५० लाख लिएर एमडि पास गराउने गाेरख धन्दा जारी ?

-


     हिडन खबर    
     माघ १९ गते २०८० मा प्रकाशित


काठमाडौं / चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डाक्टर अन्जनी कुमार झा र उनका बहिनी ज्वाइँ तथा मिस्राको  मिलेमतोमा विभिन्न क्षेत्रमा रहेका बिद्यार्थीहरुबाट करोडौं रुपैया असुली गरि ठगी धन्दा मचाउदै छन् ।

बितेको दुई तीन दिनमा भारतको बिहार राज्य सितामडीघर भएको नातेदार पर्नेबाट जनही रु ५० लाखको दरले रकम असुली गरि नातेदार दलाल मार्फत बाट १५ करोड पैसा असुल गरेको छ । त्यो पैसा निजले डा अन्जनी कुमार झा को sos कलेजको घरमा नै लगेर दिएको जानकारी प्राप्त भएको छ र यस्को खुद प्रमाण भने बिद्यार्थीहरुले लेखेको निबेदनमा उल्लेख गरिएको छ ।

२०२४/२५ Md/Ms परिक्षा यहि माघ २० गते चिकित्सा शिक्षा आयोगले संचालन गर्न लागेको छ भने यश पटक गर्न लागिएको परिक्षा निष्पक्ष्यतापाप्ती परिक्षार्थिहरु आश्वात नभएको देखिएको छ ।

यसरी प्राप्त सुचनाअनुसार केही दलालहरु बजारमा आयोगको कोहि अधिकारिको आफू नातेदार भएको र आफुलाइ बिद्यार्थी उठाउन जिम्मा पाएको विभिन्न मेडिकल लाइब्रेरी कन्सल्टेन्सीमा बिद्यार्थी खोज्दै गरेको भेटिएको छ । एक जना दलालको अनुसार भारतिय बिद्यार्थीलाई पास गर्दिने भन्दै भारतिय बिद्यार्थीबाट मोटो रकम भारतको  बिहार राज्यको सितामडी जम्मा गरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार डा अन्जनी कुमार झाले चलखेल गर्नको लागिनै अदालतले चिकित्सा शिक्षा आयोगको निर्देशको नियुक्ति तत्काल नगर्नु आदेश नगरे पनि निर्देशको नियुक्ति रोकि आफुले मनपरेको मान्छेलाइ परिक्षा समितिको अध्यक्ष बनाएर आफ्नो इच्छा अनुसार चलाउन खोजेको छ । यसरी आयोगका ब्यक्तिहरुले कमजोरी थाहापाएर नक्कली परिक्षार्थी लगाएर बिद्यार्थी भर्ना गरि दिने भनि दलालहरु पैसा असुलिमा लागेको खुलासा भएको छ ।

केही दिन अघि मात्र जनताको स्वास्थ उपचार गरिरहेका नक्कली डाक्टर लाइ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको घटना सेलाउन नपाउँदै फेरि यस्तै प्रकृतिको अर्को धन्दा शुरू भएको देखिन्छ ।

अहिले भइरहेको स्वास्थ्य क्षेत्रकाे बेथिति बारे हिडन खबर संग प्रमाण सुरक्षित रहेको छ ।हामी क्रमश आगामी दिनमा
बेथिति बारे प्रकाशित गर्दै जाने जानकारी गराउन चाहन्छौं ।