स्वास्थ्यकर्मी संघद्वारा बडिगाडमा भएको घटनाको भत्सर्ना

-


     हिडन संवाददाता     
     माघ ८ गते २०८० मा प्रकाशित


बागलुङ / नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति बागलुङले वडिगाड गाउँ पालिकाका स्वास्थ संयाेजक विपेन्द्र केसी बिजय अफिस जाने क्रममा बिच बाटोमा केही ब्यक्तिहरूले राेकी अभद्र ब्यवहार गरेको भन्दै प्रेस विज्ञप्ति मार्फत घटनाको भत्सर्ना गरेको छ ।

नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमितिका अध्यक्ष बिष्णु पाैडेल ,उपाध्यक्ष चन्द्र प्रसाद रेग्मी र सचिव शिव केसीले एक प्रेस विज्ञप्ति प्रकाशित गरि स्वास्थ जस्तो संबेदनसिल क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी लाई अभद्र ब्यवहार गरि मनाेवल कमजोर हुने गरि गरिएको घटनाको भत्सर्ना गरेको छ ।

संघले घटनाका दाेषीलाइ कार्वाही गर्न माग गर्दै स्वास्थ्यकर्मी लाइ उच्च मनाेवलका साथ कार्यक्षेत्रमा काम गर्ने वातावरण सृजना गर्न समेत विज्ञप्ति मार्फत माग गरेको छ ।

गाउँपालिका अध्यक्ष र कर्मचारीको सेटिङमा आर्थिक दुरुपयोग गरी जनताको स्वास्थ्यमाथि खेलबाड गरिएको भन्दै स्वास्थ्यकर्मी केसीलाई कालाेमाेसाे दलेर क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरूले कारबाही गरिएको थियो ।