
यो त सतिले सरापेकाे देश हाे भन्छन्
अपराधी राजनीतिकाे अर्को भेष हाे भन्छन्
जेपनि हुन्छ यहाँ कानुन नभए जस्तै
बलात्कार र हत्या सामान्य केस हाे भन्छन्
युवा जति सबै बिदेशी भुमीमा पसिना बेच्दै छन्
युवा भन्दा बृद्वा यहाँ तेज हाे भन्छन्
विकास किन हुदैन के हुदै छ भन्दा
हुन्छ विकास यो त शुरूवाती फेज हाे भन्छन्
चाैरासी गरेका बुढाले देश चलाउछन्
अनि देश बिग्रार्नै एमाले कांग्रेस हाे भन्छन्
भुपाल घर्ती मगर बागलुङ












