सेञ्चुरी बैंकको स्थापना दिवसमा बिद्यार्थीलाई शैक्षिक सामग्री

-


     हिडन खबर    
     फागुन २६ गते २०७८ मा प्रकाशित


सेञ्चुरी बैंकले आफ्नो स्थापनाको ११ बर्ष पूरा गरी १२ औ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बागलुङ सदरमुकाममा रहेको कालीका कन्या मन्दिर माध्यामिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत अधिकांस निम्न आय भएका अभिभावकका छोराछोरीले अध्ययन गर्ने बिद्यालयमा कक्षा ६ देखि ९ कक्षासम्म अध्ययन गर्ने ७६ जना बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको सेन्चुरी बैंकका शाखा प्रवन्धक दीपक शर्माले बताए ।

कार्यक्रममा कालिका कन्या मन्दिर माध्यामिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भीमसेन कुमार श्रेष्ठले वित्तीय संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएको वर्गका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण कार्य प्रशंसनीय रहेको बताए ।

कार्यक्रम सेञ्चुरी बैंकका प्रर्वदक कमल श्रेष्ठको अध्यक्षता बिद्यालयका प्रधानाध्यापक धनराज सापकोटाको स्वागत र शिक्षक वीर बहादुर किसानको संचालनमा सम्पन्न भएको थियो ।