समाचार

नेपालकै सर्बात्कृष्ट जिल्ला अध्यक्षमा कास्कीबाट तुलसी क्षेत्री सम्मानित

कास्की / पोखरामा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको २४ औं केन्द्रिय साधारण सभामा कास्कीका अध्यक्ष सम्मानित भएका छन् । संस्था प्रती गरेको इमान्दारीता र संस्थालाई अघि बढाउन असल नेतृत्वकारी भुमिका संगै कार्य क्षमताको आधारमा नेपालकै सर्बोत्कृष्ट जिल्ला अध्यक्षको रुपमा लाेक तथा दाेहाेरी गित प्रतिष्ठान कास्किका अध्यक्ष लाेक दाेहाेरी गायिका तुलसी क्षेत्रि सम्मानित हुनु भएकाे हाे। प्रतिष्ठानले बर्ष भरीकाे कार्य सम्पादनका आधारमा पाेखरामा आयाेजित लाेक दाेहाेरी गित प्रतिष्ठान नेपालकाे २४औं केन्द्रीय वार्षिक साधारणसभा, विधान अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रमको… पुरा पढौ

लम्गाँउ युवा क्लबकाे ,बडा दशै मेला असाेज २७ गते बाट

बागलुङ / पुरानालाई सम्मान नया प्रतिभालाई प्राेत्साहन कला र संस्कृती जाेगाउने हाम्राे अभियान भन्ने उद्वेश्यका साथ स्थापना भएकाे लम्गाँउ युवा कल्वले बिजया दशमीकाेअवसरमा बागलुङ नगरपालीका ६ स्थित लम्गाँउमा बिबिध खेलुकद प्रतियाेगितात्मक कार्यक्रमहरूकाे आयाेजना गरेकाेछ । यही असाेज २७ गते देखि कार्तिक १ गते सम्म विविध प्रतियाेगितात्मक कार्यक्रमहरू हुने भएकाे छ ,। मेलामा साविक वडा स्तरीय पुरूष भलिबल प्रतियाेगिता , पुरूष र महिला छेलाे प्रतियाेगिता, महिला पुरूष रस्साकस्सि प्रतियाेगिता, एकल नृत्य प्रतियाेगिता, घैटाेफाेर र म्युजिकल चियर प्रतियाेगिता जस्ता कार्यक्रमहरू संचालन हुने भएकाे… पुरा पढौ

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ, १३ असोज ।अविरल रूपमा परेको बर्षाले राजधानी लगायत देशभर ठूलो धनजनको क्षति पुर्याएपछि  नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । माआ‌ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष समेत निकालेको छ । बैठकले… पुरा पढौ

माआ‌ेवादी केन्द्रकाे पदाधिकारी बैठक शुरू

काठमाडौं / नेकपा(माओवादी केन्द्र) को पदाधिकारी बैठक अहिले खुमलटारमा बसिरहेको छ । बैठकमा अविरल वर्षा,बाढीपहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल भैरहेको माआ‌ेवादी केन्द्रले जनाएको छ । राजधानी लगायत देशको विभिन्न भागमा अविरल बर्षाले पुर्याएकाे जनधनको क्षति बाढीपीडित जनतालाई तत्काल राहत कसरी पुर्‍याउन सकिन्छ भन्ने बारेमा बैठकमा छलफल हुने माआ‌ेवादी केन्द्रले जनाएको छ पुरा पढौ

माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग

काठमाडौं, १३ असोज । नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ । समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र संगठनका कार्यालय मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक अध्यक्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिनुभयो । बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिंदै उहाँले प्रवासको पार्टी कमिटीले पनि… पुरा पढौ

माआ‌ेवादी अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुमार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए ।… पुरा पढौ

बागलुङमा करेन्ट लागेर एकजना घाइते

बागलुङ ,बागलुङ जिल्ला गलकाेट नगरपालिका वडा नम्बर ६ राजाको पुल भन्ने स्थानमा बाटो सर्वै गर्ने क्रममा हाईटेन्सन लाइन छुन पुग्दा एकजना ब्यक्ति घाइते भएका छन् । बर्दिया जिल्ला गुलरिया नगरपालिका ४ तुल्सीपुर घर भइखड्का कृष्ण कन्ट्रक्सन प्रालिमा काम गर्ने बर्ष २२ काे अशोक श्रेष्ठ बाटो सर्वै गर्ने क्रममा अचानक हाईटेन्सन लाइनमा दायाँ खुट्टाले छुन गई करेन्ट लागि घाइते भएकोजिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाइते श्रेष्ठलाई उपचारको लागि ईमर्जेन्सी पाेलिक्लिनीक हटिया ल्याइ उपचार भइरहेको छ । पुरा पढौ

अविरल बर्षाकाे जनधनको क्षतिप्रति माआ‌ेवादी अध्यक्ष प्रचण्ड द्वारा दुख ब्यक्त

काठमाडौं /नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनयताको अविरल वर्षाको कारण ठूलो जनधनको क्षति भएको पछिल्लो विपद्मा मात्रै झण्डै एक सय बढी नागरिकको ज्यान गएको घटनामा दुख ब्यक्त गर्दै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ । ठूलो संख्यामा बेपत्ता र घाइते भएकाे हजारौं नागरिक घरवारविहीन भएकाे बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको भन्दै अध्यक्ष दाहालले जनाउनुभएकाे छ । राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति गहिरो दुःख… पुरा पढौ

अविरल बर्षाले बिद्धुत पाेलमा क्षति खानेपानी वितरणमा समस्या

काठमाडौं / बिहीबार देखि परेको अविरल वर्षाका कारणचन्द्रागिरि नगरपालिका मातातिर्थ महादेवस्थान खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा संचालित खानेपानी ट्याङ्की वरिपरि रहेको बिद्धुतकाे पाेलमा क्षति पुग्न गएको छ । चन्दागिरि ७ महाँकालथानमा पहिरो जाँदा महादेवस्थान मातातीर्थ खानेपानी उपभोक्ता समितिको पाले घर, जेनेटर हाउस , पर्खाल र गेट लगायत भौतिक संरचनामा क्षति पुगेको समितिका काेषाध्यक्ष बिना राेकायले बताए । त्यस्तै अविरल बर्षाकाे कारण वनदेवी मन्दिर नजिकैको बिजुलीको पोल ढलेको कारण पम्प हाउसमा विद्युत आपूर्ति अवरुद्ध भएको राेकायले बताए । महाँकालथान र वनदेवीमा… पुरा पढौ

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रको दोस्रो गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । ‘एकादेशमा’मा बोलको गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले सिनेमाका प्रमुख पात्रहरूको जीवनको कथा भनेको छ । रातबिहान होस् वा घाम अथवा झरी रुझ्दै र घाममा टट्दिै गाउँगाउँ हिँड्नु परेको गन्दर्भको यथार्थ गीतले प्रष्ट पारेको छ । गीतले दुःख मात्रै होइन प्रेमको कुरा पनि गरेको छ । लुकीलुकी चौतारीमा मायालुसँग भेटेको प्रसंग गीतले समेटेको… पुरा पढौ