समाचार

ल्याल्डिङ क्लियरेन्स लिइसकेको विमान कसरी सेती खोंचमा खस्यो अच्चम्मितछौं ः विमानस्थल प्रमुख ठाकुर

पोखरामा दुर्घटना परेको यति एयरलाइन्सको ९ एनएनएसी विमान अवतरणका क्रममा दुर्घटनामा परेको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार विमानले ‘ल्याल्डिङ क्लियरेन्स’ लिइसकेको थियो । र, पाइलटले कुनै समस्या भएको जानकारी गराएका थिएनन् । ‘पाइलटले विमानमा कुनै समस्या रहेकोबारे पोखरामा एयर ट्राफिक कन्ट्रोलरलाई केही बताएका थिएनन्,’ प्रमुख ठाकुरले भने, ‘के कारणले विमान सेती खोंचमा खस्यो भन्न सकिएन ।’ पोखराको मौसममा पनि कुनै समस्या थिएन । विमान सेती खोंचमा पुग्दासम्म टावरको सम्पर्कमै थियो । विमान सम्पर्कमा रहँदारहँदै ल्यान्डिङ… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान गरेकै जहाज दुर्घटनामा

पोखरामा आइतबार दुर्घटनामा परेको ९एन(एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो । २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतीको यसै जहाजले डेमो उडान गरेको थियो । आज जहाज उडाइरहेका क्याप्टेन कमल केसी समेत अनुभवी पाइलट हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०ः२५ मा उडेको यो जहाज २५ मिनेटमा पोखरा अवतरण गर्नुपर्ने थियो । जहाज दुर्घटनाको कारण अझै नखुलेको त्रिभुवन विमानस्थलस्थित उद्धार तथा राहत केन्द्रले जनाएको छ । पुरा पढौ

दुर्घटनाग्रस्त जहाजमा सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका

पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ । प्राप्त यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये १५ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् । काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ । दुर्घटनामा पर्नेमा भारतका ५ जना,… पुरा पढौ

सिवाइसी साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न

बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको १३ औं वार्षिक साधारण अन्र्तगत पौष १ गतेबाट ५ सम्म २५ वटा सेवा केन्द्रमा इकाइगत रुपमा साधारण सभा सम्पन्न गरि बुधबार निर्णय प्रमाणिकरण सभा गरि १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको अवसरमा बोल्दै जिल्ला समन्वय समिति बागलुङका संयोजक अम्मर बहादुर थापाले सिवाइसी साकोसले नेपालमा सहकारी प्रति रहेको बुझाईलाई परिर्वतन गर्न महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । सहकारी नाफामा… पुरा पढौ

बागलुङका प्रहरी उपरीक्षक ज्ञवाली नगद सहित सम्मानीत

कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दयानिधी ज्ञवालीलाई नगद सहित सम्मान गरेको छ । मन्दिरको नियमित सुरक्षा व्यवस्थापनमा सहयोग पु¥याएको भन्दै प्रहरी उपरिक्षक ज्ञवालीलाई नगद ५१ हजार १ सय ५१ रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरेको हो ।चैत्राष्टमी मेला, वडादशैँ, नवरात्र तथा मन्दिरको नियमित सुरक्षा व्यवस्थापनसँगै समग्र बागलुङ जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा योगदान पु¥याएकाले सम्मान गरिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । विभिन्न अपराधी क्रियाकलाप गर्नेहरुलाई कानुनको दायरामा… पुरा पढौ

पर्यटन प्रर्वद्धनकालागि बागलुङ कालिका मन्दिरदेखि पोखरा बिन्धबासिनीसम्म साईकल र्‍याली

