ऐतिहासिक चैते दशै मेला आजबाट शुरू हुदै

-


     हिडन खबर    
     चैत्र ३० गते २०८० मा प्रकाशित


बागलुङ कालिका भगवती गुठीको आयोजनामा हुन लागेको नेपाल कै ऐतिहासिक चैत्राष्टी मेला आज चैत ३० गतेदेखि शुरू हुदै छ ।

गन्तव्य बागलुङ कालिका, कला संस्कृतिको प्रदर्शन, स्थानिय उत्पादन, व्यापार र प्रवद्र्धन भन्ने नाराका साथ चैत ३० गतेदेखि बैसाख ६ गतेसम्म संचलालन हुने भएको छ ।

चैते दशैंका अवसरमा बागलुङमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको चैत्राष्टमी मेलाको व्यवस्थापनदेखि अतिथि आमन्त्रण, मञ्च तथा मैदानको व्यवस्थापन लगाएतका आवश्यक सवै तयारी पुरा भइ ऐतिहासिक मेला आजदेखि शुरू हुन गइरहेको कालीका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

चैते दशै मेलामा पुरुष भलिवल, दोहोरी छेलो, बिद्यालय स्तरीय नृत्य, कालिका मन्दिर परिषरदेखि शालिग्राम संग्राहलयसम्म दौड लगायतका प्रतियोगिता आयोजना गरेको अध्यक्ष खड्काले बताउनुभयो । भलिवलमा हालसम्म बिभागिय टोली सहित १२ टिमले र दोहोरी प्रतियोगितामा ३४ समुहले दर्ता गराएको  छ ।

मेलामा ५ लाख धार्मिक तथा आन्तरिक पर्यटक आउने अपेक्षा गरिएको छ । पहिलो दिन चैत ३० गते भलिवल, नृत्य र दोहोरी गित प्रतियोगितको उद्घाटन गरिने कार्यक्रम रहेको छ  साथमा राष्ट्रिय तथा स्थानिय कलकारको पनि प्रस्तुती रहने छ ।