समाचार

सरकारले आजदेखि १० प्रकारको आयातमा रोक

सरकारले विभिन्न १० प्रकारका सामग्रीको आयातामा पूर्णत रोक लगाएको छ। सरकारले विदेशबाट आयात गर्ने विदेशी बस्तु खरिद गर्नका लागि डलर संचित कम भएको भन्दै हाललाई आयातमा रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीको आयातमा रोक लगाउने भएको हो। मन्त्रालयले कुटनीतिक नियोगले भने आफ्नै प्रयोजनका लागि आफैं पैठारी गर्न पाउने निति खुकुलो बनाएको छ। यस्तै, बैशाख १३ भन्दा अगाडि बैकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा यो नियम लागू… पुरा पढौ

सामाजिक संजाल फेसबुकमा स्थानीय निर्वाचनलाई लक्षित गरि लेखिएका बिचार

ब‌‌ैशाख ३० गते हुने स्थानीय निर्वाचन नजिकिए सैगै स्थानीय तहको निर्वाचनको सन्दर्भमा सामाजिक संजालका भित्ता यतिबेला रंगिन थालेका छन् । कसैले टिकट नपाएको कसैल योग्य व्यक्ति उम्मेदवार नभएको ,कसैले टिकट नपाउदा दल वदल्ने प्रवृति प्रति कटाक्ष गरेका छन् । सामाजिक संजाल फेसबुकमा राजनीति पार्टी देखि कलाकार स्वास्थ्यकर्मी लगायतका ब्यक्तिहरूले पोष्ट गरेका बिचार हिडन खबरमा जस्ताको तस्तै प्रस्तुत गरेका छौ । यस्तै समसामयिक बिचारहरू आगामी दिनमा समेत पाठक समक्ष पस्कने छौ । पुरा पढौ

बागलुङमा ५ उम्मेदवार विरुद्ध / दाबी विरोधको उजुरी

आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि बागलुङका १० स्थानिय तहमा उम्मेदवारी दिएका मध्य ५ जना विरुद्ध उजुरी परेको छ ।जिल्लाका १० स्थानिय तहमा जम्मा ५ जना उम्मेदवार विरुद्ध दाबी विरोधको उजुरी परेको हो । बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकाका उम्मेदवार विरुद्ध दाबी विरोधको उजुरी परेको हो । बागलुङ नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष पदका उम्मेदवार हरि प्रसाद शर्मा विरुद्ध दाबी विरोधको उजुरी परेको छ । नेकपा एमाले बाट वडा अध्यक्षको उम्मेदवार भएका शर्मा… पुरा पढौ

बागलुङ नगरपालिकाकाे विकासको लागि आफ्नो उमेदवारी
धना आचार्य नगर प्रमुखका उमेदवार

बागलुङ नगरपालिकाकाे नगर प्रमुखमा नेपाली कांग्रेस(बीपी)का जिल्ला अध्यक्ष धना आचार्यले आफ्नो उमेदवारी दर्ता गराउनु भएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिका मेयर पदमा उमेदवारको रुपमा पहिलोपटक बागलुङ नगरपालिकाकाे नगर प्रमुख पदमा सामाजिक सेवाको क्षेत्रमा भुमिका निभाउदै आउनुभएका बागलुङ नगरपालिका वडा नम्बर ४ निवासी आचार्यले आफ्नो उमेदवारी दर्ता गरेर चुनावी अभियानमा अगाडि बढ्नु भएको छ । अहिले देश ब्यापी रूपमा प्रमुख राजनीतिदलहरू गठबन्धन गरेर निर्वाचनमा हाेम्मिरहेकाे समयमा नेपाली कांग्रेस बिपी भने एक्लै स्थानीय तहको निर्वाचनमा उमेदवार… पुरा पढौ

बडिगाड गाउँ पालिकाकाे अध्यक्षमा ५ जना र उपाध्यक्षमा ४जनाको उमेदवारी

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे लागि बैशाख १२ गते निर्वाचन अधिकृतकाे कार्यालयमा उमेदवारी दर्ता गर्न भ्याइनभ्याई भयो । बडिगाड गाउँपालिकाको अध्यक्षको लागि ५ जनाको उमेदवारी दर्ता भएको छ । नेपाली काग्रेसबाट गण्डकी थापा अधिकारी, नेकपा एमालेबाट राजन कुमार पाइजा, राष्ट्रिय जनमोर्चाबाट अनिल गिरि, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन प्रसाद घर्ति र मंगोल नेशनल अर्गनाइजेसनबाट चुरा बहादुर घर्तिले उमेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका भिमसेन बन, नेकपा एमालेका मिन कुमारी माझी, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल कुमारी क्षेत्री र… पुरा पढौ

