अर्थतन्त्र

आगामी आवको बजेटमा पूर्वले प्राथमिकता पाउने

विराटनगर(मोरङ), २९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट ल्याउने बताउनुभयो । सरकारले जनताका पक्षमा महत्त्वपूर्ण पहल लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम एवं बजेट उत्पादनमुखी एवं रोजगारी सिर्जना गर्नेगरी ल्याइने स्पष्ट पार्नुभयो । सरकारले… पुरा पढौ

ऐतिहासिक चैते दशै मेलाको तयारी पुरा

बागलुङ / बागलुङ कालिका भगवती गुठीको आयोजनामा हुन लागेको नेपाल कै ऐतिहासिक चैत्राष्टी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । गन्तव्य बागलुङ कालिका, कला संस्कृतिको प्रदर्शन, स्थानिय उत्पादन, व्यापार र प्रवद्र्धन भन्ने नाराका साथ चैत ३० गतेदेखि बैसाख ६ गतेसम्म संचलालन हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको हो । चैते दशैंका अवसरमा बागलुङमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको चैत्राष्टमी मेलाको व्यवस्थापनदेखि अतिथि आमन्त्रण, मञ्च तथा मैदानको व्यवस्थापन लगाएतका आवश्यक सवै तयारी अन्तिम चरणमा पुगेको कालीका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले… पुरा पढौ

सिवाईसी साकोस पाँच बर्षे योजना गोष्ठि नवलपरासीमा शुरु

नवलपरासी / सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको पाच वर्षे रणनीतिक योजना तर्जुमा गोष्ठी तथा नवनिर्वाचित संचालक समितिको लागि २ दिने नेतृत्व विकास तालिम सुरु भएको छ । नवलपरासीको गैडाकोट ५ स्थित सहमती संस्थाको आवसीय तालिम हलमा रणनीतिक योजना तर्जुमा तथा नेतृत्व विकास तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै नेपाल बतच तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का लेखा सुपरिवेक्षण समितिका संयोजक ईन्दराज ज्योति शर्मा पौडेलले नेपालको सहकारी क्षेत्रमा देखिएको समस्याको समाधान गर्न तर्फ राज्य उदासिन देखिएको बताउनु… पुरा पढौ

प्रधानमन्त्रीको उपस्थितिमा १६ औँ योजनाका विषयमा छलफल

काठमाडौं, २८ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजना तर्जुमाका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गर्नुभएको छ । सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रचण्डले १६ औँ योजना (२०८१/८२–२०८५/८६) का विषयमा शीर्ष राजनीतिक तहमा सुझाव लिनुभएको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजनीतिक दलका नेताहरूबाट प्राप्त सुझावहरूलाई समेटिने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले १६ औँ योजना तयार गर्नका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको बताउनुभयो । छलफलमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री… पुरा पढौ

देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ, २८ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय प्रणालीको स्वस्थ र सवल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेका बताउनुभयो । सम्पूर्ण निजी क्षेत्रका सङ्घसंस्था र प्रतिनिधिहरूलाई उच्च मनोबलका साथ अगाडि बढ्न अपील गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यहाँहरूले… पुरा पढौ

नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २७ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गर्नुभएको छ । सिंहदरबारमा आज आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । “लगानी सम्मेलनमा सक्रिय रूपमा संलग्न हुन र अधिकतम क्षमता बढाउन विकास साझेदारहरू, द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाहरू र नेपालमा रहेका… पुरा पढौ

संरक्षककाे लागि अदुवाकाे विउ वितरण

बागलुङ ।लिड्स नेपालले संरक्षककाे लागी अदुवाकाे विउ वितरण गरेको छ ।बागलुङ नगरपालिका वडा नम्बर १३ मा एक कार्यक्रम गरि बलेवा काे मुसुराबारि ढाड सल्यान का मानसिक राेगिका संरक्षक परिवार लाई प्रति परिवार ८ केजीको दरले अदुवाकाे बिउ निशुल्क बितरण गरिएकाे लिड्स नेपाल सस्था बागलुङ फिल्ड काेडिनेटर बिन्दु देबि शर्माले बताउनुभयो । प्रति केजि ३०० रूपैयाँ पर्ने अदुवाकाे विउ वितरण गरेर थाेरै भएपनि सहयोग गरेको संस्थाले जनाएको छ ।मुख्य गरेर अपांग र विपन्न परिवारलाई लक्षित गरेर आयआर्जनका कार्यक्रम संचालन गर्दै आएको… पुरा पढौ

चैते दशैकाे अवसरमा बागलुङ बाङ्गेचाैरमा चैत २५ गते देखि रमाइलो मेला लाग्ने

बागलुङ /बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचाैर मैदानमा यहीँ चैत २५ गतेदेखि बैशाख ६ गतेसम्म रमाइलो मेलाको आयोजना गर्न लागेको मेला आयोजकले जनाएको छ । कालीका गुठी ब्यवस्थापन समितिकाे आयोजना हुने मेला हेर्न आउने दर्शकलाई थप मनाेरन्जन प्रदान गर्न बिभिन्न ब्यापारीक स्टल ,स्थानीय घरेलुका उत्पादित बस्तु मेलाबाट सहजरूपमा बिक्रीवितरण हुने बागलुङ मेला ब्यवस्थापन समितिले जनाएको छ । बाङ्गेचाैर मैदानमा चैत २५ गतेदेखि बैशाख ६ गतेसम्म १२ दिन बिभिन्न मनाेरन्जका खेल चमचा पिङ रेल लगायत रहने भएकोले यसले कालीका भगवती मन्दिरमा… पुरा पढौ

नक्कली बिल र स्टिकरको अनुगमन गरी एक्सन लिन प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौँ, १८ काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ। आइतबार दिउँसो सिंहदरबारमा आयोजित राजस्व बृद्वि तथा चुहावट नियन्त्रण सम्वन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘राजस्व चुहावट र अबैध व्यापारिक कारोवारमा हुने सेटिङ्ग भत्काउने कार्यलाई प्राथमिकता दिनुहोस्। झुटा तथा नक्कली विल विजक र स्टिकरको… पुरा पढौ

नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छ : प्रधानमन्त्री

काठमाडौँ, १८ चैत : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ समीकरणसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताउनुभएको छ । मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताउनुभयो । “पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको छ, उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन्,” अध्यक्ष प्रचण्ड भन्नुभयो, “अर्थतन्त्र चलयमान र दबाबमुक्त पनि भएको छ ।” नीति तथा कार्यक्रम एवं वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन… पुरा पढौ