स्वास्थ्य क्षेत्रमा जनताको जीवन माथि खेलवाड गर्दै चिकित्सा शिक्षा आयोग ?

-


     हिडन स्वास्थ्य खबरदाता     
     माघ २० गते २०८० मा प्रकाशित


काठमाडौं / कहि नभएको जात्रा हाडी गाउँमा भने झै भइरहेको छ यतिबेला चिकित्स शिक्षा आयोगमा लामो समय सम्म रजाइँ गरेर श्रीकृष्ण गिरि आन्दोलनको बलमा बिस्तापित भइ नयाँ उपाध्यक्ष बनेर चिकित्सा शिक्षा आयोगमा डाक्टर अन्जनी कुमार झा प्रवेश भएपछि झन बेथिति ह्वात्तै बढेर गएको छ ।

नेपाल मेडिकल शिक्षामा भएको बेथितिका कारण नेपाली जनताका छाेराछाेरीले नेपालमा स्वास्थ शिक्षा पढ्ने वातावरण नभएको भन्दै चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले राजधानीकाे मुटु माइतीघर मण्डलामा बसेर ३८ दिनसम्म आन्दोलन गरे संगै सरकारले श्रीकृष्ण गिरिलाइ पुन उपाध्यक्षमा नियुक्त गर्न नसकेपछि आन्दोलनमा बलमा
नियुक्ति पाउन सफल झा प्रवेश संगै झन बेथिति माैलाएकाे कुरा क्रमिक रूपमा बाहिर आउन थालेको छ ।

केही विद्यार्थीलाई पास गर्नलाई नेगेटिभ मार्किङ बहानामा दलाल मार्फत सबै उत्तर पुस्तिका खाली नै छोडन निर्देशन दिएको छन् र आफ्नो गार्ड राखेर भित्र नै उत्तर पुस्तिका भर्न लगाएको छन्। ५०/५५ जाना परीक्षार्थीको २/२ वटा प्रवेश पत्र निकालेका छन्।

त्यसमा एउटा प्रवेश पत्रमा विद्यार्थी फेल भएता पनि अर्को प्रवेशपत्रको रोल नम्बरमा पास गर्दिने भनी निकालेको र त्यो बापत लाखौं असुलेको छन्।

केही विद्यार्थीलाई परीक्षा भन्दा अगाडि नै १२० वटा उत्तर हातमा लेखी दिएको केही विद्यार्थीले देखे पछि विरोध गरेको बताउँछन्।

चिकित्सा शिक्षा आयोगमा डाक्टर अन्जनी कुमार झा आएपछि पहिला भएको बेथिति हट्ने नयाँ ढंगले अगाडि बढ्ने विश्वास गरिएको थियो अहिले भइरहेको काम गतिविधि हेर्दा झन नाजुक बनेकाे देख्दा यतिबेला सबै अचम्मित बनेका छन् ।

चिकित्सा शिक्षा आयोग भित्र भएको बेथिति लाइ क्रमश सार्वजनिक गर्दै जाने जानकारी गराउन चाहन्छौं ।