बागलुङका स्थानिय तहमा गठबन्धन दलहरूबाटै बागी उम्मेदवारी

पाँच दलीय सत्ता गठबन्धनले केन्द्रबाटै सहमति गरेर देशभर तालमेल गर्ने निर्णय गरे पनि बागलुङका स्थानिय तहमा गठबन्धन दलहरूबाटै बागी उम्मेदवारी परेको छ । माओवादी केन्द्र पार्टीले सहि निर्णय नगरेको भन्दै ताराखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश घर्ती र गलकोट नगरपालिका नगर समितिका अध्यक्ष तिलक उप्रेतीले स्वतन्त्र उमेदवार दर्ता गरेका छन् । बागलुङ नगरपालिका वडा नम्बर ३ मा बाबुलाल शाक्यले पनि स्वतन्त्र उमेदवार दर्ता गरेका छन् । गठबन्धन वार्ता कमिटीकामा नेकपा माओवादी केन्द्रको तर्फबाट जिल्ला इन्चार्ज वलावती शर्माले स्थानीय तहमा आफ्नो पार्टीको… पुरा पढौ

बागलुङको जैमिनी नगरपालिकामा ५२ पदको लागि १ सय ४८ जनाले उम्मेदवारी दर्ता

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बागलुङको जैमिनी नगरपालिकामा १ सय ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नगरपालिकाको प्रमुख उपप्रमुख सहित ५२ पदको लागि विभिन्न पार्टी र स्वतन्त्रबाट समेत गरी नगर प्रमुख, उप प्रमुख, १० वटा वडाको वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुल्ला सदस्य पदमा १ सय ४८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जैमिनीमा सत्ता गठबन्धनको तर्फबाट नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नेता नर बहादुर पुन र उप प्रमखमा नेपाली कांग्रेसका नेता हरिहर शर्माले उम्मेदवारी… पुरा पढौ

गजवको राजनीति: काङ्ग्रेस महाधिवेशन प्रतिनिधि एमालेबाट उपमेयरकाे उमेदवार

बागलुङ- बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमाजिल्लाको जैमिनी नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसको तर्फबाट टिकट नपाएपछि महिला नेतृ उषा पौडेल नेकपा एमालेबाट उम्मेदवार दर्ता गरेका छन् । पार्टीले टिकट नदिएपछि कांग्रेस नेतृ पाैडेलले एकाएक कांग्रेस त्यागी एमालेबाट उमेदवार बन्नु भएकाे हाे । नेपाली काँग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि, नेपाल महिला संघ बागलुङका जिल्ला सचिव समेत रहेकी पौडेल सोमबार नेकपा एमालेबाट जैमिनी नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । जैमिनी नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखमा लिला राना र उपप्रमुखमा पौडेलले उम्मेदवारी दर्ता गराएको… पुरा पढौ

बागलुङ नगरपालिकाको नगर प्रमुखमा ६ जनाको उम्मेदवारी

बागलुङ नगरपालिकाको नगर प्रमुखमा ६ जनाको उम्मेदवारी परेको छ । नगरप्रमुखमा दुई महिला र ४ जना पुरुषको उम्मेदवारी परेको हो । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि सत्तारुढ गठबन्धनबाट बसन्तकुमार श्रेष्ठ ,एमाले राप्रपा गठबन्धनबाट निर्वतमान नगर प्रमुख जनकराज पौडेल ,नेपाली काँग्रेस विपिबाट धना आचार्य,विवेकशिल साझा पार्टीको तर्फबाट सुरज खड्का नेपाल दलित पार्टीका भक्त बहादुर बिक र नेकपा मालेको तर्फबाट मञ्जु क्षेत्रीले नगर प्रमुखमा उम्मेदवारी दिएका छन् । ६ जनाले उम्मेदवारी दिए पनि मुख्यत सत्ता गठबन्धन भर्सेस एमाले राप्रपा… पुरा पढौ

बागलुङमा सत्ता गठबन्धन भर्सेस एमाले राप्रपा गठवन्धनको मनोनयन दर्ता

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि बागलुङ जिल्लाको १० वटा स्थानीय तहमा राजनीति दलले प्रमुख ,उप प्रमुख ,अध्यक्ष, उपाध्यक्ष ,वडा अध्यक्ष तथा सदस्यहरूले मनोनयन पत्र दर्ता गरेका छन् । सत्ता गठबन्धनको र एमाले राप्रपाले गठवन्धन गरि मनोनयन दर्ता गरेका छन् । बागलुङ नगरपालिकाको नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका बसन्त कुमार श्रेष्ठ, उप प्रमुखमा माओवादी केन्द्रका राजु खड्काले मनोनयन दर्ता गराएका छन् । यस्तै एमाले राप्रपा गठबन्धन बाट नगर प्रमुखमा एमालेबाट जनकराज पौडेल ,उप प्रमुखमा राप्रपाका संजय खड्काले उमेदवारी… पुरा पढौ