समाचार

ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु

बागलुङको ढोरपाटन नगरपालिकामा ट्याक्टरको ठक्करबाट १ बालकको मृत्यु भएको छ । शनिबार दिउँसो २ बजे ढोरपाटन नगरपालिका-६ चामेद्वारमा ध १ त ५११ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थानमा बस्ने वर्ष १३ का लक्ष्मण विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले बताउनुभयो । घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको खड्काले बताउनुभयो । पुरा पढौ

राष्ट्रपति भण्डारीद्वारा बागलुङ कालिका भगवती मन्दिरमा दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ कालिका भगवती मन्दिर दर्शन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आफ्नो दोश्रो कार्यकाल सकिनै लाग्दा पहिलो पटक बागलुङ कालिका भगवती मन्दिरको दर्शन गर्नुभएको हो | राष्ट्रपति भण्डारीले मन्दिरमा पूजा आराधना गर्नुभएको हो | राष्ट्रपति भण्डारीको दर्शनले मन्दिरको महत्व र महिमालाई थप उचाईमा पुर्याएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो | राष्ट्रपति भण्डारी बुधबार विहान १०:३० मा मन्दिर प्रवेश गरि करिव ३० मिनेट दर्शन गरि पर्वत तर्फ प्रस्थान गरिएको राष्टपतिको सचिवालयले जनाएको छ… पुरा पढौ

युवा विद्यार्थी नेता कुँवर अनेरास्ववियुको केन्द्रीय सदस्यमा निर्वाचित

बागलुङको बिद्यार्थी राजनीतिमा निकै लोकप्रिय युवा बिद्यार्थी रोशन कुँवर नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । फागुन २ देखि ४ मा काठमाडौंमा समपन्न २३ औं राष्ट्रिय महाधिवेशनबाट लोकप्रिय मतका साथ केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन । अनेरास्ववियुको बागलुङको निवर्तमान संयोजक समेत रहेका कुँवरले जिल्लामा दुर्घटनामा परेका मनिस कंडेललाई बचाउ अभियान, 'चिया पिउँदै सेवा'अभियान जस्ता लोकप्रिय सामाजिक कार्यहरु सञ्चालन गरि चर्चा कमाएका थिय । कुँवरले गण्डकीको कुल मत १ सय ७२ मतमा… पुरा पढौ

बुधबार राष्ट्रपति भण्डारी बागलुङ आउने

राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङ कालिका भगवती मन्दिर दर्शनका आउनु हुने भएको छ । भण्डारी राष्ट्रपतिको दोश्रो कार्यकाल सकिनै लाग्दा पहिलो पटक बागलुङ कालिका भगवती मन्दिरको दर्शन गर्न आउन लाग्नु भएको हो । राष्ट्रपति भण्डारी कालिका भगवती मन्दिर दर्शनका लागि आउने कार्यक्रम तय भएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले मंगलबार पत्रकार भेटघाटको आयोजना गरि जानकारी गराएको हो । राष्ट्रपति भण्डारी बुधबार विहान १० बजे मन्दिर दर्शनका लागि आउने कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । गुठी व्यवस्थापन… पुरा पढौ

बागलुङ नगरपालिकाको आयोजनामा ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

बागलुङ नगरपालिकाको आयोजनामा ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठले आजका युवा विदेश पलायन हुनुपर्ने अवस्था अन्त्यका लागि खेलको विकास महत्वपूर्ण आधार भएको बताउनु भयो । बागलुङ नगरलाइ खेलको आर्कषक गन्तव्य बनाउने र खेलबाटै युवाहरुले भविष्य देख्ने अवस्था सिर्जना गर्न प्रतियोगिताहरु आवश्यक भएको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले विद्यार्थी जिवनमा अनुशासनको महत्व बढाउन खेल क्षेत्र आवश्यक भएको बताउनु भयो । उहाँले खेलकुदलाई मानव… पुरा पढौ

