४ वटा कर्मचारी संगठनद्वारा स्वास्थ्यकर्मी माथि भएको दुर्ववहारकाे भत्सर्ना

-


     हिडन संवाददाता     
     माघ ८ गते २०८० मा प्रकाशित


बागलुङ /माघ ७ गते विहान ९.५५ बजेकाे समयमा कार्यालय आउदै गरेको अवस्थामा वडिगाड गाउँ पालिकाका
स्वास्थ्य शाखाका प्रमुख विपेन्द्र केसीलाइ क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ता बताउने समुहले दुर्ववहार गरेको घटनाको गम्भीर ध्यानाकर्षण भएको भन्दै ४ वटा कर्मचारी संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति मार्फत भत्सर्ना गरेको छ ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमितिका अध्यक्ष श्याम कुमार थापामगर ,नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमितिका अध्यक्ष देव शर्मा आचार्य ,
राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमितिका
सचिव खगेन्द्र विक ,एकीकृत सरकारी कर्मचारी संगठन नेपाल जिल्ला कार्यसमितिका सचिव शकुन्तला थापाले संयुक्तरूपमा प्रेस विज्ञप्ति प्रकाशित गरि संविधानकाे भावना लाइ आत्मसात गर्दै स्वास्थ सेवालाई मर्यादित र सम्मानित पेशा बनाउन हामी सबैको जिम्मेवारी हुनु टड्कारो आवश्यकता भएको बेला स्वास्थ सेवामा कार्यरत
स्वास्थ्यकर्मी प्रतिकाे सेवामा बढ्दै गएको असुरक्षाले मुलुककाे स्वास्थ सेवा प्रणाली कमजोर हुदै गइरहेको भन्दै चिन्ता ब्यक्त गरेको छ ।

मानिसको जिवन संग प्रत्येक्ष सम्बन्ध राख्ने स्वास्थ सेवामा कर्तव्यनिष्ठ स्वास्थ्यकर्मीकाे मनाेवल गिराउने यस किसिमको कार्यकाे ट्रेड युनियन द्वारा घाेर भत्सर्ना गर्दै दाेषी माथि कार्वाही गर्न र पिडित लाइ न्याय दिलाउन माग गरेको विज्ञप्तिमा उल्लेख्य गरिएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले स्वास्थ्यकर्मी केसीलाई कार्यालय जान लागेको समयमा बिच सडकमा राेकेर म्याद गुज्रिएको आ‌ैषधी खुवाएकाे भन्दै कालाेमासाे दलेर दुर्ववहार गरेको थियो ।