समाचार

मण्डलामा माण्डवी मञ्चन हुँदै

काठमाडौँ। राम के.ए.सी. को लेखन तथा निर्देशनमा तयार भएको नाटक ‘माण्डवी’ थापागाउँ स्थित मण्डला थिएटरमा मञ्चन हुने भएको छ। एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट र त्यही मातहतका विद्यार्थीहरूको थिएटर क्लबको नाटक प्रस्तुतिमा मञ्चन हुन लागेको हो। निर्देशक के.ए.सी  का अनुसार ‘माण्डवी’ ले पढाइ, करियर, जागिर, पैसा, सम्पत्ति, आफ्नो बिरानोको चक्रव्यूहमा मानिसहरूले स्वयंलाई बिर्सिएपछि सुरु हुने खोज र आधुनिक समयले व्यस्तताको भ्रूणबाट जन्माएको सम्बन्धहरूको अदृश्य ऐँठनको विषयवस्तु उठान गरेको छ। काठमाडौँ। राम के.ए.सी. को लेखन तथा निर्देशनमा तयार भएको नाटक ‘माण्डवी’ थापागाउँ… पुरा पढौ

सीता दाहालको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम

काठमाडौँ, २७ असार : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी कमरेड सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानन्त्री प्रचण्डसहित उहाँका परिवारका सदस्यहरूले क.सीता दाहालको तस्बीरमा पुष्पगुच्छा एवं माल्यार्पण गर्नुभयो । श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नी सापकोटा, पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा… पुरा पढौ

नाजिर हुसेनको बहुप्रतिक्षित चलचित्र ‘गुन्यो चोलो उर्फ गुलाबी’ कार्तिक ९ मा

'गुन्यो चोलो उर्फ गुलाबी' को प्रदर्शन मिति घोषणा, मितिसंगै सार्वजनिक भयो नाजिरको होसै उडाउने लुक्स समुन्द्र भट्ट निर्देशित चलचित्र 'गुन्यो चोलो उर्फ गुलाबी' मा नाजिरको फरक अवतार, चलचित्र कार्तिक ९ मा रिलिज काठमाडौं । भर्सटायल अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित चलचित्र 'गुन्यो चोलो- कमिङ अफ अ्याज अफ अ गर्ल' उर्फ 'गुलाबी' को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र यहीँ कार्तिक ९ अर्थात अक्टाेबर २५ बाट रिलिज हुने पक्का भएको छ। बिहीवार निर्माण टिमले नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति… पुरा पढौ

अविरल बर्षाकाे कारण बागलुङमा एक भत्कियाे

बागलुङ / अबिरल बर्षाकाे कारण बागलुङ नगरपालिका वडा नम्बर -३ तातोपानी भुनिया भन्ने स्थानमा बर्ष ४५ कि मनमती बोहोराको काठ र ढुङगामाटोले बनेको कच्चि घर भत्किएन पुगेको छ ।घटनाको जानकारी लगत्तै सशस्त्र प्रहरी गुल्मबाट सप्रनानि अनन्त प्रसाद पौडेलको कमाण्डमा १३ जनाको टोली खटि गई घर भित्र रहेका लत्तकपडा, सरसामानहरु बाहिर निकालेका छन् । घर भत्किएको भएपनि मानविय क्षेती केही पनि नभएकोप्रहरीले जनाएको छ । बुधबार रातिदेखि अविरल रूपमा परेको पानीको कारण घरमा क्षति हुन पुगेको हाे । पुरा पढौ

बागलुङमा घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ / बागलुङ नगरपालिका–वडा नम्बर ७ तितौरेमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ । विहीबार राती साढे १२ बजे घर माथिदेखि पहिरो खस्दा पुरिएर स्थानीय अन्दाजी ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो । घरमा एक्लै बस्दै आउनु भएकी शर्माको सुतेको बेला पहिरो खस्दा पुरिएर मृत्यु भएको बागलुङ नगरपालिका–वडा नम्बर ७ का वडा अध्यक्ष मेघनाथ गैरेले बताए । विहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेपछि अहिले घटनास्थल तर्फ जाँदै गरेको भनाइ छ । वर्षाका कारण बाटो… पुरा पढौ

