यहि कलम त छ साथी मेरो

-


     हिडन खबर    
     फागुन ८ गते २०८० मा प्रकाशित


तिम्रो खुसिको लागि मैले दुखका खात सहेको छु ।
तिम्रो खुसिको लागि मैले नर्कको रात सहेको छु ।

आज घाउ बल्झन्छ सुत्केरी अबस्थामै खाएको लातको
छोरा नपाएको निउमा हजारौ लात सहेको छु ।

तिम्रो मुस्कान हेरि पीडा भुल्ने आमा परे म
छोरा पाउन दर्जनौ छोरिमा भएको घात सहेको छु ।

तिम्रो खुसी हेर्नलाइ आफ्नो खुसी मारी
राम्रा नराम्रा समाजको हरबात सहेको छु ।

आफ्नै भन्ने मान्छेले साथ दिन छोदे पछि
नगरी गल्ती सजायका हरजात सहेको छु ।

                               भुपाल घर्ती मगर 
                              बडिगाड ७ बागलुङ