
बागलुङ नगरपालिकाले धाैलागिरि अस्पताललाई शव वाहन हस्तान्तरण गरेको छ । हिजोको दिनमा अस्पतालमा बिरामीको मृत्यु हुदा दाहसंस्कारकाे लागि घाट सम्म पुर्याउने साधन जिल्लामा नहुँदा सास्ती खेप्दै आएका नागरिकले भने अब त्यो झझंटकाे अन्त्य भएको छ ।
बागलुङ जिल्लामा एउटा पनि शव वाहन नहुँदा अस्पताल लगायत विभिन्न ठाउँमा मृत्यु भएका ब्यक्तिकाे लास दाहसंस्कारकाे लागि लैजान धेरै गार्हो भइरहेको जन गुनासो आएको भन्दै बागलुङ नगरपालिकाले १४ लाख बढी मुल्यको शव वाहन धौलागिरि अस्पताललाई हस्तान्तरण गरेको छ ।

बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ काे संक्रमण बाट अस्पतालमा मृत्यु भएका ब्यक्तिकाे शव दाहसंस्कारकाे लागि लैजाने शव वाहन नहुदा समस्या भएको कुरा राखेपछि अहिले शव वाहन आएपछि सहज हुने धाैलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र विक पाेखरेलले बताए ।
अस्पतालमा सव वाहन नहुदा हिजोको दिनमा मासिक एक डेढ लाख भाडा तिरेर शव ब्यवस्थापन गर्नुपर्ने समस्या भाेगेकाे अहिले बागलुङ नगरपालिकाले दिएको शव वाहन अस्पतालमा मृत्यु भएका ब्यक्तिकाे आआफ्नो संस्कार अनुसार दाह संस्कार गर्ने ठाउँ सम्म पुर्याउन सहज हुने धौलागिरि अस्पताल ब्यवस्थापन समितिका पुर्व अध्यक्ष केवी रानामगरले बताए ।
बागलुङ नगरपालिकाले १४ लाख ४२ हजार ८ सयमा खरिद गरिएको शव वाहनमा २ लाख २२ हजार ८ सय धाैलागिरि अस्पतालकाे लगानी रहेको शव वाहन मृत्यु भएका ब्यक्तिकाे शव दाहसंस्कारको लागि घाट सम्म पुर्याउन सहयोग हाेस भन्ने उदेश्य रहेकोले सहयोग गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनक राज पौडेलले बताए ।
बागलुङ नगरपालिकाले हिजोको दिनमा अस्पतालमा काेराेना बाट मृत्यु भएका ब्यक्तिकाे सव बोक्नकाे लागि मासिक एक लाख भन्दा बढी रकम खर्च गरेर सवारीसाधन भाडामा लिएर शव बाेक्ने काम गर्दै आएको थियो ।
अस्पताललाई हस्तान्तरण गरिएको शव वाहन बागलुङ सहित छिमेकी जिल्लाका नागरिकलाई आपत पर्दा भने महंगो मुल्य तिरेर गाडी भाडामा लिने झंण्झटकाे भने अन्त्य हुने देखिन्छ ।