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङ जिल्ला गल्कोट नगरपालिका ०१ झाक्रीस्थान स्थित मध्यपहाडी लोकमार्ग माथिबाट लेदो आई सडक अबरुद्ध भएको हाे । भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनले प्रहरी र स्थानीयले पहिरो पन्छाउने प्रयास गरिरहेका बताए । लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङ र छिमेकी जिल्ला रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका… पुरा पढौ

बागलुङ बजारका चोक चोकमा विक्रि हुने फलफूल तथा तराकारीको तौलमा कैफियत

बागलुङ / बागलुङ बजारका चोक चोकमा विक्रि हुने फलफूल तथा तराकारीबाट उपभोक्ता ठगिने गरेकोले नियमक निकाले यसको नियन्त्रण गर्नुपर्ने माग उठेको छ । बागलुङ उद्योग वाणिज्य संघले जिल्लाका कृषक तथा उत्पादक, खरिद विक्रिकर्ता एवं फलफूल तथा तरकारी व्यवसायी र जिल्लाका सरोकारवाला निकायसँग भएको बैठकमा उपस्थित यस्तो बताएका हुन् । रातारात बाहिरि जिल्लाबाट गाडिमा फलफूल तथा तरकारी आयात गर्ने र बजारका चोक चोकमा कृषको भेषमा बसेर डोकोमा बेच्ने गिरोह सक्रिय रहेको बताएका थिए । राज्यलाइ कर छलि गरेर लाखौ पैसा बाहिरिने… पुरा पढौ

रास्वपाका महामन्त्री मुकुल ढकाल पदमुक्त

काठमाडौ / राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका महामन्त्री मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरेको हो। ढकाल अब पार्टीमा साधारण सदस्य मात्र रहेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सहप्रवक्ता मनीष झाले जानकारी दिए। केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने सिफारिसलाई समेत ध्यानमा राखी निजलाई पार्टीको विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति… पुरा पढौ

नेपाल प्रज्ञा प्रतिष्ठानसहित विभिन्न संस्थाको सहयोगमा प्रथम पटक भव्य कविता महोत्सव एवं “खुल्ला कविता प्रतियोगिता २०८१”को आयोजना गरिने भएको छ ।

प्रथम नागरिक कुलपति कविवर स्व. केदार मान व्यथित, राजनीतिज्ञ एवं समाजसेवी स्व. पुष्पमान श्रेष्ठ र पुष्प–चन्द्र ट्रष्टका संस्थापक एवं समाजसेवी स्व. चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा पुष्प–चन्द्र ट्रष्ट स्याङ्जाले “भाषा, कला, संस्कृति साहित्यको उन्नयनमा हाम्रो अनुष्ठान” भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागेको ट्रष्टका अध्यक्ष महेन्द्र मान व्यथितले जानकारी दिए । कार्यक्रम साहित्यिक उन्नयन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको सहआयोजना पुतलीबजार प्रज्ञा प्रतिष्ठान रहेको उपकुलपति एवं साहित्यकार विश्वप्रेम अधिकारीले जानकारी दिए । पुतलीबजार प्रज्ञा प्रतिष्ठानको उपकुलपति अधिकारीसँग समन्वय गरी आयोजना गर्न… पुरा पढौ

स्वास्थ्य कार्यालय बागलुङको चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक र ७२ प्रतिशत आर्थिक प्रगति

बागलुङ । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा भौतिक प्रगति ९२ प्रतिशत र आर्थिक रुपमा ७२ प्रतिशत प्रगति गरेको जनाएको छ । आइतबार आयोजित वार्षिक समीक्षा कार्यक्रममा कार्यालय प्रमुख बाबुराम आचार्यले भौतिक रुपमा ९२ प्रतिशत र आर्थिक रुपमा ७२ प्रतिशत प्रगति भएको जानकारी दिनु भयो । आर्थिक वर्ष २०८० र ८१ मा सम्पादन गरेको कार्यहरू सम्बन्धि पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै आचार्यले क्षयरोग विरुद्द सचेतना कार्यक्रम र परीक्षण शिविर सम्पन्न भएको थियो । साथै १४ वर्षसम्मका ३७ हजार ६ सय ४६… पुरा पढौ