राजनीति

जिसस बागलुङको प्रमुख जनमोर्चाका थापा र उपप्रमुख नेकपा(एकीकृत समाजवादीका) शर्मा सर्वसम्मत

जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा रास्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अम्मर थापा चयन हुनुभएको छ ।त्यस्तै उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) बागलुङका जिल्ला सदस्य होमनाथ शर्मा चयन हुनुभएको छ । जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार बिहिबार दुई बजेसम्म सत्ता गठबन्धनका उम्मेदवार बाहेक कसैको पनि उम्मेदवारी नपरेकाले प्रमुख र उपप्रमुखसहित ९ जना सदस्य पाँच दलीय गठवन्धनकै उम्मेदवार सर्वसम्मत चयन भएका सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाले जानकारी दिनुभयो । समितिको सदस्यहरुमा नेपाली कांग्रेसको तर्फबाट हरिकला पौडेल, कौशिला विक, टेक बहादुर अर्गेजा, पदम… पुरा पढौ

पार्टी भन्दा मन्त्री शक्तिशाली

नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ। सोमबार शपथ लिने गरी नयाँ मन्त्रीका नाम तय हुँदै गर्दा संसद्मा बजेट अधिवेशनअन्तर्गत मन्त्रालयगत छलफल चलिरहेकाले त्यसअघि पुनर्गठन गर्न नमिल्ने भन्दै हाललाई मन्त्रिमण्डल हेरफेर रोकिएको हो। नेकपा एसको सचिवालय बैठकले शनिबार नै सरकारमा सहभागी नेताहरूलाई फिर्ता बोलाएर नयाँ नेताहरू पठाउने निर्णय गरेको थियो। सो निर्णय भोलिपल्ट (आइतबार) बसेको बैठकपछि सार्वजनिक भएको थियो। त्यसलगत्तै नेकपा एसका तर्फबाट… पुरा पढौ

६८ वर्ष पुगेका नेताहरू काम गर्न छोडेर भत्ता खाएर बस्न विमला राई पाैड्यालकाे सुझाव

काठमाण्डाै – सरकारले बजेट भाषण मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको लागि २ बर्ष उमेर घटाएपछि यतिबेला सकारात्मक नकारात्मक दुबै खालको प्रतिक्रिया आइरहेको छ ।संघीय संसद अन्तर्गत राष्ट्रिय सभामा मङ्गलवारदेखि आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल प्रारम्भ भएको छ । बजेट माथि आफ्नो धारणा राख्ने सांसदहरूले यतिबेला आफ्नो तर्क पेश गरिरहेका छन् ।६८ बर्ष उमेरको कुरा गरेर भत्ता बाड्ने सरकारका प्रमुख नै यो उमेर हद पार गरिसकेका ब्यक्ति भएको भन्दै भत्ता खाएर बस्न व्यग्य गरेका छन् । राष्ट्रिय सभा सदस्य डा.… पुरा पढौ

३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ? (विवरणसहित)

देशमा स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भइसकेको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम करिबकरिब आइसकेको छ । बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा मतगणना जारी छ । नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा जनतामा खासगरी राष्ट्रिय राजनीतिक दलको वर्तमान अवस्थाको मूल्याङ्कन भइरहेको छ । यस निर्वाचनमा मतदाताले युवा र अघिल्लो निर्वाचनको कामको मूल्याङ्कन गरी विशेषतस् दुई मान्यता स्थापित गर्न खोजेको… पुरा पढौ

पार्टी नेतृत्व जनप्रतिनिधिमा निर्वाचित ,अब कसले चलाउछ नेपाली कांग्रेस ?

बागलुङ ।बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस जिल्ला समितिका सचिव जनप्रतिनिधिमा निर्वाचित भएपछि नेपाली कांग्रेस पार्टी बागलुङको महत्त्वपूर्ण कार्यकारी भुमिका खेल्ने सचिव अब कसले चलाउने भन्ने अन्याैल हुन पुगेको छ । नेपाली कांग्रेसको १४ आ‌ै अधिवेशन ठूला तामझामका साथ गरेर निर्वाचित भएका सचिव गण्डकी थापा अधिकारी स्थानीय तहको निर्वाचनमा जिल्लाकाे वडीगाड गाउँपालिकाकाकाे प्रमुखमा निर्वाचित भएका छन् भने अर्को सचिव हरिहर शर्मा जैमिनि नगरपालिकाकाे नगर उप प्रमुखमा निर्वाचित भएका छन् । यस्तै गलकाेट नगरपालिकाकाे वडा नम्बर ३ काे… पुरा पढौ

