समाचार

संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यकः प्रचण्ड

सिरहा, २५ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र मिचैया नगर समिति सिरहाले आज विहान गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले जनताको संघर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताउनुभयो । २०७० सालको निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिरहाको जनप्रतिनिधिको रुपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकोमा सिरहाका जनतालाई धन्यवाद दिंदै उहाँले अब संविधानको… पुरा पढौ

शान्ति प्रक्रिया टुंगिएपछि सहिद र बेपत्ताका परिवारले गर्वको अनुभूति गर्न पाउने छन्ः प्रचण्ड

सप्तरी, २४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुंगिएपछि सहिद र बेपत्ताका परिवारले गौरवको अनुभूति गर्न पाउने बताउनुभएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका २ मा सहिदद्वय दुर्गा पौडेल र उपेन्द्रबहादुर कोइरालाको स्मृतिमा निर्मित शालिक अनावरण गर्दै उहाँले शान्ति प्रक्रिया टुंगिने अन्तिम प्रक्रियामा रहेकाले यो सहिद र वेपत्ता परिवारसहित देशकै लागि खुशीको कुरा हुने बताउनुभयो । ‘अब राज्यको तर्फबाट परिपुरण र राहतको व्यवस्था हुने छ । सहिद तथा बेपत्ता यौद्धाहरुको सम्मान, उनीहरुका परिवारको हेरचाह र सन्तानको… पुरा पढौ

माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक सकियो,

उदयपुर, २४ भदौ । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक आज सकिएको छ ।उदयपुरको बेलका नगरपालिकामा दुई दिनसम्म चलेको बैठकमा प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिनुभएको थियो । पार्टी सुदृढीकरणका लागि केन्द्रबाट ठोस कार्यक्रम बनाएर संगठन विस्तार र जनपरिचालनमा तत्काल लाग्नुपर्ने प्रदेशस्तरीय नेताहरुले सुझाव दिनुभएको थियो । सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा समाजवादमा जाने गरी पार्टीले अघि सारेको कार्यदिशालाई अझै विस्तृतीकरण गर्दै स्पष्ट कार्यक्रमको ढाँचा अघि सार्नुपर्ने पनि नेताहरुको सुझाव थियो… पुरा पढौ

मोटरसाइकलसहित खहरे खोलाले बगाउँदा दुईजनाको मृत्यु

रुकुम पश्चिम- रुकुम पश्चिममा माेटर साइकलसहित रा ६ प २९६१ नम्बरको टु-ट्वान्टी पल्सर बाइक मोटरसाइकलखहरे खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । गएराति मुसिकोट नगरपालिका ६ को रम्मा खोलामा आएको खहरे भेलले बगाउँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार मृत्यु हुनेमा मुसिकोट नगरपालिका -४, ठराढुङ्गाका ५२ वर्षीय सर्जन पुन र वडानम्बर ६, कानेवाङ्गकी अन्दाजी ३२ वर्षीया निर्मला केसी थापा रहेका छन् । मृतक दुवैजनालाई मोटरसाइकल सहित खहरे खोलाको भेलले बगाएको प्रहरीले… पुरा पढौ

सविन श्रेष्ठको गीत ‘माया’ सार्वजनिक

काठमाडौं । सविन श्रेष्ठको स्वरमा नयाँ गीत सार्वनिक भएको छ । ‘माया’ बोलको गीत उनले आइतबार युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । सविनको स्वर रहेको गीतमा शब्द तथा संगीत पनि उनी स्वयंको छ । प्रेमिल गीतले प्रेम, समर्पण, कल्पना र वियोग प्रस्तुत गरेको छ । सँगै गीतले एक्लो जिन्दगीको कथा भन्ने प्रयास गरेको छ । दुर्घटनामा परेपछि आफूले माया गरेको मान्छेलाई गुमाएपछि एक्लो जीवन र संघर्षशील कथा गीतले भनेको छ । गीतको भिडियो पनि निर्माण गरिएको छ । संकल्प भुजेलले खिचेको… पुरा पढौ

माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक उदयपुरमा सुरु

उदयपुर, २३ भदौ । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलका नगरपालिकामा आजदेखि सुरु भएको छ ।भोलिसम्म चल्ने बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको छ । पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उपमहासचिवसम्मका पदाधिकारी पुगेर प्रदेशको रायसुझाव लिने र प्रदेश नेताहरुलाई सम्बोधन गर्ने गर्नुभएको छ । माओवादी केन्द्रले अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली,… पुरा पढौ

काठमाडौं महानगरपालिकामा नयाँ मापदण्डअनुसार कुनै घर नभत्किने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार खोला किनारका घर नभत्किने बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले मापदण्डभित्र परेका घर भत्काउन सरकारले मुआब्जा दिएरमात्र भत्काउनु पर्ने बताएका हुन् । ‘तपाईं को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निश्चित रहनुहोस भत्काउनै परे मुआब्जा दिनुपर्छ सरकारले, ५० वर्ष पहिलेको तिनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाईंलाई दिन नि सक्दैन भत्काउन नि सक्दैन’ उनले भनेका छन्, ‘तपाइँको लागि हामी छँदै छौं । केन्द्र सरकारलाई दबाब दिनुहोस नियम… पुरा पढौ

माआ‌ेवादीले प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष गर्ने ?

काठमाडौं, २३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध संघर्ष गर्नुपर्ने स्थिति आएको बताउनुभयो । क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसर भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरुले नै बढी क्रान्ति र क्रान्तिकारी… पुरा पढौ

कलाकार र समाजसेवी अवार्ड बाट सम्मानीत

काठमाडौं/ तीज महाेत्सव तथा भारत नेपाल इन्टरनेशनल अवार्ड कार्यक्रम बाट कलाकार र समाजसेवी सम्मानित भएका छन् । शिव कैलाश कला मन्दिर काठमाडौं नेपाल र श्री जानकि माता कोलकाताको संयुक्त आयोजनामा भारत, सिकिम तथा नेपालबाट छनोट भएका उत्कृष्ट ब्यक्तीत्वहरुलाइ अवार्ड दिनुका साथै सामजिक क्षेत्रमा योगदान दिने महानुभाब हरुलाइ सम्मान गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथि कोलकाताका लगि नेपाली नायबमहाबाणिज्य दुत जनक राज भट्ट, विशिष्ट अतिथिका रूपमा वरिष्ठ अभिनेत्री बिपना थापा, साथै कोलकाताका विभिन्न नेपालि संघ सस्थाका ब्यक्तित्व रहेको तीज महोत्सव तथा… पुरा पढौ

पर्वतकाे जलजला गाउपालीका धाइरीङकी गंगा दमाईलाई उपचारमा आर्थिक अभाव

पर्वतकाे जलजला गाउपालीका ७ धाईरीङकी ५५ बर्षिय गंगा दमाईकाे उपचारमा अार्थिक अभाव भएकाे छ ।तल्लो पेट फुल्लिने, दुख्ने, श्वास फेर्न गार्हो भए पछि पोखरा पश्चिमाञ्चल अस्पतालमा चेक गरायपछि अस्पतालले पाठेघरको क्यान्सरको शंका गरेर बि.पि कोइराला क्यान्सर अस्पताल भरतपुर चितवनमा रिफर गरियाे । बिरामिकाे अबस्था सिरीयस नदेखेपछि अस्पतालले भर्ना लिन मानेन बिरामीकाे परिवारले होटलमा बस्दै चेक गर्दे आएका छन् । अचानक गाराे भएपछी बिरामीलाई इमर्जेन्सीमा भर्ना गरियाे । नियमित उपचार हुँदै गए पछिक्यान्सर भएकाे प्रमाणित भएपछि उपचार गर्न ठुलाे रकम लाग्ने… पुरा पढौ