कृत्रिम अभाव रोक्न बजार अनुगमन

-


     राम प्रसाद घिमिरे     
     फागुन २३ गते २०७८ मा प्रकाशित


बागलुङ बजारमा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव हुन नदिन बजार अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलको संयोजकत्व बागलुङ बजारमा ग्यास, खाने तेल लगायत दैनिक उपभोग्य वस्तुहरु विक्रिगर्ने १२ वटा थोक पसलहरुमा अनुगमन गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख शौरभ श्रेष्ठ, प्राबिधिक सहायक सहन्ता कुमार मेहता, रास्ट्रिय उपभोक्त मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, सदस्य जयलाल सापकोटा, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक दान बहादुर केसी सहितको प्रहरी टोलिले अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख शौरभ श्रेष्ठले हिडन खबरलाई बताउनुभयो । “ग्यास लगायत दैनिक उपभोग्य खाने तेलको कृतिम अभाव नहोस् भन्ने हेतुले अनुगमन गरिएको हो, कहीँ कतै कृतिम अभाव गरिएको थाहा पाएमा खबर गर्न श्रेष्ठको अनुरोध छ ।

“अनुगमनका क्रममा अधिकांश पसलहरुमा मूल्यसुचि राखिएको पाइएन र राखिएकामा पनि पूरा देखिएन” अनुगमन समितिका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले भन्नुभयो ” एक हप्ता भित्र आफुले बिक्रीवितरण गर्ने सबै बस्तुहरुको मुल्यसुचि अनिवार्य राख्न निर्देशन दिएका छौँ ।

विभिन्न समयमा देखिएका महामारी र संकटमा व्यावसायिहरुले कृतिम अभाव र बढि मूल्य लिने गरेको देखिरहेकाले आगामि दिनहरुमा यो समस्या नदोहोरियो भन्नका लागि अनुगमन गरिएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।

जिम्मेवार व्यावसायी, सचेत उपभोक्ता र सक्रिय नियमक निकाय भएको खण्डमा कालोबजारी एवं कृतिम अभाव न्युनिकरण हुने निश्चित छ अन्यथा मौसमी अनुगमनले मात्र समस्या दिर्घकालिन समाधान हुन सक्ने देखिदैन ।