
राजेशचन्द्र राजभण्डारी
काठमाडौआधुनिक प्रविधिकाे सामाग्री अत्याधिक प्रयोग संगैआँखामा समस्या देखिन थालेपछि स्थानीय तहलेजनताको स्वास्थ्यलाई ख्याल गरि आँखा शिविर गरेर आँखाको जाँच गराउन थालेको छ ।
चन्द्रागिरि नगरपालिका ६ महादेवस्थान स्वास्थ चाैकी अरनिको समाज र किर्तिपुर अष्टिकल तथा आँखा क्लिनिक प्रालिको प्राविधिक सहयोगमा निशुल्क माेतिया बिन्दु उपचार सहितको एक दिने आँखा शिविर सम्पन्न भएको छ ।
चन्दन भराटेश्वर मन्दिर परिसरमा भएको शिविरमा
जेष्ठ नागरिक महिला दिदीबहिनी बिद्यार्थी बालबालिका लगायत ब्यक्तिहरूले आफ्नो आँखा जाँच गराएर शिविरबाट लाभ लिएको चन्द्रागरि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सन्जय सिग्देलले बताए ।
निःशुल्क आँखा शिविरमा गरिएको परीक्षणमा आँखामा सामान्य समस्या देखिएका ७० जनाकाे जाँच गरिएकोमा ९ जनाको माेतीया बिन्दुकाे अप्रेसन गर्नुपर्ने भएको स्थानीय आयोजक संस्थाले जनाएको छ ।
















