
काठमाडौं /ब्यापारी ब्यवसायी उद्योगीहरू ब्यापार नभएकाे भनेर निराश बनिरहेको बेला स्थानीय तहले भएका उद्यमी ब्यवसायीलाइ हाैसला प्रदान गर्ने उदेश्यले हाट बजारको संचालन गरेको छ ।हाट बजार लाइ ब्यवस्थित रूपमा संचालन गर्न शुरू गरेपछि स्थानीय रूपमा उद्योग संचालन गरिरहेका ब्यवसायी उत्साहित बनेका छन् ।
देशमा राेजगारी नभएको भन्दै सयौं युवा जनशक्ति हरेक दिन बिदेश तर्फ पलायन भइरहेको बेला काठमाडौ चन्द्रागिरि नगरपालिकाले स्थानीय उत्पादन गर्ने उद्यमीलाइ हाैसला दिने उदेश्यका दुई दिने हाट बजार संचालन गरिएको छ ।
स्थानीय उत्पादनकाे बजारीकरण गर्ने देखि स्थानीय उत्पादक लाइ प्राेत्साहन गर्ने उदेश्यका साथ चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ वडा कार्यालयले स्थानीय हाट बजार संचालन गरेको थाेरै लगानी संचालन गरिएका उद्योग र यहाँ पनि अवसर छ भन्नाका खातिर हाट बजार संचालन गरिएको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सन्जय सिग्देलले बताए ।
स्थानीय तहले संचालन गरेको हाट बजारमा आएर आफुले
उत्पादन गरेका सामग्री ल्याएर बिक्रीवितरण गर्न पाउदा खुशी लागेको आफ्नो उत्पादन बिचाैलिया मार्फत नभइ
प्रत्येक्ष रूपमा उपभोक्ता सामु पुर्याउन पाउदा दुबै पक्षलाई फाइदा पुगेको स्थानीय उद्घमीकाे भनाइ छ ।
हाट बजारमा मह ,अचार ,मसेउरा ,बन तरूल ढाकाकाे ब्याग ,पच्छाैरी, लाख मरी ,लगायतका घरेलु उत्पादनका सामग्री बिक्रीवितरणका लागि राखिएका छन् ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ काे प्रांगणमा २४ वटा स्टल राखेर नगरपालिका भित्र उत्पादन गरेका बिभिन्न उद्योगले तयार गरेका सामाग्री हाट बजारमा राखेर आम उपभोक्ता सम्म पुर्याउन सहयोग गरेको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
स्थानीय तहको काम भनेको मात्रै विकास निर्माण मात्रै नभएर स्थानीय रूपमा उत्पादन गरिएका बस्तु सामाग्री लाइ बजारीकरण गरेर उद्योगीलाइ हाैसला र प्रेरणा दिने रहेको कामलाई नगरबासी सराहना गरेका छन् ।
वडाले दुई दिनसम्म संचालन हुने हाट बजारकाे लागि ६० हजार रूपैयाँ लगानी गरेर हाट बजारमा स्टल राखेर ब्यापार गर्ने उद्योगीलाइ निशुल्क रूपमा स्टलकाे ब्यवस्थापन गरेको छ ।














