
नवलपरासी / सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको आयोजना र नेपाल बतच तथा ऋण केन्द्रीय सहकारी संघ लि. ९नेफ्स्कून० को प्राविधिक सहयोगमा आयोजित नवनिर्वाचित संचालक समितिको लागि २ दिने नेतृत्व क्षमता विकास तालिमसम्पन्न भएको छ ।
नवलपरासीको गैडाकोट ५ स्थित सहमती संस्थाको आवासिय तालिम हलमा नेतृत्व क्षमता विकास तालिम सम्पन्न भएको हो ।
तालिममा गत मंसिरमा सम्पन्न भएको सहकारीको १४ औं वार्षिक साधारण सभाबाट निर्वाचित संचालक समिति, लेखा सुपरीवेक्षण समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, एक्सेस उपसमितिको सहभागिता रहेको थियो ।
तालिममा नेपाल बतच तथा ऋण केन्द्रीय सहकारी संघ लि. ९नेफ्स्कून० का लेखा सुपरिवेक्षण समितिका संयोजक ईन्दराज ज्योति शर्मा पौडेलले संचालक समिति,काम कर्तव्य र अधिकार, व्यावसायिक सहकारीमा योजना र योजनाको महत्व, सहकारीमा नेतृत्व तथा सुशासन कायम गर्न ध्यान दिनु पर्ने पक्षहरु लगाएतको बारेमा सहजिकरण गर्नु भएको थियो ।
त्यस्तै बिकु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष हरिलाल सापकोटाले वित्तिय व्यवस्थापन र परिचालनका विषयमा सहजिकरण गर्नु भएको थियो ।
नव निर्वाचित सञ्चालक समिति तथा उपसमितिहरुको क्षमता विकासका लागि तालिम आयोजना गरिएको सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बताउनु भयो ।
संचालकहरुको दक्षता र क्षमतालाई दिगो बनाउने बताउदै तालिमले संचालकहरुमा उत्प्रेरणा तथा पुनर्ताजगी दिने पौडेलले बताउनुभयो।













