बागलुङको कैया देखि पर्वतकाे वडागाउ जोड्ने पुल मर्मत

-


     हिडन खबर    
     फागुन २९ गते २०८० मा प्रकाशित


बागलुङको कैया देखि पर्वतको कुश्माको बडागाउँ जोड्ने झोलुङ्गे पुल मर्मत कार्य शुरू भएको छ । मर्मत अवधिभर पुल बन्द गरिएको छ ।

अहिले चालु अवस्थामा रहेको पुल जीर्ण बन्दा आवतजावतमा समस्या पुल जाेखिमा पर्दै गएको गुनासो नागरिकबाट आएपछि पुल मर्मत गरिएको हाे ।

गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीको पहलमा गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगत पुर्वाधार विकास कार्यालय बागलुङले पुल मर्मत थालेको छ ।

सांसद सुवेदीका अनुसार पुलको काम सकिन १० देखि १५ दिन लाग्नेछ । पुलमा लगाइएको दायाँ र बायाँ तर्फको जालीपनि खोल्नु पर्ने भएकाले आवतजावत पुर्ण रुपमा बन्द गरिएको छ ।