
सुजन आचार्य
बागलुङ जिल्लाकाे दक्षिण क्षेत्र जैमिनि घाटमा लाग्ने परम्परागत मेलालाइ अझै बढी प्रचारप्रसार गर्ने उदेश्यका साथ पुस २९ गतेबाट माघ ५ गते सम्म जैमिनि महाेत्सव हुन लागेकाे छ।बागलुङ जैमिनि नगरपालिकाकाे केन्द्र कुस्मिसेरा बजारमामा जैमिनि महाेत्सवकाे तयारी तीब्र रुपमा अगाडी बढिरहेको छ।
साहारा कलबकाे आयाेजनामा जैमिनि नगरपालिकाकाे मुख्य सहयाेगमा साहारा राहत काेष स्थापनाकाे लागि बागलुङ दाेक्षिण भेग कुस्मिसेरा बजारमा तेस्रो जैमिनि महाेत्सब सुरु हुन लागेको हो ।
मेला २०७० साल देखि संसार क्लबकाे अगुवाइ माघेसंक्राती तथा जैमिनी महोत्सव हुँदै आइरहेको छ ।
यस बर्ष पनि जैमिनि नगरपालिका मुख्य सहयोममा महाेत्सव आयाेजना गरिएकाे क्लबका अध्यक्ष सुरेश सुनारले जानकारी दिए ।
मेलामा स्थानीय तथा औधोगिक उत्पादन वित्तिय संस्थाका स्टल राखिने छ ।महाेत्सवमा वडा स्तरीय पुरुष भलिबल प्रतियाेगिता र जैमिनि डान्स आईडल र बिभिन्न प्रतियाेगिता साथसाथै स्थानीय नाैमती बाजा प्रतियोगिताका साथै झाँकी प्रदर्शन हुने जैमिनी महाेत्सव मुल आयोजक समितिले जनाएकाे छ ।













