समाचार

अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

अरिङ्गालको टोकाइबाट बागलुङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–७ जैदिका ४३ वर्षिय ज्ञानबहादुर रानाको अरिङ्गालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गंगा बहादुर थापाले बताउनुभयो । रातको समयमा घर नजिकैको जंगलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भिर घाइते भएका उनको स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको र आज बिहान घरमै मृत्यु भएको प्रहरीको भनाइ छ । पुरा पढौ

बसले माइक्रोलाई ठक्कर दिँदा ९ जना घाईते

काठमाडौंबाट बागलुङ बजार आइरहेको बा ४ ख ७९४ नम्बरको माइक्रो बसलाई बागलुङबाट पोखरा जाँदै गरेको ग १ च ९२७३ नम्बरको बसले बागलुङ नगरपालिका–१ मालढुंगामा ठक्कर दिँदा ९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा थापाले बताउनुभयो । दुर्घटनामा परी काठेखोला गाउँपालिका–८ लेखानीका ३९ बर्षिय गंगा बहादुर कामी, काठेखोला गाउँपालिका वडा नम्बर २ का १९ बर्षिय सागर बोहोरा, बागलुङ नगरपालिका–८ सिगानाका राजेन्द्र खड्का, २० बर्षिया गौरी खड्का, काठेखोला गाउँपालिका–२ की २४ बर्षिया तारा पौडेल, काठेखोला गाउँपालिका–२… पुरा पढौ

बडिगाड गाउँपालिकाद्वारा सार्वजनिक सुनुवाई सम्पन्न

बडिगाड गाउँपालिकाको आयोजना तथा सर्वसिद्धि मिडिया प्रालिको संयोजनमा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । आर्थिक वर्ष २०७८/७९ को वार्षिक समीक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीको तर्फबाट गत आर्थिक वर्ष २०७८/७९ गाउँपालिकाबाट सम्पन्न गरेका कार्यक्रम र खर्च विवरणको प्रगति प्रतिबेदन सार्वजनिक गरिएको थियो । गत आर्थिक वर्षको प्रगति समीक्षा गर्न, चालू आर्थिक वर्षको योजनाको कार्यनयनमा मार्गनिर्देशन गर्न, नागरिकका गुनासा सुन्न, योजना सम्झौताबारे जानकारी गराउन र सुशासन पारदर्शिताको कायमका लागि… पुरा पढौ

बिद्यामन्दिर पुस्तकालयकाे ३६ आ‌‌ै अधिवेशनबाट अध्यक्षमा राम थापा निर्वाचित दुई जना समाजसेवी सम्मानित

नेपाल कै पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ७४ आ‌ै साधारणसभा र ३६ आ‌ै अधिवेशन शनिबार बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । अधिवेशनले राम थापा अविरललाई पुस्तकालयकाे अध्यक्षमा चयन गरेको छ । सामुदायिक पुस्तकालय बिधुतिय पुस्तकालय र बालबिकास केन्द्र समेत संचालन गर्दै अाएकाे बिद्यामन्दिर पुस्तकालय लाई गण्डकी प्रदेश कै नमुना पुस्तकालय बनाउने योजना साथ अगाडि बढ्दै जाने अधिवेशनमा बक्ताहरूले धारणा राखेका थिए । कार्यक्रममा नेपाल सामुदायिक पुस्तकालय संघका केन्द्रीय अध्यक्ष सन्तोष रावल ,बिद्यामन्दिर पुस्तकालयका पुर्व अध्यक्षएंवम कार्यवाहक प्रधान संरक्षक परशुराम… पुरा पढौ

बागलुङमा यात्रु सहायता कक्ष

सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरु भएको छ । बागलुङ जिल्लाका विभिन्न क्षेत्रमा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ। नेपालीहरूकाे महान चाड बिजया दशमी दिपावली र छट पर्व लाई लक्षित गरि अग्रिम टिकट शुरु भएपछि बागलुङ बाहिर जाने यात्रुहरूकाे सहायताकाे लागि बागलुङ ट्राफिक चाेक नजिकै सहायता कक्ष शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार केसीले बताए । बागलुङ जिल्लाकाे ६ स्थानमा समिट… पुरा पढौ

चाडपर्व नजिकिएसँगै बागलुङ बजार अनुगमन

चाडवाडमा हुने भिडमाडमा कालो बजारी हुनसक्ने भन्दै बागलुङमा बजार अनुगमनलाई तीव्र पारिएको छ । चाडपर्व नजिकिएसँगै बजारमा अखाद्य वस्तुको बिक्री वितरण तथा कालो बजारी हुन सक्ने भन्दै अनुगमनलाई तीव्र पारिएको हो ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, बागलुङ नगरपालिका घरेलु तथा साना उद्योग विकास कार्यालयको टोलीले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा बागलुङ बजार क्षेत्रभित्र म्याद नाघेका खाद्य पदार्थहरुका बिक्री वितरण हुने गरेको भेटिएको छ । अनुगमनका क्रममा एक दर्जन किराना पसलमा… पुरा पढौ

