
धेरै कुरा देखेकि छु यहाँ।
धेरै कुरा भोगेकि छु यहाँ ।
दुइ सन्तानको बाबाले सिङ्गल भन्दै
हिडेको देखेकि छु यहाँ ।
छोराछोरीको आमा पनि सिङ्गल
भन्दै अर्कैसङ्ग लागेको देखेकि छु यहाँ ।
श्रीमान रगत र पसिना बगाउदै खाडिमा ।
श्रीमती गाउँ घरमा अर्कैसङ्ग
चिल्ला गाडिमा र झाडिमा देखेकि छु यहाँ ।
घर परिवार सबै बिर्सि प्रदेशमै
अर्कैसङ्ग मस्ति गरेको पनि देखेकि छु यहाँ ।
बिहे अघि जवानि लुटाएको पनि देखेकि छु यहाँ ।
बिहेपछि अर्कैसङ्ग रात कटाएको पनि देखेकि छु यहाँ ।
श्रीमतीका कुरा सुनि बुढा बुवा आमालाई
बृदाश्रम पठाएको पनि देखेको छु यहाँ ।
अर्कैसङ्ग लागेर घरपरिवारलाइ
ब्यवस्था गरेको पनि देखेको छु यहाँ ।
मनभरि पिडा बोकि मुसुक्क
मुस्कुराएको पनि देखेको छु यहाँ ।
रातभरि श्रीमानको कुटाइ खाइ
बिहान् उठदा झुटो मुस्कान लिएको
पनि देखेको छु यहाँ ।।
धेरै कुरा देखेकि छु यहाँ ।
धेरै कुरा भोगेकि पनि छु यहाँ ।।