
पर्वत / पर्वत जिल्ला फलेवास नगरपालिका वडा नम्बर ६ देबिस्थान खौला बस्ने सुशील श्रेष्ठको श्रीमती पस्मिना श्रेष्ठको घरमा चाेरी भएको छ ।
घरको ढोकाको चाबि मिलाई घर भित्र प्रबेस गरेर दराज तोडफोड गरि भित्र रहेको सुनका गर गहनाहरु र नगद पैसा चोरी गरि लगेको पस्मिना श्रेष्ठले बताए ।
चाेरी भएको घटनाको अनुसन्धान गरि चोरी गर्ने ब्यक्ति पत्ता लगाई कारबाही गरि दिन सम्बन्धित निकायमा अनुरोध गरेको पस्मिना श्रेष्ठले बताए ।
बुट्टावाला १ तोलाको सुनको बाला थान-१ सुनको मिनिहार ३ तोलाको थान-१ कालो पोतेमा रहेको १ तोलाको मंगलशुत्र थान-१ रातो पोतेमा रहेको आधा तोलाको मंगलशुत्र थान-१ सुनको चोक्कर २ तोलाको-थान-१ सुनको चन्द्रमा २५ लालको थान- १ गणेशको मुर्तिको पथ्थर राखेको आधा तोला सुनको औठि थान-१ पञ्चरत्न बाला १ जोडी २५ लाल। नगद रु ९५ हजार चोरी भएको जनाएको छ ।
पर्वत जिल्लाकाे फलेवास नगरपालिका भित्र केही समय यता चाेरीका घटना ह्वात्तै बढेर गइरहेको छ अहिलेसम्म प्रहरी प्रशासनले घटनामा संलग्न ब्यक्ति पहिचान गरेर पक्राउ गर्न सकेकाे छैन ।

