बजार बिक्रि प्रतिनिधि संघको अध्यक्षमा गौतम चयन

-


     रामशरण पाेखरेल     
     फागुन १८ गते २०८० मा प्रकाशित


बागलुङ / नेपाल बजार बिक्रि प्रतिनिधि संघ धौलागिरी इकाइको प्रथम अधिबेशन सम्पन्न भइ नयाँ नेतृत्व चयन गरेको छ ।

बुधबार बागलुङमा सम्पन्न अधिबेशनले दिनेश गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रेशम गौतम, सचिवमा अशोक रेग्मी र कोषध्यक्षमा हरि प्रसाद पौडेल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा बिनोद सुवेदी, जयन्द्र प्रसाद उपाध्याय, पुस्कर थापाकाजी, महेश्वर आचार्य , सन्तोष गौतम, राजन आचार्य र राम पन्त सर्वसम्मत चयन भएका छन् ।

स्वतन्त्र ट्रेड युनियनमा दर्ता भएपछि धौलागिरी क्षेत्रमा इकाईको पहिलो अधिबेशन सम्पन्न भएको हो । अधिबेशनको उद्घाटन सत्रमा निवर्तमान अध्यक्ष रामजी सुवेदी, केन्द्रिय उपाध्यक्ष गोपाल सापकोटा, कोषाध्यक्ष सूर्य बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बजार बिक्रि कर्मचारी हरुको हकहितको लागि उक्त सस्थाको स्थापना गरिएको नवनिर्वाचित अध्यक्ष गौतमले बताउनुभयो ।