
काठमाडौ / काठमाडौंमा जम्मा भएका लघुवित्त पीडितहरुले आज पनि बालुवाटार लक्षित आन्दोलन गर्ने भएका छन् ।
मित्र पार्कको चौरमा बसेका लघुवित्त पीडितहरुले दिउँसो एक बजे बालुवाटार क्षेत्रमा प्रदर्शन गर्ने वित्तिय शोषणविरुद्धको संघर्ष समितिले जनाएको छ ।
यसै हप्ता काठमाडौं आइपुगेका लघुवित्त पीडितहरु चिसोका कारण अधिकांश बिरामी परेका छन । लघुवित्त पीडितहरुले ऋण मिनाह, लघुवित्त संस्था खारेजीलगायत केही राजनीतिक मागसमेत लिएर प्रदर्शन गरिरहेका छन् ।
सरकारले केही महिना अघि लघु बित्त पीडित संग बसेर छलफल गरि माग पुरा गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरेर घर फर्किएका थिए अहिले सरकारले माग पुरा गर्ने लक्षण नदेखेपछि पुन आन्दोलनमा उत्रिएका हुन् ।












