राजनीति

संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौँ – संघीय संसदको दुवै सदनको चालु अधिवेशन आज रातिबाट अन्त्य गरिएको छ। प्रतिनिधिसभाको आजको बैठकमा आजै राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु चौथो अधिवेशन आज रातिदेखि अन्त्य भएको बताए। सभामुख घिमिरेले प्रनिनिधिसभाको चालु चौथो अवधिभर भए–गरेका काम कारबाहीको विवरण आजको बैठकमा सुनाएका थिए। प्रतिनिधिसभाको चौथो अधिवेशन २०८१ वैशाख २८ गते प्रारम्भ भई २०८१ भदौ ३१ गतेसम्म एक सय ३० दिन चलेको छ। जसमध्ये ५३ दिनमा ५६ पटक बैठक बस्दा दुई सय ६… पुरा पढौ

जनाधिकार र स्वाधीनताका लागि माओवादी बलियो बन्न आवश्यक :प्रचण्ड

झापा, ३० भदौ। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका अस्तित्वका लागि मात्र होइन मुलुककै स्वाधीनताका लागि माओवाद केन्द्र बलियो बन्न आवश्यक रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।उहाँले अहिलेको अन्तरास्ट्रिय शक्ति सन्तुलन र त्यसबाट नेपालमा पर्नसक्ने असरको बारेमा लामो चर्चा गर्दै मुलुकको स्वाधीनताका लागि जनता र देशका लागि समवेदनशील र सबैलाई सन्तुलनमा राख्नसक्ने शक्ति माओवादी केन्द्र नै भएको बताउनुभयो ।… पुरा पढौ

कन्दङ्वासहित सयौ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

झापा, ३० भदौ । झापाका पुराना बामपंथी नेता लोकबन्धु कन्दङ्वासहित सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उहाँहरुलाई पार्टी प्रवेश गराउनुभएको हो । कन्दङ्वा दुई वर्षअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र बामपंथी बुद्धिजीवीको रुपमा सकृय रहनुभएको थियो । विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा मोहन योगी, सिता रण पँहेली, जगत राई, अञ्जर अलि सन्तबहादुर कुमाल,विवेक, राजु… पुरा पढौ

उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्: प्रचण्ड

विराटनगर, २९ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने बताउनुभएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो- ´उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नु हुन्छ होला।’ अध्यक्ष प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम… पुरा पढौ

प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने– जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना

काडमाडौं, २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्दै नेपालमा चलेको दश वर्षे जनयुद्ध लाखौं जनता सहभागी भएर लडिएको आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो ऐतिहासिक परिघटना भएकाले यसको आवश्यकता र महत्वमाथि युगयुगसम्म चर्चा भइरहने बताउनुभएको छ । भोलिबाट प्रसारण हुन थालेको जनयुद्धका घटनाक्रममा आधारित टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर शो हेरेपछि उहाँहरुले यस्ता धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले नेपाल राज्यको एकीकरणपछि नेपाली जनता सामेल भएर यति ठूलो… पुरा पढौ

संबैधानिक परिषद् काे बैठक बस्नु पुर्व शिर्ष नेता बिच छलफल

काठमाडौं / भोलि बस्ने संवैधानिक परिषद् बैठकको तयारी स्वरुप आज प्रधानमन्त्री केपी शर्मा, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको छ । बैठकमा अध्यक्ष प्रचण्डबाट संवैधानिक निकायमा संभव हुन्छ भने भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ । पुरा पढौ

सन्तानलाई आन्दोलनमा लगाउने बुवाआमाहरु परिवर्तनका संवाहक

काठमाडौ, २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमाहरु परिवर्तनका संवाहक भएको बताउनुभएको छ। चन्द्रागिरी नगरपालिका १४ नयाँ नैकाप निवासी बुद्धराम दुलालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले त्यस्ता बुवाआमालाई सधै समाजले सम्झिरहने बताउनुभयो । सन्तानलाई हुर्काउन, बढाउन र पढाउन संघर्ष गर्दै आफूलाई बामपंथी रुझानबाट अघि बढाउदै पाँच छोरा, पाँच बुहारी र चार छोरीलाई राजनीति सामाजिक आन्दोलनमा लाग्न प्रेरित गर्ने बुद्धराम प्रेरणाको स्रोत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले २०४५ सालदेखि… पुरा पढौ

बिश्व हिन्दु महासंघले शुक्रबार राजधानीमा प्रदर्शन गर्ने

भाद्र २६, २०८१ काठमाडौ ।बिश्व हिन्दु महासंघले नेपाल लाई हिन्दुराज्य घोषणा गर्न आगामी शुक्रबार दबाबमुलक र्‍यालीको आयोजना गर्ने भएको छ । महासंघले आज पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी दिएको हो । महासंघले शुक्रबार १ बजे माइतिघर मण्डला देखि नयाँ बानेश्वर सम्म पैदल यात्रा गरेर प्रदर्शन गर्ने जनाएको छ । विश्व हिन्दु महासंघकि  अध्यक्ष अस्मिता भण्डारीले ठुला दलहरुले सनातन हिन्दुराज्यको पहिचान समाप्त बनाएर धर्मान्तरनको डढेलो सल्काएको आरोप लगाएका छन् । उनले ९४ प्रतिशत ॐकार बसोबास गर्ने देशलाई हिन्दुराज्यको पहिचान दिनपर्ने… पुरा पढौ

माओवादी केन्द्र मधेश प्रदेशको बैठक सकियो

महोत्तरी, २६ भदौ । नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक आज सकिएको छ। दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको बैठकलाई पार्टीका केन्द्रीय पदाधिकारीले सम्बोधन गरेपछि सकिएको हो । बैठक समापनमा गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोख्रेल, हरिबोल गजुरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले सम्बोधन गर्नुभएको थियो । बैठकमा हिजो ४६ जना र आज थप दुई जना गरी ४८ जना सहभागीले बोल्नुभएको थियो ।बैठकमा केन्द्रीय पदाधिकारीसहित… पुरा पढौ

वडा अध्यक्ष यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न अध्यक्ष प्रचण्डको आग्रह

महोत्तरी, २६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारलाई आग्रह गर्नुभएको छ। यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। वडा अध्यक्ष यादवको गत भदौ ९ गते महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा शव फेला परेको थियो। घरपरिवार र जिल्लास्थित राजनीतिक दलहरुले उहाँको हत्या भएको आशंका गर्दै उच्चस्तरीय अनुसन्धानको माग गर्दै आएका छन् । यादवको हत्याको अनुसन्धानको माग… पुरा पढौ