राजनीति

समाजवादको भ्रुण रोपिएको छ, यसलाई बढाउँदै लैजाऔंः प्रचण्ड

काठमाडौं, २५ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा समाजवादको भ्रुण रोपिसकिएको उल्लेख गर्दै अब यसलाई अघि बढाउँदै लैजानुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी महासंघको १८ औं स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले समाजवादीको भ्रुण रोपिएकाले यसलाई बढाउँदै लैजाने अबको दायित्व भएको बताउनुभएको हो । विगतको गम्भीर समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शीराबाट अघि बढाउन प्रण गरेको उल्लेख गर्दै उहाँले सबैलाई यसमा सहयोग गर्न पनि आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्व… पुरा पढौ

म समाजवाद निर्माणको अभियानमा छुः प्रचण्ड

काठमाडौं, २३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताउनुभएको छ । समाजसेवी एवं भीमोदय बहुमुखी क्याम्पस आरुघाट गोरखाका व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार श्रेष्ठद्वारा लिखित ‘पुस्तालाई पूर्खाको नासो’ पुस्तक लोकार्पण गर्दै उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोहुँदै समाजवाद निर्माणको अभियानमा लागिरहेको बताउनुभयो । ‘मैले अहिलेसम्म तीनपटक सरकारको नेतृत्व अवसर पाएँ, हरेकपटक नवीनताको सुरुवात गरेको छु’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘पहिलो कार्यकालमा पहाडी क्षेत्रमै सुविधा पुर्याएर बसाइँसराई रोक्ने उद्देश्यसहित मध्यपहाडी लोकमार्गको सुरुवात… पुरा पढौ

अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

काठमाडौं, २३ मंसिर । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ । अध्यक्ष प्रचण्डको निवासी खुमलटारमा उहाँहरुबीच भेटवार्ता भएको हो । अध्यक्ष प्रचण्डले अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । नेपालको आर्थिक विकासका लागि अमेरिकाले गरिरहेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै उहाँले सबैको सहयोग… पुरा पढौ

राजनीतिक कोर्ष बदल्ने बेला आएको छ: प्रचण्ड

काठमाडौ, २५ मङ्सिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताउनुभएको छ। माओवादी केन्द्र गोरखा-काठमाडौ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने उहाँले स्पष्ट गर्नुभयो । आफ्नो पार्टीको चुनबाङ बैठकबाट गणतन्त्रको अभ्यास गर्दै जादा यसलाई यथास्थितिमा राख्ने र जनताको गणतन्त्र बनाउने शक्तिबीच टक्कर पर्ने अड्कल गरेको स्मरण गर्दै उहाँले अब त्यो बेला आएको बताउनुभयो । अध्यक्ष प्रचण्डले… पुरा पढौ

शान्ति प्रक्रिया राष्ट्रिय सहमतिबाटै टुंगोमा पुग्छ: प्रचण्ड

काठमाडौ, २२ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ। एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नुभएको हो । उहाँले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुङ्गोमा पुर्याउन दायाँ र बायाँ कोणबाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएका कारण केही ढिलोगरी भए पनि यो राष्ट्रिय सहमतिबाट पूरा हुने बताउनुभयो । एकथरि शक्तिमा यो माओवादी र… पुरा पढौ

माओवादी केन्द्र र नेसपानिकट शिक्षक संगठनबीच एकता घोषणा

काठमाडौ, २२ मङ्सिर । नेकपा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टीनिकट शिक्षक समाजबीच एकता घोषणा गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आज काठमाडौमा एकता घोषणा समारोह आयोजना गरी दुई संगठनबीच एकता गरिएको हो। यो सङ्गै डा. बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी र शिक्षक समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा… पुरा पढौ

उपनिर्वाचनको उत्साहपूर्ण परिणामले ८४ मा एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार गरेको माओवादी केन्द्रको निष्कर्ष

काठमाडौं, २० मंसिर । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासी खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो । ‘आजको बैठमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । जितेका सिट संख्या र लोकप्रिय जनमत दुबै हिसाबले प्राप्त परिणामलाई उत्साहजन भएको निष्कर्ष निकालिएको छ’– बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भन्नुभयो– ‘यसले अब आगामी निर्वाचनमा आफ्नै एजेण्डा र पहिचानसहित… पुरा पढौ

माआ‌ेवादी अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मान

काठमाडौ, १९ मङ्सिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ । गणतन्त्र सेनानी कोषले उहाँलाई सो सम्मान गरेको हो। देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचनहुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपुर्याउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ। कोषले यो… पुरा पढौ

नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, १९ मंसिर । नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका केन्द्रीय अध्यक्ष मनोज शर्मा ढोडारी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उहाँलाई खादा लगाएर पार्टी प्रवेश गराउनुभएको हो।शर्मालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन एकता र ध्रुवीकरणको प्रक्रियामा अघि बढेकाले विभिन्न घटकहरुसँग एकता प्रक्रिया सुरु भएको बताउनुभयो । व्यक्तिगतरुपमा ध्रुवीकृत हुने क्रम पनि बढेको भन्दै उहाँले यसले आगामी यात्रालाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रवेश गर्नुभएका शर्माले माओवादी स्कुलिङबाट… पुरा पढौ

पीडामा रहेकाहरुलाई सहयोग गर्ने संस्कृति बढाएर लैजानुपर्छः प्रचण्ड

काठमाडौं, १५ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा दुःख पीडामा रहेकाहरुलाई सहयोग गर्नु नेपाली समाजको संस्कृति भएको उल्लेख गर्दै यसलाई बढाएर लैजानुपर्ने बताउनुभएको छ । गत कात्तिक २८ गते झाँक्री प्रकाश भुजेलले चलाएको गाडिको ठक्करबाट ज्यान गुमाएका नारायण नगरकोटी र श्रीमती सानुमाया नगरकोटीका दुई छोरीलाई शैक्षिक सामग्री सहयोग घोषणा तथा हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो । दुर्घटनालगत्तै अध्यक्ष प्रचण्ड कागेश्वरी मनोहरा नगरपालिका २ आलापोटस्थित नगरकोटी निवास पुगेर बाबुआमा गुमाएका दुई छोरी गरिमा र अनु… पुरा पढौ