समाचार

कुडुँलेमा जारी शालग्राम महोत्सवमा लोक भजन र दाह्रीबाको प्रस्तुती

बागलुङ नगरपालिका ४ कुडुँले फेदीमा आयोजित शालग्राम महोत्सवको तेश्रो दिन लोक भजन सहितका सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् । शालिग्राम र कालीगण्डकी बचाउन बागलुङ नगरपालिका वडा नं। ४ मा रहेको शालिग्राम संग्राहलय र रंगबेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा संचालन भैरहेको शालग्राम महोत्सवको अवसरमा तेश्रो दिन बागलुङ र पर्वतका १५ समूहले भजन प्रस्तुत गरेका थिए । कालीगण्डकी र शालग्राम कथाव्यथा तथा कालीगण्डकीको महत्व दर्शाउने, शालिग्राम संरक्षणमा आम नागरिकलाई प्रेरित गर्ने, शालिग्रामको महिमा बारे प्रचार प्रसार गर्ने र वातावरण संरक्षणमा चासो… पुरा पढौ

बागलुङको पालामा जीप दुर्घटना, चार जना घाईते

बागलुङको काठेखोला गाउँपालिका–१ एकपाटामा जीप दुर्घटना हुँदा चार जना घाईते भएका छन् । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा चालकसहित चार जना घाईते भएका हुन। ३–०१–००३ च ८६२५ नम्बरको जीप काठेखोला गाउँपालिका–१ एकपाटामा आईतबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परी जीपमा सवार गलकोट नगरपालिका–३ हटियाकी नितु श्रेष्ठ, बिरबल श्रेष्ठ, कृष्ण श्रेष्ठ र चालक अविशेक श्रेष्ठ घाइते भएका छन् । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । केसीका अनुसार घाईते… पुरा पढौ

आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन

बागलुङ संस्थागत विद्यालयहरू माथिको विश्वास र आशालाई थप भरपर्दो बनाउन बागलुङ बजरमा रहेको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन गरिएको छ । आज विद्यालयमा भएको अभिभावहरुको भेलाले एक बहादुर केसी संगमको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्य सचिवमा विद्यालयका पिन्सिपल भुपेन्द्र केसी र सदस्यहरुमा धना पुन, पवित्रा बस्नेत कार्की, लक्ष्मी खड्का केसी, लक्ष्मी सुवेदी, र वार्ड प्रतिनिधिमा नगेन्द्र बहादुर केसी चयन भएका छन् ।२ जना शिक्षक प्रतिनिधि र बाँकी २ जना अभिभावक गरि ४… पुरा पढौ

व्यक्तिगत सम्पत्ती बेचेर भएपनि बचतकर्ताको पैसा फिर्ता गर्छु : देव कुमार नेपाली

इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष देवकुमार नेपालीलले आफ्नो सम्पत्ति बेचेर भएपनि बचत कर्ताको पैसा फिर्ता गर्ने बताएका छन् । सहकारीमा तरलता अभावको कारण देखाउँदै कारोवार रोक्का गरेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बागलुङ स्थित कार्यालय बचतकर्ताले घेराउ गरेपछि संस्थापक अध्यक्ष नेपालीले एक प्रतिवद्धता पत्र प्रकाशित गर्दै बचतकर्ताहरुलाई ढुक्क रहन आग्रह गरेका हुन् । सहकारीका कार्यबहाक अध्यक्षको नाममा हस्ताक्षरित सूचनामा बैसाख ६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार देशमा विधमान आर्थिक अवस्थाको कारण तरलता… पुरा पढौ

इमेज सहकारी अनिश्चितकालका लागि बन्द

बागलुङ बागलुङ बजारमा संचालित इमेज बचत तथा ऋण सहकारीले तरलता अभाव भएको भन्दै कारोबार बन्द गरेपछि बचतकर्ताको भिड लागेको छ । बागलुङ नगरपालिका वडा नं २ हल्लन चोकमा रहेको सहकारीले एकाएक कारोबार बन्द गरेको सूचना निकालेपछि बचत डुब्ने डरले बिहिबार बचतकर्ताहरूको सहकारीको कार्यालयमा भिड लागेको हो । सहकारीका कार्यबहाक अध्यक्षको नाममा हस्ताक्षरित सूचनामा बैसाख ६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार देशमा विधमान आर्थिक अवस्थाको कारण तरलता अभाव भएको भन्दै अर्को सूचना नआएसम्मको लागि कारोवार बन्द गरिएको सहकारीले सूचना… पुरा पढौ

कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका शर्मा तारेखमा रिहा

कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका बागलुङ नगर खानेपानि तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्मा रिहा भएका छन् । मदिरा सेवन गरि कर्मचारी दुव्र्यवहार गरेका शर्मालाई जिल्ला प्रहरी कार्यलयको टोलीले आईतबार साँझ पक्राउ गरेको थियो ।अबका दिनमा गल्ती नदोहोर्याउने कागज गराई तारेखमा सोमबार साँझ रिहा गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मदिरा सेवन गरि बागलुङ नगरपालिका ३ सुल्डाँडा स्थित पानी प्रसोधन केन्द्रका चौकिदार र उनको परिवारका साथै अन्य कर्मचारि माथि गालिगलौज तथा अभद्र व्यावहार गरेको भन्दै कर्मचारीले… पुरा पढौ

बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका प्रवन्धक पक्राउ

बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका प्रवन्धक पक्राउ परेका छन् । आईतबार साँझ मदिरा सेवन गरि बागलुङ नगरपालिका ३ सुल्डाँडा स्थित पानी प्रसोधन केन्द्रमा ट्याङकीका चौकिदार र उनको परिवारका साथै अन्य कर्मचारि माथि गालिगलौज तथा अभद्र व्यावहार गरेको भन्दै बागलुङ नगर खानेपानी उपभोक्ता सस्थाका प्रवन्धक हिमाल शर्मालाई जिल्ला प्रहरी कार्यलय बागलुङले पक्राउ गरेको हो । मदिरा सेवन गरि नगरखानेपानिको गाडीमा आई आफुहरुलाई तथानाम गाली गर्नुका साथै किचनमा खाना पकाउदै गरेकी आफ्नी छोरीलाई हातपात गरेको नगरखानेपानीका एक कर्मचारीले बताए । मदिरा सेवन… पुरा पढौ

बागलुङमा स्कुल बस दुर्घटना

बागलुङमा स्कुल बस दुर्घटना भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेमा शनिबार राति लहरेपिपल माध्यमिक विद्यालयको स्कुल बस दुर्घटनामा परेको हो ।शनिबार राति बागलुङ बजारबाट लहरेपिपल जाँदै गरेको बस चालकले मदिरा सेवन गरि चलाएको कारण लहरेपिपल माविको ग १ झ १८७ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले बताउनुभयो । दुर्घटनामा मानवीय क्षति भने नभएको र चालक गलकोट नगरपालिका–२ नरेठाटीका ३१ वर्षीय अर्जुन खत्रीलाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको खड्काले बताउनुभयो । पुरा पढौ

नयाँ बर्षका दिन कालिका भगवती मन्दिरमा हजारौं भक्तजनकाे घुइँचो

नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिर बागलुङमा नयाँ बर्ष २०८० बैशाख १ गतेका दिन हजारौं श्रद्वालु भक्तजनकाे घुइँचो लागेको छ ।रमणीय मनमाेहक जंगलको बिचमा अवस्थित मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरिपरि चहलपहल बढेकाे छ । नेपाली हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाका केन्द्र नेपाल कै प्रमुख शक्तिपिठ कालीका भगवती मन्दिरमा नयाँ बर्षकाे दिन बिहानैदेखि श्रद्धालु भक्तजनहरूकाे बिहानदेखि न‌ै मन्दिर पुजा अर्चना गर्नेहरूकाे भिड लागेको छ । बागलुङ नगरपालिका वडा नम्बर १ मा अवस्थित कालीका मन्दिरमा नयाँ बर्ष प्रारम्भ भएको… पुरा पढौ

लाेकतन्त्रकाे १७ बर्ष संक्रमणकालीन न्याय अलपत्र

देशमा लाेकतन्त्र आएको १७ बर्ष बितिसक्दा समेत द्वन्द्व पिडीतकाे समस्या जस्ताकाे तस्तै भएको भनेर गुनासो गरेपनि समस्या २० बाट १९ हुन नसकेको बागलुङमा आयोजीत कार्यक्रममा आक्राेश पाेखेका छन् । द्वन्द्वकाे समयमा भएको मानवअधिकार उलंघनका दाेषी उपर छानबिन गरि कार्वाही गरि पिडीत पक्षलाई न्यायको माग गरेको १७ बर्ष बितिसक्दा समेत अहिलेसम्म कुनै सुनुवाइ नभएको एक कार्यक्रममा सराेकारवाले धारणा ब्यक्त गरे । मानव अधिकार ,शान्ति ,लाेकतन्त्र ,अहिंसा भन्ने नारा साथ मानवअधिकार तथा शान्ति समाज बागलुङ शाखाले लाेकतन्त्रकाे १७ बर्ष ; संक्रमणकालीन न्याय… पुरा पढौ