५ स्वास्थ्यकर्मी संघ संस्थाद्वारा वडिगाड घटनाको भत्सर्ना

-


     हिडन खबर संवाददाता     
     माघ ८ गते २०८० मा प्रकाशित


बागलुङ /माघ ७ गते विहान ९.५५ बजेकाे समयमा कार्यालय आउदै गरेको अवस्थामा वडिगाड गाउँ पालिकाका
स्वास्थ्य शाखाका प्रमुख विपेन्द्र केसीलाइ क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ता बताउने समुहले दुर्ववहार गरेको घटनाको गम्भीर ध्यानाकर्षण भएको संयुक्त प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

नेपाल स्वास्थ्यकर्मी संघ नेपालका जिल्ला अध्यक्ष अध्यक्ष बिष्णु प्रसाद शर्मा ,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका जिल्ला अध्यक्ष उमेश सर्वुजा ,प्रगतिशील जनस्वास्थ्यकर्मि महासंघ जिल्ला अध्यक्ष लक्ष्मण ढकाल ,राष्ट्रिय एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालका जिल्ला अध्यक्ष टुकनाथ शर्मा र नेपाल स्वास्थ प्राविधिक संघ जिल्ला अध्यक्ष साेमराज पाण्डेले संयुक्तरूपमा विज्ञप्ति मार्फत अहोरात्र खटिइ जनतालाइ स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई विना कारण गरिएको दुर्व्यवहार प्रति घोर भर्त्सना गरेको छ ।
घटनाको सत्य तथ्य बुझि संलग्न जो सुकै भए पनि प्रचलित स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ का साथै प्रचलित कानुन बमोजिम हदै सम्मको कार्वाही गर्न सम्पुर्ण स्वास्थ्य संग सम्बन्धित संघ संगठनहरुले जोडदार माग गर्दछौं भनिएको छ ।