदेश सभा सदस्यमा दिपेन्द्र थापाले हरेको क्षेत्रको मुहान शिक्षा क्षेत्र भएकोले समय सुहाउदो शिक्षा प्रदान गर्नुपर्ने बताउनु भएको छ । कालिका कन्या मन्दिर माध्यमिक विद्यालय बागलुङको सरस्वती पूजा, बार्षिकोत्सव समारोह एवं सम्मान कार्यक्रमको अवसरमा बोल्दै थापाले यस्तो बताउनु भएको हो । प्रदेश सभा सदस्य थापाले नेपालमा हुने खाने र हुदा खानेको शिक्षा वेग्ला वेग्लै रहेकोले नेपालका सवै नागरिकलाई एकै खालको शिक्षा प्रदान गर्न आवश्य रहेको बताउनु भयो । नेपालको शिक्षा प्रणाली हुनेखानेको पहुचमा रहेकोले हुदा खाने परिवारका बागलबालिकाले अध्ययन… पुरा पढौ

युएस एकेडेमीको २० औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम संचालन

युनिभर्सल सवलाइम एकेडेमी बागलुङ नगरपालिका २ बागलुङको २० औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । मंगलबारबाट सुरु भएको वार्षिकोत्सवको अवसरमा विभिन्न अतिरिक्त  क्रियाकलाप सहित जनचेतनामुलक कार्यक्रम भैरहको विद्यालयले जनाएको छ । पहिलो दिन विद्यालयमा अतिरिक्त  क्रियाकलाप गरेको विद्यालयले दोश्रो दिन बागलुङ बजारका विभिन्न चोकहरुमा सरसफाई सहित जनचेतनामुलक कार्यक्रम गरेको थियो । विहिबार तेश्रो दिन सरस्वती पूजा तथा विद्यालय आउने उमेर समुहका नयाँ बालबालिकालाई अक्षरारम्भ गराइएको विद्यालयका प्रिन्सीपल अशोक केसीले जानकारी दिनुभयो । विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थितीमा पूजा… पुरा पढौ

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको जैमिनि नगरपालिका ८ बेलवगरमा अन्र्तक्रिया सम्पन्न

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड बागलुङको आयोजनामा बागलुङको जैमिनि नगरपालिका ८ बेलवगरमा केन्द्र प्रमुख र उपप्रमुखको गोष्ठी तथा वित्तीय साक्षरता विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बेलवगर शाखाको आयोजनामा भएको कार्यक्रममा वोल्दै जैमिनि नगरपालिकाका उप प्रमुख हरिहर शर्माले ग्रामिण क्षेत्रका महिलाको उत्थानको लागि महत्वपुर्ण काम गरेको भन्दै महिलाहरुलाई नेतृत्व तहमा पनि लैजान सिवाईसी लघुवित्तले महत्वर्ण भुमिका खेलेको बताउनु भयो। लघुवित्त कार्यक्रमले ग्रामीण भेगका धैरै महिलादिदिबहीनीहरुलाई उद्यमशिलता र आत्मनिर्भर बनाएकोले लघुवित्तको लगानि सदुपयोग गरि उद्यमी बन्न स्थानियलाई आग्रह गर्नु भयो… पुरा पढौ