बागलुङको गौरीधाम शिव मन्दिरमा भक्तजनको भीड

हिन्दूहरुको महान् पर्व शिवरात्रिका अवसरमा बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधाम शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । दशनार्थीलाई व्यवस्थित दर्शन गराउन सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जिसीले बताउनु भयो ।शिवजीको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक… पुरा पढौ

बागलुङमा फाल्गुन ११ देखि १४ औं पटक हात्तीपाइले विरुद्धको औषधि खुवाउने

बागलुङ जिल्ला फाल्गुन ११ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि सेवनको अभियान संचालन गरिने भएको छ। १३ औं पटकसम्मको अभियानले रोग निवारण नभएको ठहर गर्दै 'यसै पटक अन्तिम पटक' भन्ने नाराका साथ १४ औं पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताउनुभयो । । दुई वर्षमाथिका सबैलाई लक्षित गरी अभियान संचालन गरिने प्रमुख शर्माले बताउनुभयो । २ वर्षमुनिका बालवालिका, गर्भवती र ७ दिन सम्मका सुत्केरी, सिकिस्त बिरामीले औषधि सेवन गर्न हुँदैन । बागलुङमा हात्तीपाइले… पुरा पढौ

नेपाली सहयोग दाताको भरमा चलिरहेको छ मानव सेवा आश्रम

बिदेशी अनुदान लाई निस्तेज गर्दै बिशुद्व रूपमा नेपाली सहयोगदाताकाे सहयोग ७ बर्ष देखि संचालन हुदै आएको बागलुङको मानव सेवा आश्रम यतिबेला सबैको राेजाइमा परेको छ ।जन्मदिन ,पुन्य तिथिमा हुने खर्च मानव सेवा आश्रममा गएर सहयोग गर्न थालेपछि आश्रम यतिबेला सहयोगी मनका धनी कै कारणले सहजरूपमा संचालन भइरहेको छ । बागलुङ नगरपालिका–३ किनारा टाेलमा सञ्चालित मानव सेवा आश्रममा ५३ जना वृद्धवृद्धा बालबालिका ,अपांग मानसिक समस्या भएका ब्यक्तिहरूले सहारा पाएका छन्। विसं २०७३ मा स्थापित सो सहयोगी मनका धनी ब्यक्तिहरूकाे सहयोगमा सञ्चान… पुरा पढौ

१० देशका कलाकारकाे बागलुङमा कला प्रस्तुत

एक बर्ष देखि रसिया र युक्रेन बिच घमासान रूपमा युद्व चलिरहेको छ युद्धको कारण त्यस देशका लाखौं नागरिक विस्थापित भइरहेको बेला रसिया ,युक्रेन लगायत १० देशका अन्तर्राष्ट्रिय कलाकार महाशिवरात्री पर्वको संन्ध्यामा नेपालकाे पुरानो धार्मिक संस्कृति लाई आफ्नो कला मार्फत प्रस्तुत गरेका छन् । गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) बागलुङको आयोजनामा एकैसाथ १० देशका ३० जना अन्तर्राष्ट्रिय कलाकारहरुले अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक प्रस्तुती दिएका छन् । महाशिवरात्रीको अवसरमा फागुन २ गते आयोजना गरिएको महारात्री कार्यक्रममा विदेशी… पुरा पढौ

धौलागिरि चक्रीय पदमार्गको विकासमा चासो

संसारको सातौ (८१६७) मिटर अग्लो धौलागिरि हिमाललाई फेरो लगाउने चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा गाउँपालिका, प्रदेश सरकार र पर्यटन व्यवसायीले चासो देखाएका छन् ।ओझेलमा परेको म्याग्दी स्थित धौलागिरि चक्रीय पदमार्गमा पूर्वाधार विकास र प्रर्वद्धनका लागि सरकार र निजी क्षेत्रले साझेदारी गर्ने विषयमा पोखरामा छलफल भएको हो । धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा अवस्थित छ ।गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर र ट्रेकीङ व्यवसायी एजेन्सीज एसोशियसन (टान)का… पुरा पढौ