समाचार

आज शहिदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिन : प्रधानमन्त्री

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहिदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताउनुभएको छ । शहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले उच्च बलिदान गर्नुभएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र… पुरा पढौ

एनसेलको शेयर खरिदबिक्री अध्ययन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौँ, १५ माघ : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले उक्त प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गर्नुभयो । सरकारले गत मङ्सिर २१ गते एनसेलको शेयर खरिद बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायतका विषयमा छानबिन… पुरा पढौ

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ : प्रधानमन्त्री

सिमरा/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगर पालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन प्रभणपश्चात स्थानीय व्यवसायीसँग आज अन्तक्र्रिया गर्दै उहाँले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउने स्पष्ट पार्नुभयो । “निजी क्षेत्रलाई संलग्न नगराई सेज परियोजना सफल हुँदैन, सरकार निजी क्षेत्रको साथमा छ,” प्रधानमन्त्रीले भन्नुभयो, “रुग्ण उद्योग सञ्चालन हुन्छन्, विशेष आर्थिक क्षेत्रलाई महत्त्व दिएर निजी–सरकारी साझेदारीमा उद्योग सञ्चालन गर्नुपर्छ ।” ‘सेज’ले उत्पादन र निर्यात प्रवद्र्धनमा सहयोग पुर्‍याइ देशलाई समृद्ध… पुरा पढौ

बागलुङ समाज कल्याण केन्द्र काठमाडौकाे दशाैं भेला सम्पन्न

काठमाडौ /सामाजिक रूपमा समाजमा सेवा गर्ने उदेश्यका साथ राजधानीलाइ आफ्नो कर्म क्षेत्र बनाउदै आएका महिला दिदीबहिनीहरूले गठन गरेको बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समुहको दशाैं भेला इलिभेट लाउन्ज एण्ड क्लव काठमाडौमा एक कार्यक्रम बिच नयाँ नेतृत्व चयन गरेर सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि चमेलि शाक्य बागलुङ समाजका अध्यक्ष रसुमिला श्रेष्ठ ,धवलागिरि बचत तथा ऋण सहकारीका अध्यक्ष युक्त प्रसाद शाक्य लगायतका बक्ताहरूले बागलुङ समाज कल्याण केन्द्र महिला समूहले छाेटाे समयमा धेरै सकारात्मक काम गरेको हुदा आगामी दिनमा अझै… पुरा पढौ

बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहमा नयाँ नेतृत्व चयन

काठमाडौ /सामाजिक रूपमा समाजमा सेवा गर्ने उदेश्यका साथ राजधानीलाइ आफ्नो कर्म क्षेत्र बनाउदै आएका महिला दिदीबहिनीहरूले गठन गरेको बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समुहको दशाैं भेला इलिभेट लाउन्ज एण्ड क्लव काठमाडौमा एक कार्यक्रम बिच नयाँ नेतृत्व चयन गरेर सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि चमेलि शाक्य बागलुङ समाजका अध्यक्ष रसुमिला श्रेष्ठ ,धवलागिरि बचत तथा ऋण सहकारीका अध्यक्ष युक्त प्रसाद शाक्य लगायतका बक्ताहरूले बागलुङ समाज कल्याण केन्द्र महिला समूहले छाेटाे समयमा धेरै सकारात्मक काम गरेको हुदा आगामी दिनमा अझै… पुरा पढौ

अबको बजेट सामाजिक न्याय र समाजवादको पक्षमा : प्रधानमन्त्री प्रचण्ड

वीरगञ्ज, १५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताउनुभएको छ । वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालकोे २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ । यसमा क्रान्ति नै गर्न खोजिएको छ । यसको पक्षमा जनमत… पुरा पढौ

चैत मसान्तसम्म बचत फिर्ता नहुने भएपछि सहकारी बचतकर्ता पीडितहरू आन्दोलनको तयारीमा

काठमाडौं /सहकारी संचालकहरू हजारौं बतच कर्ताकाे अरवाै रूपैयाँ अवचलन गरि फरार भएको भन्दै २ महिना भन्दा बढी राजधानी केन्द्रीत आन्दोलन गरेपछि सरकार र सहकारी पीडित संघर्ष समिति बिच बचत कर्ताकाे रकम चैत मसान्तसम्म फिर्ता गर्ने सहमति अगाडि बढ्ने छाँटकाँट नदेखेपछि देश भरिका १५० वटा सहकारी पिडित बचत कर्ताका संयोजक सहितको बृहत अन्तरक्रिया कार्यक्रम गरि बचतकर्ताको सामुहिक भेलाले बृहत् आन्दोलन गर्ने निष्कर्षमा पुगेको छ ।       सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघकोआयोजनामा कान्ति भैरव पीडित बचतकर्ता संघर्ष समितिकाे ब्यवस्थापनमा राजधानीमा देशभरका १५०… पुरा पढौ

वडिगाड गाउँपालिका भवनको उद्घाटन

बागलुङ/ जिल्लाको बडिगाड गाउँपालिका भवनकाे औपचारिक उद्घाटन भएको छ । केही समयअघि निर्माण सम्पन्न भएपनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रशासकीय भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले संघियताले गाउँ गाउँमा करोडौंका भौतिक पूर्वाधार निर्माण मात्र नभई विकास निर्माणको बजेटसमेत गाउँमा आएको बताए । ‘हिजो जिल्लाबाट के योजना आउँछ भनेर कुर्ने अवस्था भएका गाउँमा आफ्नै नीति, कार्यक्रम र बजेटले विकास गर्न पाइएको छ’ उनले भने, ‘विकासले निरन्तर गति लिएको छ, अझै व्यवस्थित विकास गर्न आवस्यक छ ।’ बडिगाड गाउँपालिकाले… पुरा पढौ

न्युरोडमा पार्किङ हटाएपछि सर्वसाधारण खुशी

काठमाडौँ - न्युुरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएपनि सर्वसाधारण भने खुशी देखिएका छन् । काठमाडौ महानगरपालिकाले एकदमै राम्रो काम गरेकोहिजोको दिनमा वरिपरि पार्किङ हुदा सर्वसाधारण लाइ हिडदुल गर्न निकै सकस मात्रै हैन ठूलो काेलाहत थियो अहिले राम्राे भएको सर्वसाधारणको भनाइ छ । महानगरले मंगलबारदेखि न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेपछि त्यहाँका व्यवसायीले विरोध जनाएका थिए । पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले सटर बन्द गरेर विरोध जनाएका थिए । महानगरले न्युरोडको पार्किङको… पुरा पढौ

मेरो दोस्रो कार्यकालपछि सङ्घीयता कार्यान्वयन प्राथमिकतामा रहेको छ, अब तीव्रताका साथ अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौँ, १४ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आधारभूत संरचना तयार भए पनि अझै केही कानुनहरू परिमार्जन र निर्माण गर्न बाँकी रहेको बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदा प्रतिवेदन माथिको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ले जनप्रतिनिधिहरू निर्वाचित भएर पनि एक कार्यकाल सम्पन्न भइसकेको अवस्थामा भोगाइका क्रममा थुप्रै ठाउँमा अस्पष्टता देखिएको उल्लेख गर्नुभयो । अझै केही कानुनहरू संशोधन तथा निर्माण गर्न बाँकी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकार सञ्चालनको अभ्यासका क्रममा कार्यविस्तृतीकरण परिमार्जनको आवश्यकता महशुस भएको… पुरा पढौ