महंगीकाे बिराेधमा राप्रपा

महंगीकाे बिराेधमा राप्रपा बागलुङ ।सरकारले गरेको पेट्रोलियम पदार्थ लगायतका अतिआवश्यक पर्ने बस्तुमा गरेको मुल्य बृद्वि फिर्ता गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका युवक संगठनले जिल्ला प्रशासन कार्यालय बागलुङमा ज्ञापनपत्र बुझाएको छ । पेट्रोल ,डिजेल ,मत्तितेल ,एलपी ग्यासमा गरिएको मूल्य बृद्धिले जनताको दैनिक जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै त्यसलाई तत्काल फिर्ता लिनकाे लागि सरकारकाे ध्यानाकर्षण गर्न राप्रपा युवक संगठनले सहायक प्रमुख जिल्ला अधिकारी गणेश पाैडेललाइ माग गर्दै पत्र बुझाएको राप्रपा युवक संगठनका सदस्य सुदीप गाैतमले बताए । राप्रपा पार्टी कार्यालय बाट… पुरा पढौ

विश्वासमा जीत वा हार हुँदैन, विजयी जुलश नगरौं: बालेन शाह

काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले जित पक्का भए सँगै विजयी जुलश नगर्न र आफू रहेकै ठाउँबाटै धन्यवाद र्‍याली गर्न समर्थकलाई आग्रह गरेका छन् । आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले आफ्नो फेसबुक पेजमार्फत एक वक्तव्य जारी गरी निर्वाचनको परिणामलाई जित वा हारको रुपमा नहेर्न अपिल समेत गरेका हुन्। शाहले आफ्नो फेसबुकमा लेखेका छन् स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाण्डौँ… पुरा पढौ

नगर प्रमुख रेनु दाहाललाई भरतपुर बासी सबैको नेता बन्न छाेरीकाे अनुरोध

बागलुङ ।चाैतर्फि घेराबन्दी ,बिराेध ,स्वतन्त्र उमेदवार लगायत बिपक्षी संगकाे चुनावी प्रतिस्पर्धा बिच भरतपुर महानगरपालिकामा अत्याधिक मतान्तरले गठबन्धनबाट माआ‌ेवादी केन्द्रबाट उमेदवार बन्नु भएका रेनु दाहाल निर्वाचित भए लगत्तै छाेरीले लेखेको चिठी मर्मस्पर्शी भएकोले हिडन खबरमा पाेष्ट गरेका छाै । निर्वाचन जितेकोमा बधाई दिदै भरतपुर बासी सबैको नेता बन्नु हाेला भनी अनुरोध समेत गरेका छन् । असीमीत बधाइ ममी! भरतपुर बासी सबैको नेता बन्नु होला ।🙏🏻 मौन अवधि सुरु हुने अघिल्लो रात थियो । ममी घर आउँदा राती १२ बजिसकेको थियो, खुट्टा… पुरा पढौ

पाँच वर्षभित्रमा समुन्नत नगरको आधार खडा गरिनेछ : मेयर श्रेष्ठ

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङले बागलुङका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । मंगलबार एक कार्यक्रम गरी बागलुङ नगरपालिका र ताराखोला गाँउपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको हो । कार्यक्रमा बोल्दै विसं २०४६ सालको राजनैतिक परिर्वतनपछि २०४९ मा भएको पहिलो स्थानीय निर्वाचनमा  तात्कालिन कालिका गाउँ विकास समितिका उपाध्यक्ष लालचन्द्र राजभण्डारीले जनताको चाहना अनुसार विकासको बाटोमा लाग्न आग्रह गर्नु भयो । जनताको समस्याको पहिचान गरी जनताको सेवामा समर्पित हुन आवश्यक रहेको बताउनु भयो ।… पुरा पढौ

बागलुङ नगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधिले जिम्मेवारी सम्हाल्दै एकजना बिद्यार्थी लाई उच्च शिक्षा पढाउने प्रतिबद्धता

बागलुङ ।बागलुङ नगरपालिका वडा नम्बर ३ मा निर्वाचित जनप्रतिनिधिले आफ्नो जिम्मेवार सम्हालेका छन् । वडा अध्यक्ष शनि केसी ,वडा सदस्य धनमाया शर्मा ,अर्जुन खड्का ,नगेन्द्र केसी ,पवित्रा सुनारलाइ एक कार्यक्रम बिच वडाका कर्मचारीले स्वागत गरेका थिए । बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शनि केसीलेआफ्नो पदभार सम्हाले लगत्तै आर्थिक बिपन्नाताका कारण पढ्न नसकेका बागलुङ नगरपालिका वडा नम्बर ३ का सुनिता पाैडेल लाई पढाउने जिम्मेवारी लिएको घाेषणा गर्नुभएको छ ।१२ कक्षा भेटनेरी पास गरेका पाैडेललाई उच्च शिक्षा सम्म पढ्न… पुरा पढौ