श्रीब्रमाण्डिय महायज्ञलाइ सफल पार्न सरसफाइ

-


     हिडन खबर    
     फागुन २ गते २०८० मा प्रकाशित


बागलुङ / युनिभर्सल सवलाइम एकेडेमी बागलुङ नगरपालिका वडा नम्बर २ को २१ औॅ वार्षिकोत्सवकाे अवसरमा आज पहिलो दिन सामाजिक उत्तरदायीत्व
अन्तर्गत , अनन्त श्री ब्रमाण्डिय महायज्ञ सञ्चालनको पुर्व सन्ध्यामा सर्वसिद्दि धाम पन्चकोट परिसरमा सरसफाइ कार्यक्रम गरियो ।

प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य सर्वसिद्विधाम पन्चकाेटमा यहीँ फागुन ९ गतेदेखि २३ गतेसम्म श्री ब्रमाण्डिय महायज्ञ संचालन हुदै गरेको कार्यक्रममा
युनिभर्सल सवलाइम एकेडेमीमा गठित युवा रेडक्रस सर्कलका विधार्थीहरु र शिक्षकद्वारा सरसफाइ कार्यक्रम सम्पन्न गरिएकाे थियोे ।

बिधालयमा पहिलो दिन अन्तर्गत बिबिध आन्तरिक खेलकुदका कार्यक्रम र बिभिन्न बिधालय द्वारा आयोजित कार्यक्रममा सहभागी भै बिभिन्न स्थान हासिल गर्न सफल भइ बिधालयको नाम उच्च राख्न सफल सबै बिधार्थीहरुलाइ धेरै धेरै बधाइ तथा शुभकामना समेत दिएको छ ।

सरस्वती पुजा एबम अक्षरारम्भ कार्यक्रम र अभिभावक हरुका लागी बिशेष प्रतियोगिताकाे कार्यक्रम समेत बार्षिकाेत्सवमा राखेको जानकारी बिद्यालयले गरेको छ ।