पर्यटन अभियन्ता कृष्ण केसीले सुरु गरे ‘धौनिढोका’ अभियान

पर्यटन अभियन्ता कृष्ण केसीले बिहीबारबाट धौनिकढोका अभियान सुरु गरेका छन् । ११ असोजमा पर्ने ४२ औं विश्व पर्यटन विषयको सन्दर्भ पारेर धौलागिरी क्षेत्रलाई प्रवद्र्धन गर्न योजना थालिएको हो । धौलागिरी, नीलगिरी, ढोरपाटन र कालीगण्डकी अर्थात् धौनिढोकालाई जोड्ने गरी धौलागिरी वातावरणमैत्री पर्यटकीय चक्रपथ बनाउने उद्देश्यले अभियान थालिएको हो । केसीले बिहीबार पोखरा ३१ बेगनास तालदेखि ढोरपाटनसम्म साइकल यात्रा सुरुआत गरे । केसीलाई बागलुङ समाज पोखराले एक कार्यक्रम गरी शुभकामनासहित बेगनासतालबाट बिदाइ गरेको छ । पर्यटन प्रवर्तनका लागि सगरमाथा आरोहण गरिसकेका केसी… पुरा पढौ

शिक्षकको क्षमता अभिवृद्धिका लागि ७ दिने तालिम शुरू

बागलुङको वडिगाड गाउँपालिका वडा नम्बर-५ को आयोजनामा शिक्षकहरुको क्षमता विकासकालागि ७ दिने तालिम सुरु भएछ । शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक पेशागत क्षमता अब्बल हुनुपर्ने जरुरी हुन्छ यसतर्फ धेरैले खासै ध्यान दिइएको पाइदैन । तर बागलुङको वडिगाड गाउँपालिका वडा नम्बर-५ ग्वालीचौरले शिक्षकको क्षमता अभिवृद्धिका लागि एकहप्ते तालिम सुरु गरेको हो । समय समयमा शिक्षक तालिम आवश्यक हुनुपर्ने भन्दै आफ्नो वडा भित्रका विद्यालयमा अध्यापनरत शिक्षकहरुकालागी १ हप्ते क्षमता विकास तालिम सुरु गरिएको वडा अध्यक्ष विष्णुप्रसाद आचार्यले बताउनुभयो । तालिम उद्घाटनमा बोल्दै… पुरा पढौ

नेपालको संविधान ८ वर्षमा प्रवेश: वडिगाड गाउँपालिका द्वारा दिप प्रज्वलन

आज असोज ३ गते: नेपालको लागि ऐतिहासिक दिन अर्थात संघीय गणतन्त्र नेपालको संविधान जारी भएको आठ बर्षमा प्रवेश गरेको छ । २०७२ साल असोज ३ गते जारी भएको संविधानले ७ वर्ष पूरा गरेर ८ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बागलुङ जिल्लाको वडिगाड गाउँपालिकाले कार्यालय परिसरमा दिप प्रज्वलन गरिएको छ । जनताबाट निर्वाचित संविधान सभा सदस्यबाट निर्माण भएको संविधानको ८ औं वर्ष प्रवेश गरेको खुसियालीमा दिप प्रज्वलन गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । कार्यालय परिसरमा गाउँपालिका… पुरा पढौ

बिश्व आत्महत्या राेकथाम दिवस बागलुङमा

राजेशचन्द्र राजभण्डारीबागलुङ ,असाेज २ बेलायती महारानीकाे मृत्युकाे कारण राेकिएकाे बिश्व आत्महत्या राेकथाम दिवस बागलुङ सदरमुकाममा आइतबारमनाइयो ।सन् २००३ सेप्टेम्बर १० मा भियनाबाट दिवस मनाउन सुरु गरिएको यो दिवस जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजना सामुदायिक प्रहरी सेवा केन्द्रकाे सहकार्यमा गरिएको थियो । आज बिश्व आत्महत्या राेकथाम दिवस मनाउँदै गर्दा बिश्वमा आत्महत्या गर्ने दर घट्नुकाे साटो झण बढेर गइरहेको देखिन्छ ।बढ्दै गइरहेको आत्महत्या न्युनिकरण गर्ने उदेश्यले जिल्लामा विभिन्न जनचेतनामूलक कार्यक्रम हुदै आएपनि आत्महत्या गर्ने क्रममा भने कमि आउन नसकेको जिल्ला प्रहरी कार्यालय… पुरा पढौ