समाचार

सार्वजनिक बिदामा सरकारी कार्यालय खुल्ला तर सेवा लिने  सेवाग्राही छैनन्

बागलुङ /सरकारले जनतालाई सार्वजनिक बिदाको दिनमा पनि सरकारी कार्यालय संचालन गरि सेवाग्राहीलाई सर्वसुलभ रूपमा सेवा दिने निति ल्याएपनि त्यो प्रभावकारी हुन नसक्दा सरकारले ल्याएको कार्यक्रम मात्रै लाेकप्रियता हासिल गर्न ल्याएको देखिन्छ । सार्वजनिक विदामा कार्यालय संचालन हुदा समेत सेवाग्राहीलाई खासै चासाे देखिदैन । सरकारले जिल्ला प्रशासन कार्यालय मालपोत कार्यालय नापी कार्यालय लगायतका केही महत्त्वपूर्ण मानिएको सरकारी कार्यालयहरू सार्वजनिक बिदाको दिनमा पनि संचालन गर्ने निति अनुसार बिदाको दिनमा खुलेपनि कार्यालयमा सेवाग्राही नआउदा सधैं भिडभाड हुने कार्यालय सुनसान देखिएका छन् । अघिपछि… पुरा पढौ

दोस्रो सातामा ‘अगस्त्य’, ‘रोइ राहु जस्तो लाग्छ’ गीत सार्वजनिक

काठमाडौं ।   फिल्म ‘अगस्त्य च्याप्टर १’ दोस्रो सातामा प्रवेश गरेको छ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म गत शुक्रबारबाट रिलिजमा आएकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको छ । ‘अगस्त्य च्याप्टर १’ले पहिलो सातामा बक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ । फिल्मलाई दर्शकले मन पराएका छन् । यसैले, दोस्रो सातामा पनि दर्शकले यो फिल्मलाई मन पराउने विश्वास निर्माण पक्षको छ । दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ काठमाडौं उपत्यकासँगै मोफसलमा दोस्रो सातामा पनि राम्रो… पुरा पढौ

बागलुङको शिव मन्दिरमा घुइँचाे

बागलुङ ।शिव रात्री पर्वको दिन बागलुङको प्रसिद्ध शिव मन्दिरहरूमा भक्तजनहरूकाे घुइँचो लागेको छ । बागलुङ नगरपालिका वडा ४ गाैरीधाममा बिहान देखि नै भगवान शिवको पुजा अर्चना गर्ने भक्तजनकाे घुइँचो लागेको छ । शुक्रबार बिहान देखि हिन्दु धर्मावलम्बीहरू लाइनमा बसेर पुजा गरिरहेकाे शिव रात्रीमा भगवान शिवको पुजा गरे आफ्नो मनाेकांक्षा पुरा हुने जन बिश्वास रहेको धार्मिक पर्यटक बताउँछन् । गाैरीधाम मन्दिर ब्यबस्थापन समितिले मन्दिरमा पुजा गर्न सहज हाेस भनेर नेपाल प्रहरी र स्थानीय स्वंयसेवक समेत परिचालन गरेकाे मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बहादुर… पुरा पढौ

प्रविधिमैत्री बिद्यालय बनेपछि बिद्यार्थी खुशी

बागलुङ /बसाइँसराइ लगायतका कारणले गाउँमा संचालित बिद्यालयमा पढ्ने बिद्यार्थी कम हुदै गइरहेको समयमासमयानुकूल प्रविधिमैत्री शिक्षण शुरूवात गरेपछि बागलुङको एक बिद्यालयमा राम्रो गुणस्तरीय शिक्षा पढ्न पाएपछि बिद्यार्थी आकर्षित हुदै गइरहेका छन् । सामुदायिक बिद्यालयमा राम्रो गुणस्तरीय शिक्षा हुदैन भन्दैबिद्यार्थी अभिभावककाे ध्यान निजी बिद्यालय तर्फ आकर्षित भइरहेको समयमा बागलुङको गलकाेट नगरपालिका काँडेवासमा संचालित शिव माध्यमिक बिद्यालयले केही बर्ष यता प्राविधिकमैत्री बिद्यालय बनाएपछि बिद्यार्थीकाे आकर्षण बढेको छ । शिव माध्यमिक बिद्यालयमा विगतका दिनमा भन्दा यतिबेला राम्रो गुणस्तरीय प्राविधियुक्त तरिकाले पढाइ भइरहेको बिज्ञापन प्रयोगशालामा… पुरा पढौ

रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको छ : प्रधानमन्त्री

काठमाडौँ, २४ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको बताउनुभएको छ । संसदमा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कुटनीतिक दबाब बढाइएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउने, मृतकका परिवार तथा घाइतेलाई क्षतिपू्र्ति उपलब्ध गराउने र युक्रेनी सेनाले… पुरा पढौ

सहकारी र लघुवित्तलाई कडाइका साथ नियमन गर्छौँः प्रधानमन्त्री

काठमाडौँ, २४ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई छानविन गरी कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । संसदमा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले तोकेकोभन्दा बढी शुल्कभन्दा बढी शुल्क सम्बन्धित खातावालाई फिर्ता लिने काम भइरहेको जानकारी गराउनुभयो । “तोकेभन्दा बढी लिइएको सेवा शुल्क फिर्ता गरी सम्बन्धित ऋणीको खातामा जम्मा गर्न दिएको निर्देशन कार्यान्वयन भइरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “गुनासो सुनुवाइ र त्यसको समाधानका लागि लघुवित्त… पुरा पढौ

मन्त्रिपरिषद् पुनःगठनबाटै धेरै प्रश्नको जवाफ दिएको छु : प्रधानमन्त्री

काठमाडौँ, २४ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसहेको बताउनुभएको छ । संसद्मा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यही फागुन ६ देखि १८ गतेसम्मका विषयमा सरकारको धारणा माग गरिएकोमा सरकारको समीकरणसँगै मन्त्रीहरूको राजीनामाको विषय स्वतः सम्बोधन भएको बताउनुभयो । “सांसदहरूले उठाउनुभएका विषयहरूको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “ राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनसँगै माननीयज्यूहरूका केही प्रश्नले जवाफ पाइसकेका छन् । उदाहरणका लागि… पुरा पढौ

राष्ट्रवादी धारकाे चलचित्र काँडेतार

काठमाडौं /राष्ट्रवादी धारमा निर्माण गरिएको फिल्म ‘काँडेतार’को मंगलबार बेलुकी विश्वज्योती हलमा प्रिमियर गरिएको छ । शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्मको प्रिमियरमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पुगेका थिए । यस्तै, फिल्म हेर्न विभिन्न दलका नेतादेखि फिल्मीकर्मीहरु हलमा पुगेका थिए । नवल खड्काको निर्देशनमा तयार भएको यो फिल्मले नेपाल र भारतको सम्बन्धको कथा भन्छ । साथै, नेपालको सीमा स्तम्भमाथि भारतले बारम्बार गर्ने खेलबाडको कथालाई यो फिल्मले प्रस्तुत गरेको छ । नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मुख्य थिममा रहेको फिल्म… पुरा पढौ

अगस्त्य च्याप्टर १’ले प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ

काठमाडौं । शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य च्याप्टर १’ले प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाएको छ । नेपाली वक्सअफिसमा निरन्तर देखिएको व्यापारिक निराशालाई ‘अगस्त्य च्याप्टर १’ले राहत दिलाउन थालेको छ । प्रदर्शनमा आएसँगै यस फिल्मले नेपाली वक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । फस्टलुक, टिजर र ट्रेलर सार्वजनिक भएदेखि नै सबैको ध्यान केन्द्रित गराउन सफल भएको ‘अगस्त्य’ले दर्शकलाई समेत चासोसँगै थप कौतुहलता बढाइदिएको छ । सुरुवातमा देशभरका १ सय ११ हलमा रिलिजमा आएको फिल्मको शुक्रबार देशभरका हलमा ४५ प्रतिशत अकुपेन्सी देखिएको थियो… पुरा पढौ

नयाँ फिल्म केटी हराएकाे सूचना ?

काठमाडौ / अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् । नाजिरले अब नयाँ फिल्ममा अभिनय गर्ने भएका छन् । सोमबार लिएर स्कृपट पूजा गर्दे नयाँ फिल्म 'केटी हराएको सूचना' घोषणा गरिएको हो । यस फिल्ममा नाजिरसँगै अभिनेत्री सृष्टी श्रेष्ठ मुख्य भूमिकामा रहने छन् । उनीहरूले पहिलो पटक जोडी बनेर सहकार्य गर्न लागेका हुन् । ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो फिल्ममा दिपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको छ । गौचनले यस… पुरा पढौ