धवलागिरि बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियनको नयाँ कार्यसमिति अन्तत: सर्वसम्मत रुपमा घोषणा भएको छ ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्ववियुको नयाँ कार्यसमिति नेपाल विद्यार्थी संघका युवा विद्यार्थी नेताको रुपमा परिचित सुदिप सागर कंडेलको नेतृत्वमा सर्वसम्मत रुपमा घोषणा भएको हो । धौलागिरीको एक मात्र आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको विषय अदालत सम्म पुगेको थियो भने पटक पटक क्याम्पसमा तालाबन्दी समेत भएको थियो । शनिवार भएको निर्वाचनमा चुनावी प्रतिस्पर्धाका लागि दर्ता भएका १० वटा विद्यार्थी संगठनबीच सहमतिपछि स्ववियू निर्वाचन सर्वसम्मत भएको छ। सबै…
पुरा पढौ