सिवाइसी सहकारीको निर्वाचन कार्यतालिका सार्वजनिक

-


     हिडन खबर    
     कार्तिक १५ गते २०८० मा प्रकाशित


बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । बागलुङमा केन्द्रिय कार्यालय रही बागलुङ, पर्वत र म्याग्दीका विभिन्न ठाँउमा २५ वटा सेवा केन्द्र रहेको सहकारीले १४ औ साधारण सभा अन्तरगत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
बुधवार बागलुङमा आयोजित संचालक, समिति, विभिन्न सेवा केन्द्र व्यवस्थापन तथा संचालन उपसमितिका संयोजक तथा शिक्षा समितिको सयुक्त बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कार्यक्रममा निर्वाचन समितिका संयोजक भूमिश्वर गौतमले कार्तिक १६ गतेबाट मंसिर १६ गते सम्मको निर्वाचनको कार्यतालिकाबारे जानकारी गराउनु भएको थियो ।
सञ्चालक समितिको अध्यक्ष सहित पदाधिकारी सदस्य तथा विभिन्न उपसमितिको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । तालिका अनुसार मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन जस्ता कार्यक्रम रहेका छन् ।

कार्तिक १६ गते उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन, उम्मेदवारी सूचीउपरको दाबी–विरोध, १९ गते मतदाना नामसारी, कार्तिक २१ गते अन्तिमनामावली प्रकाशन, कार्तिक २२ विहान ११ बजेबाट ५ बजे सम्म उम्मेदवारी दर्ता, कार्तिक २३ गते उमेद्वारको पहिलो नामावली प्रकाशन र दावी विरोध, २४ गते दाबी–विरोधको छानबिन २६ गतेउम्मेदवारी फिर्ता र अपरान्न ३ बजे अन्तिम उम्मेदवारी सूची प्रकाशन र मंसिर १६ गते सवै सेवा केन्द्रमा दिउसो १ बजेबाट ५ बजेसम्म मतदान कार्यक्रम राखिएको छ ।

उमेद्वारले कार्तिक २६ गतेबाट मंसिर १३ गते सम्म प्रचारप्रसार गर्न पाउने गरि कार्यतालिका बनाइएको निर्वाचन अधिकृत गौतमले जानकारी दिनु भयो । सहकारीका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले सस्थाको वर्तमान वित्तिय अवस्थाका साथै सस्थाको बारेमा जानकारी दिनु भएको थियो ।

सो अवसरमा संचालक तथा सबै सेवा केन्द्रका संयोजक, शिक्षा समितिका संयोजक तथा सदस्यहरुले बोल्नु भएको थियो । कार्यक्रमको संचालन सस्थका सहसचिव सुवास आचार्यले गर्नु भएको थियो ।

संस्थाको सामाजिक उत्तरदायित्व, सदस्य सुरक्षा, सदस्य लाभ र सुविधा कार्यक्रमहरु अर्धदैहिक राहत, जेष्ठ नागरिक, एकल महिला पेन्सन, सुत्केरी भेटघाट तथा पोषण सुविधा, जेष्ठ नागरिक औषधि उपचार सुविधा, दुर्घटना राहत सुविधा, आवास सुरक्षा सुविधा, शैक्षिक सुविधा, छात्रवृत्ति,जेष्ठ नागरिक तिर्थाटन, चौरासी पूजा, ब्रतबन्धमा भेटघाट, नयाँ दुलही स्वागत, ब्लड कलिब सेवालाई प्रभावकारी रुपमा निरन्तरता दिइरहेको छ । २०६६ चैतमा २८ जनाले सिवाइसी बचत तथा ऋण सहकारी संस्था दर्ता गरेका थिए ।