पर्यटटन प्रर्वद्धन पर्यावरण संरक्षणको लागि बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिरदेखि पोखराको विन्धवासिनी मन्दिरसम्म साइकल यात्रा गरिएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, बागलुङ उद्योग वाणिज्य संघ, कालिका भगवती गुठी,होटल व्यवसायी संघ,शालिग्राम संग्राहलय, जिल्ला साइकल एशोसियशनको व्यवस्थापनमा साइकल यात्रा गरिएको हो । गण्डकी प्रदेशको दोस्रो ठूलो ब्यापारी केन्द्र बागलुङमा स्वदेशी तथा बिदेशी पर्यटक भित्र्याउने उदेश्यले बागलुङ कालीका मन्दिर देखि पोखराको धार्मिक गन्तव्य बिन्धबासिनी मन्दिरसम्म साईकल ¥याली आयोजना गरिएको छ । करिव १ सय ५० साइकलयात्री बागलुङ कालिका मन्दिर… पुरा पढौ

बागलुङ नगरपालिका मेयर श्रेष्ठ नगरपालिका संघको केन्द्रीय सदस्यमा निर्वाचित

बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ नेपाल नगरपालिका संघको केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएकोे छ । संघको काठमाण्डौमा सम्पन्न आठौं महाविशेनबाट श्रेष्ठ केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित हुनु भएको हो । श्रेष्ठ धौलागिरी क्षेत्रबाटै एक मात्र केन्द्रीय सदस्य निर्वाचित हुनु भएको छ।महाधिवेशनबाट धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाको अध्यक्षतामा ४३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित ढुंगाना संघको आठौं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चुनिनु भएको हो । यस्तै उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा चयन हुनु… पुरा पढौ

महालक्ष्मी इन्स्योरेन्स कम्पनीले “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ गरेको छ । चितवनको सौराहामा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । सो अवसरमा बोल्दै शर्माले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गर्न लागेको बताए । समाजमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकोले उनीहरुलाई अगाडि बढाउने यस्ता कार्यक्रम फलदायी हुने अध्यक्ष शर्माले विश्वास व्यक्त गरे । सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत… पुरा पढौ

सिवाइसी साकोसका २५ वटै सदस्य सेवा केन्द्रमा १३ औं वार्षिक साधारण सभा सम्पन्न

बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको १३ औं वार्षिक साधारण अन्र्तगत २५वटै सदस्य सेवा केन्द्रमा साधारण सभा सम्पन्न भएको छ । सहकारीको १३ औं वार्षिक साधारण अन्र्तगत पौष १ गतेबाट इकाइगत रुपमा साधारण सभा सुरु गरेको सहकारीले मङगलबार बागलुङ बजारमा केन्द्रीय कार्यलयसंगै रहेको मुक्तिनाथ सदस्य सेवा केन्द्रमा इकाइगत साधारण सभा गरे संगै २५ वटै सेवा केन्द्रमा सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै सिवाईसी साकोस पूर्व सल्लाहकार तथा बरिष्ठ अधिवक्त पद्यनाथ शर्मा पौडेलले सहकारी आफ्ना सदस्यहरु माझ हरेक अफ्ठ्यारो अवस्थाको… पुरा पढौ

सिवाईसी साकोसका २४ सेवा केन्द्रमा १३ औं साधारण सभा सम्पन्न

बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण अन्र्तगत २४ वटा सेवा केन्द्रमा साधारण सभा सम्पन्न भएको छ । पौष १ गतेबाट इकाइगत रुपमा साधारण सभा सुरु गरेको सहकारीले सोमबार पर्वतको गुप्तेश्वर सदस्य सेवा केन्द्र र बागलुङ नगरपालिका वडा नम्वर १३ पैयुपाटामा रहेको बलेवा सदस्य सेवा केन्द्रमा साधारण सभा सम्पन्न गरेको हो । गुप्तेश्वर सदस्य सेवा केन्द्रको कार्यक्रममा बोल्दै सिवाईसी साकोस केन्द्रिय सञ्चालक समितिका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले देश आर्थिक संकटमा गुज्रिरहेको बेला सहकारीहरु… पुरा पढौ