लियो जिल्ला परिषद बिभाजन, औपचारिक घोषणा भोलि!

-


     राम प्रसाद घिमिरे     
     माघ २८ गते २०७८ मा प्रकाशित


लियो जिल्ला परिषद ३२५ वि १ नेपाल ५ जिल्लामा बिभाजन भएको छ ।

नेपालमा संघीयताको अभ्यास भएसँगै बिश्वमा सर्वाधिक ठुलो सञ्जाल भएको सामाजिक क्लब लायन्स इन्टरनेसनल नेपाल डिस्ट्रिक ३२५ बि १ नेपाल अन्तर्गतको युथ प्रोजेक्टको रुपमा रहेको लियो क्लबको छाता संगठन लियो डिस्ट्रिक ३२५ बि १ नेपाल आगामी बर्षबाट ५ वटा डिस्ट्रिकमा बिभाजन हुने भएको हो ।

लायन्स र लियोका उमेदवारहरु

१८ देखि ३० बर्ष उमेर समुहका युवाहरुको नेतृत्व बिकाशमा महत्त्वपूर्ण मानिएको लियो क्लब नेपालमा लियो डिस्ट्रिक ३२५ I, J, K, L र M गरी पाँचवटामा बिभाजन भएको हो ।

भोलि अर्थात माघ २९ गते शनिबार ग्यालेक्सी पार्टी प्यालेस पोखरामा भब्य समारोहका बिच पाँच वटा जिल्ला परिषदका लागि नेतृत्व छनोट गरिने कार्यक्रम संयोजक लियो अभिषेक सुबेदीलेले जानकारी दिए ।

१०औं अधिबेशन आगामी लायन बर्ष २०२२।२३ अभ्यासमा आउने पाँच वटा डिस्ट्रिकका लागि एक अध्यक्ष र एक उपाध्यक्ष लागि चुनावि प्रक्रिया मार्फत छनोट गरिने लियो डिस्ट्रिक ३२५ बि १ नेपालका अध्यक्ष लियो प्रकाश थापा क्षेत्रीले बताए ।

प्रस्तवित लियो जिल्ला परिषद ३२५ ‘I'(आई) का लागि अध्यक्षमा लियो क्लब अफ नुवाकोट परोपकारका पुर्व अध्यक्ष लियो सुदाम लामिछाने र उपाध्यक्षमा लियो क्लब अफ लेखनाथ पुर्व अध्यक्ष लियो राजन बाबु ढुंगानाको उमेदवारि परेको छ ।

जिल्ला परिषद ३२५ ‘आई’ का उमेदवारहरु

त्यस्तै लियो जिल्ला परिषद ३२५ ‘J’ (जे) का लागि अध्यक्षमा लियो क्लब अफ काठमाडौं मिराकलका पुर्व अध्यक्ष लियो किरण थापा क्षेत्री र उपाध्यक्षमा लियो क्लब अफ हेम्जाका पुर्व अध्यक्ष लियो बिष्णु प्रसाद दाहाल ‘आभाष’ को उमेदवारि परेको हो ।

जिल्ला परिषद ३२५ ‘जे’ का उमेदवारहरु

जिल्ला परिषद ३२५ ‘K’ (के) का लागि अध्यक्षमा
लियो क्लब अफ पोखरा सँगमका पुर्व अध्यक्ष लियो दीप्ती न्यौपाने र उपाध्यक्षमा लियो क्लब अफ काठमाडौं स्वयम्भुका पुर्व अध्यक्ष लियो अबिरल पौडेलको उमेदवारि परेको छ ।

जिल्ला परिषद ३२५ ‘के’ का उमेदवारहरु

लियो जिल्ला परिषद ३२५ ‘L’ (एल) को अध्यक्षमा लियो क्लब अफ पिस आईजका पर्व अध्यक्ष एवं जिल्ला उपाध्यक्ष लियो योगेश गौतम र उपाध्यक्षमा लियो कल्ब अफ काठमाडौं वेदव्यासका पुर्व अध्यक्ष लियो सन्तोष ढकालको उमेदवारि परेको छ ।

जिल्ला परिषद ३२५ ‘एल’ का उमेदवारहरु

त्यस्तैगरी लियो जिल्ला परिषद ३२५ ‘M’ (एम) को अध्यक्षमा लियो क्लब अफ पोखरा माउन्टेन सिटीका पुर्व अध्यक्ष लियो सुशील भण्डारी र उपाध्यक्षमा लियो क्लब अफ काठमाडौं देउरालीका पुर्व अध्यक्ष लियो अश्विन खतिवडाको उमेदवारी परेको मनोनयन अधीकृत लियो आदर्श मोहन भट्टराईले जानकारी दिए ।

जिल्ला परिषद ३२५ ‘एम’ का उमेदवारहरु

सबै पदमा एकल उमेदवारी परेकोले निर्वाचन प्रक्रिया मार्फत सर्वसम्मत नेतृत्वहरुको चयन गरिने निर्वाचन अधिकृत लियो बिनायक पौडेल जानकारी दिए ।

लियो जिल्ला परिषद ३२५ वि १ नेपालमा १०४ वटा क्लवहरु मार्फत करिब ३ हजार युवाहरु आबद्ध रहि समाजिक सेवामा क्रियाशिल रहेका छन् । जिल्ला परिषदको बिभाजन सँगै थप युवाहरूलाई आबद्ध गराई सामाजिक सेवाको क्षेत्रमा सशक्त भएर अघि बढ्ने जिल्ला उपाध्यक्ष लियो योगेश गौतमले बताए ।