
बिद्यामन्दिर माध्यमिक बिद्यालयमा निर्माण गरिएको सभाहल उद्घाटन गरिएको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण र विद्यालयको आन्तरिक कोष गरी ५८ लाखको लागतमा निर्माण भएको भनिएको सभाहलको उद्घाटन गरिएको हो ।
विद्यालयको ८१ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित एक समारोहकाबीच बागलुङ नगरपालिकाका नगर प्रमुख जनक राज पौडेलले व्यानर अनावरण गरेर उद्घाटन गरिएको हो ।
५८ लाख लागतमा निर्माण गरिएको भनिएको सभाहलको लागत निकै महंगो परेको बुझिएको छ ।
बागलुङ जिल्लाको सवै भन्दा पुरानो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयको ८१औं वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबारबाट सुरु भएको वार्षिकोत्सव सोमबार मूल समारोह सहित समापन भएको हो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका पौडेलले शिक्षा क्षेत्रको विकासको लागि नगरपालिका लागि परेको भन्दै शिक्षा क्षेत्रको विकासमा सवैको साझा पहल हुनुपर्ने बताए ।

वि.व्य.स सदस्यहरु सम्मानित !
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्णराज शर्मा, पूर्व सदस्यहरु बाबू डियर हमाल, हरि प्रसाद सापकोटा, धनमाया शर्मा, रमेश थापा लगाएतलाई सम्मान गरिएको थियो ।


२ शिक्षक, ५४ बिद्यार्थी र १ कर्मचारी सम्मानित !
माबि तह शिक्षक तर्फ कुलराज शर्मा, आधारभूत तह तर्फ मायादेवी शर्मा, विद्यालयका कार्यालय सहयोगी मनप्रसाद गोतामे ‘क्याप्टेन’ लाई सम्मान गरिएको हो । सो अवसरमा विद्यायलमा स्थापना भएका विभिन्न अक्षय कोषबाट विपन्न, जेहेन्दार र उत्कृष्ट गरि ५४ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु द्वारा विभिन्न मनोरञ्जनात्मक नृत्यहरु प्रस्तुत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा वार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक शान्तमणी ढकाल र सञ्चालन शिक्षक छवीरमण रेग्मीले गरेका थिए ।
कोरोना महामारीकाे जोखिमलाई ध्यानमा राख्दै विगतको तुलनामा सिमित उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको विद्यालयले जनाएको छ ।









