नेपाल समाजवादी पार्टी बागलुङको अध्यक्षमा ‘संगम’

-


     हिडन खबर    
     भाद्र ११ गते २०७९ मा प्रकाशित


नेपाल समाजवादी पार्टी बाग्लुङको बिस्तारित बैठक सम्पन्न भएको छ । शनिबार सम्पन्न पार्टीको बैठकले एक बहादुर केसी ‘संगम’ अध्यक्षतामा जिल्ला समन्वय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षहरुमा अर्जुन खत्री, पुनम श्रीष र हिमाल खत्री सचिवमा कृष्ण पुन, सह-सचिवमा शान्ती विक, कोषाध्यक्षमा महेन्द्र प्रसाद सापकोटा सहित ५१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको नव गठित समितिका अध्यक्ष केसीले बताउनुभयो ।

बैठकले नुनुमाया थापाको अध्यक्षतामा २१ सदस्यीय महिला समिति समेत गठन गरेको पार्टीका सचिव कृष्ण पुनले बताउनुभयो ।